Tuesday, May 10, 2011

सोध्न पनि नपाउँनु

सँगै हिडेका पाइलाको डोब नमेटिदै,
किन छाड्यौ यात्रा, लक्ष्य नभेटिदै ?
पहिलो खुड्किलो लोकतन्त्र दोस्रो गणतन्त्र ।
मतभेद किन बढायौ संविधान नलेखिदै ?

एकताहो आवश्यकता वैरीहरु भगाउन ।
आपसी बेमेलले, सक्छ वैरीलाई जगाउन ।
यात्रा थियो लामो थाक्यौ लक्ष्य नभेटिदै ।
सँगै हिडेका पाइलाको डोब नमेटिदै ।

पायौं खुसी जे जति, धेरै पाउँन बाँकी छ ।
पाएको खुसी जोगाउने मुख्य काम नै थाँती छ ।
लोकतन्त्र, गणतन्त्रले पुर्ण आकार नलिदै ।
सहयात्रा किन छाड्यौ लक्ष्य नभेटिदै ?

No comments:

Post a Comment