'हाम्रो घरको धुरीमाथि हवाइ जहाज उठ्छ । हाम्लाई पिर गिठा भ्याकुर कता तिर जुट्छ ।
चितवन लगायत मकवानपुरधादिङ र गोरखाको विकट पहाडी क्षेत्रमा बस्ने नेपालका आदिवासी चेपाङको अवस्था यो गीतभन्दा फरक छैन । कष्टर जिवन बिताउँदै आएका चेपाङ समुदायका अगुवालाई अचेल नयाँ खाले पिरले पनि सताउने गरेको छ । चेपाङको युवा पुस्ता आफ्नो संस्कार र संस्कॄतिबाट टाढा हुँदै गएको अनुभूति उनीहरुलाई छ ।
चेपाङको वस्तीमा छोनाममा ढ्याङग्रो बज्ने क्रम घट्न थालेको छ । सामुहिक रुपमा पुजा गर्ने भुँयरथान भेटिन मुस्कील छ । वायु पुज्ने चलन एकादेशको कथा बन्दै छ । 'हामी विपन्न होउँला तर कला संस्कृति र संस्कार त हाम्रा पनि प्रसस्तै छन् नि' चेपाङ अगुवा यमन चेपाङ भन्छन् । उनै यमनले यस पटक गाउँगाउँमा चेपाङको संस्कार र संस्कृति सम्झाउने अभियानको अगुवाइ गरे ।
चितवनका ३६ गाविस मध्ये नौवटा पहाडी गाविस चेपाङ बहुल्य क्षेत्र हो । ति गाविसमा चेपाङहरुको साँस्कृतिक टोली १० दिनसम्म डुल्यो । 'दुःख पिर अनि माया पिरतीको गीत सुनायौं हाम्रा रितिथिति के के हुन नाटकका माध्यमबाट त्यो पनि बतायौं । अनि हाम्रा संस्कार हाम्रा अमुल्य सम्पत्ति हुन तिनलाई भुल्नु हुँदैन भन्ने संदेश दियौं' कलाकार रविन चेपाङले भने ।
चेपाङको मुख्य चाड छोनाम अर्थात न्वागी हो । खेतबारीमा फलेको नयाँ अन्न फलफुल त्यस दिन आफ्ना पुर्खालाई चढाएर मात्रै चेपाङले खाने गर्छन् । झाँकि्रको भेषमा रहने चेपाङको पुरोहित अर्थात पान्देले मन्त्र उच्चारण गर्दै अन्नहरु पिता पुर्खालाई चढाउने गर्छन् । नयाँ पुस्ता पान्दे भनेको के हो थाहा नै नपाउने भएका छन् । कसैले त पान्देलाई पाण्डे भनेर गलत उच्चारण गर्छन् ।
'हाम्रा संस्कार र शब्द के हुन तिनको महत्व के हो नाटक र साँस्कृतिक कार्यक्रमबाट ति कुरा जनमानसमा राख्ने काम गर् यौ' नेपाल चेपाङ संघका केन्द्रीय महासचिव समेत रहेका यमनले सुनाए । नयाँ नेपालमा जनजातिको आत्म सम्मानलाई कायम राख्न पनि संस्कार र संस्कृति जोगाउन आवश्यक रहेको उनले बताए ।
साँझ बिहान हिउँद र वर्खा कस्ले बुझ्छ चेपाङको पिर मर्का ।'

No comments:
Post a Comment