Sunday, May 8, 2011

जेण्डर इक्वालिटी

'जेण्डर' अनि जेण्डर वायस जेण्डर इक्वालिटीको व्याख्या आवश्कतामा यो लेख केन्द्रित नभएको पहिल्यै प्रष्ट पार्न चाहन्छु प्राकृतिक रुपमा मान्छेको पुरुष महिला भन्ने लिङ्ग हुन्छ अचेलत अझै तेस्रोलिङ्गी भन्ने अवधारणा पनि आएको कोही कुनै लिङ्गी भएकै आधारमा सवल हुने अनि कोही दुर्वल हुने भन्ने मानसिकता राख्नु हुँदैन सवै सक्षम समान छन् भन्ने अवधारणा राखेर बोली व्यवहारमा पनि त्यो मान्यतालाई आत्मसात गरियो भने जेण्डर इक्वालिटी भनेको मैले बुझे अनुसार यही नै हो यो प्रतिकुलका काम कुरालाई जेण्डर वायस भनिन्छ होला यसभन्दा अरु केही हो या थप केही प्रष्ट्याउनु पर्ने आवश्यकता हो भने कोही विज्ञले मलाई सहयोग गर्न सक्नु हुने
हामी यस सभाका सभापति भन्छा भने त्यो जेण्डर वायस झल्कने शब्द हो पति भनेको पुरुष मात्रै हुन्छ अनि सभाको मुखिया लोग्ने मान्छे मात्रै हुन सक्छ भन्ने मानसिकताले हामीले सभापति शब्द प्रचलनमा ल्यौं अब त्यसलाई बदल्नु परेको हामी भन्छौं सभाका अध्यक्ष महोदय यस्ता अनेक शब्दहरु आएका छन् अचेल शबद मात्रै हो कदम कदममा होस पुराउन थालिएको कहि कतै वायस भएको आास नमिलोस हेक्का राख्ने गरिएको
यो चित्र हेरउ यहाँ तपाइँलाईहरु भगवान राधा कृष्ण देख्नु हुन्छ अनि अरु धेरै कुराहरु पनि देख्नु होला भने जेण्डर इक्वालिटी पनि देख्छु राधार कृष्णकी प्रेमीका हुन् तर बिहे गर्ने बेलामा कृष्णले मिरालाई गरे धर्म शास्त्रमा यही वर्णन यो कुरा पनि चटक्क यही छाडौं अहिलेलाई कृष्णको कुरा चल्द राधाको प्रशंग आइ हाल्छ अनि कृष्णको तस्विरसँगै राधा उभिएको देखिएकै त्यत्रो महाभारतको युद्धमा कृष्णले अर्जुनको रथ चलाए यो तस्विर पनि देखेकै हो हामीले तर कृष्णसँगै राधा उभिएको तस्विर धेरै नै
सवै तस्विर अर्थात चित्रहरुमा कृष्णले बाँसुरी बजाएको राधा कृष्णसँगै उभिएको देखिन्छ मैले गुगलमा धेरै खोजे प्रयाय यस्तै चित्रहरु छन् अनि एक दुईवटा चित्रमा राधाले कृष्णको बाँसुरीसम्म समाएको भेटियो तर गहिरिएर हेरौं यो चित्र धेरै भिन्न यहाँ राधाले कृष्णको समानान्तर उभिएर कृष्णले जस्तै बाँसुरी नै बजाएकी छन् सामान्यतया महिलाले बाँसुरी बजाएको देखिएको छैन बजाउन सक्दै नसक्ने भन्ने होइन नि सवै गर्न सक्छन् भने बाँसुरी बजाउनु कुन ठुलो कुरा हो
अनि कृष्णले बाँसुरी बजाएर राधा मन्त्रमुग्ध भइ आड लगाएको चित्र मात्रै किन हेर्ने कृष्णकै हाराहारीमा उभिएर उनले पनि बाँसुरी बजाएको चित्र बनाएर के बिग्रन्छ बिग्रने होइन बरु सन्देश नै जान्छ जेण्डर इक्वालिटीको भावानालाई फैलाउन बल दिन्छ यही उद्देश्यले यो चित्र तयार पारेको हो या होइन त्यो भने मलाई थाहा छैन तर चित्र हेर्दा यसै गर्न खोजेको झै लाग्छ तपाइँलाई के लाग्यो कुन्नी ?

No comments:

Post a Comment