Friday, May 13, 2011

माया, ममता

भरतीय राजनीतिको केन्द्रमा छन् अहिले माया ममता त्यसमाथि पनि ममताको चर्चा अहिले चुलीमा ममता बनर्जी भारतकी रेल मन्त्री पनि हुन् योभन्द्या पनि ठुलो कुरा उनले भारतको पश्चिम बंगाल राज्यमा ३४ वर्षदेखि चल्दै आएको वामपन्थीहरुलाई सत्ताबाट हटाएकी छन् भोटको माध्यमबाट ममता बबनजीको पार्टी रहेछ तृणमूल काँग्रेस चुनावको माध्यमबाट सत्तामा आएर लगातार धेरै समयसम्म सासन गर्ने विश्व रेकर्ड कायम गरेको पश्चिम वंगालको कम्युनिष्ट सरकारलाई यी बनर्जीले पाखा लगाइन् चुनावको नतिजा हिजो बैशाख ३० गते मात्रै सार्वजनिक भएको हो ३४ वर्ष सासन गरेका वामपन्थीहरुले यो चुनावमा २९४ सिटमा लगभग ६० सिट मात्रै प्राप्त भएछ ममताले निकै निर्म्रम तरिकाले वामपन्थीहरुलाई पछारिन् बंगालमा
हिजोको विजय उत्सव नै फरक खालको थियो ममतामा मान्छेहरुले हरियो अविर लगाएर विजय उत्सव मनाए रातो अर्थात कम्युनिष्टलाई परास्त गरेको खुसीमा रातो रंग पनि लगाएनन् त्यसो िसंगो भारतमा अहिले महिला राजनीतिकर्मीहरुको बोलबाला तर ममताको कुरै फरक रे भारतीय मिडिया भन्छन् अरु जस्ती ममता होइनन् किन भने भारतका अरु महिला राजनीतिज्ञको कुरा गर्दा उनीहरको पछाडी कसैको हात देखा पर्छ रे जस्तै इन्दिराको पछाडी नेहरु सोनीयाको पछाडी िसंगो गान्धि परिवार मायावतीको पछाडी बाबु काशीराम तर ममतासँग् यस्तो केही छैन उनी आफ्नै बलमा अगाडी आएर शिखरमा पुगेकी हुन् भनिन्छ
अब यी ममताको कुरै यही छाडौं माथि मायावतीको कुरा आयो ममता जस्तै मायावती भारत उत्तरप्रदेशकी मुख्यमन्त्री हुन् उनको पार्टी बहुजन समाजवादी पार्टी हो यीनका बाबु काशिराम भारतका ठुलै नेता थिए दलित समुदायबाट राजनीतिमा आएकी मायावतीको मुख्यमन्त्रीको समयअवधी अब सकिन लाग्दै उत्तरप्रदेशमा चुनाव आउँदै अनि चुनावका लागि पार्टीहरुबीचमा रस्साकस्सी सुरु भइसकेको भट्टा पसा्रवल अहिले मिडियामा छाएको उत्तरप्रदेशको यो गाउँका किसानहरुलाई मायावती सरकारले अत्याचार गर्यो भनेर सवै दल मायावतीमाथि खनिएका छन् वंगालमा ममताको प्रवेश भएको उत्तरप्रदेशमा मायाको जादु कायम हुने हो या होइन परीक्षण हुँदै
भारतमा माया ममता मात्रै होइन धेरै महिलाहरुको राज अब यस पटकको चुनावकै कुरा गरांैन मुख्यमन्त्री सहितको राज्यका मन्त्री सभासद्हरु छान्नका लागि पाँचवटा राज्यमा चुनाव एको थियो जसमा दुई राज्यमा महिला मुख्यमन्त्री बनने पक्का भएको पश्चिम बंगालपछि तामिलनाडुमा जय ललिताको जयजय भएको यस पटकको चुनावमा जय ललिताको पार्टीले तीन चौथाई सिटमा विजय हात पारेको खवर जयललिता मद्रास फिल्म उद्योगकी सफल नायिका हुन् अरे अनि राजनीतिमा पनि यीनको जादु चल्यो तर भ्रष्टाचारको मामिलामा यीनी चोखि रहिनन् सत्ताबाट बाहिर हुँदा जयललितामाथि भ्रष्टाचारको मुद्दा चल्थ्यो अनि सत्तामा हुँदा ललिताले विरोधीहरुलाई पनि भ्रष्टाचारको डण्डा लगाइन् करुणानिधीलाई झ्याइँकुटी पारेर झ्यालखाना लगेको दृश्य धेरैले याद गरेकै हुनु पर्छ ललिताले तिनै करुणानिधीलाई यस पटक मात दिइन् करुणानिधी यस पटक भ्रष्टाचारको संगिन आरोपमा मुछिएका छन् केन्द्रको सरकार समेत हल्लिएको निधिका कारणले
ममता, माया ललितामा मात्रै अन्त्य हुँदैन भारतीय राजनीतिमा महिलाको कथा त्यो देशको प्रमुख पद अर्थात राष्ट्रपतिको कुर्चीमा महिला नै विराजमान छिन् सवैलाई थाहा भएकै कुरा हो उनको नाम प्रतिभादेवी पाटिल हो प्रधानमन्त्री मनमोहन िसंह छन् तर भन्ने गरिन्छ काँग्रेस अध्यक्ष सोनिया गान्धीको संकेत बिना उनी केही गर्नै सक्दैनन् सोनिया भारतको मुख्य पार्टी काँग्रेस आईकी राष्ट्रिय अध्यक्ष मात्रै होइन संयुक्त प्रगतिशिल गठबन्धन युपीए की अध्यक्ष समेत हुन् यही गठबन्धनको बलमा भारतको अहिलेको केन्द्रीय सरकार टिकेको त्यसो सोनिया प्रधानमन्त्रीको पद नै त्यागेर बसेकी नेता हुन्
यस्तै शिला दिक्षित दिल्ली राज्यकी मुख्यमन्त्री हुन् त्यस्तै भारतको केन्द्रीय संसद लोकसभाको अध्यक्ष पनि महिला नै छन् मिराकुमार हो उनको नाम उमा भारती मेनका गान्धी जस्ता िदंगज महिला नेतृ पनि छन् भारतमा नेपालमा नेतृत्वमा नै पुगेका महिलाहरु छैनन् अनि भारत नेपालका महिला नेतृहरुमा फरक भारतमा जनताको समस्या सुनेर महिलाहरु राजनीति गर्छन् अनि नेपालमा एनजीऒले महिलाका कुरा सुनाउँछन् तिनै एनजीओले समाधानका विधिहरु पनि देखाउँछन् एनजीओमा लागेका महिलाहरु राजनीतिमा पनि सकि्रय हुन्छन्

No comments:

Post a Comment