नारायणगढ मुग्लिन सडक खण्डबाट त्यस्तै १५ मिनेट पर छ उनको घर । राजमार्गबाट घरसम्म पुग्न ठाडै उकालो पैदल जानु पर्छ । गाउँ भने पनि घरहरु छपक्कै छैनन् । साना साना थुम्काहरु छरिएर रहेका छन् । एउटा थुम्कामा त्यस्तै दुई चार घर अटाएका छन् । त्यही एउटा थुम्कोमा रहेको छ मानबहादुर चेपाङको घर । घर सानो छ परिवार भने सानो भन्न मिल्ने खालको छैन । चार बहिनी छोरी दुई भाइ छोरा समेत गर्दा परिवार संख्या आठ पुग्छ । तर अहिले साथमा धेरै छैनन् ।तीनजना छोरीको बिहे भइसक्यो । जेठो छोरो २० वर्षको छ । तर उ अहिले घरमा भने छैन । छोरो कमाउन दिल्ली गएको छ । घरमा जेठी बुहारी काखमा नाती लिएर बसेकी छन् । कान्छी छोरी र १० वर्षको कान्छो छोरो पनि साथमै छन् । अनि खरले छाएको सानो बुकुरोको आँगन पाँच हातको मात्रै छ । पिढी डेढ हातपछि ढुंगाको गाह्रोले थुनेको घरको भित्री भाग त्यस्तै पाँच हात चौडा र सात हात लम्बाइको होला ।उनकी जेठी छोरीले भर्खर सुनाएको एउटा खवरले मानबहादुर तीन छक परेका छन् । छोरीले उनलाई भनिछन 'बा भरपुरमा एक हात जग्गाको एक लाख पर्छ ।' ओ हो यो सुनेपछि मानबहादुर मन मनै गम खाने भएका छन् । उनको बारी पाखो भिरालो छ । अन्नामा मकैसम्म फल्छ अरु उम्रन गाह्रो पर्छ । मैसमले साथ दिए ६०,
७० डोका मकै भित्रन्छ घरमा । गएको पटक खडेरीले खायो जम्मा २० डोका मकै घरमा ल्याए उनले ।यति मकै फल्ने बारी भने निकै लमतन्न भएर पर परसम्म फैलिएको छ । डाडाक पुरै एउटो पाखो उनको हो । अनि उनले गमै मैले यो पाखो सवै बेचेँ भने कति पर्ला । चलेको मुल्यबाट उनले हिसाव लगाए छन् पुरै जग्गाको ५० हजार रुपैयाँ पाउन पनि मुस्किल हुँदो रहेछ । अनि त्यो भरतपुरमा जाबो एक हात जग्गाकै एक लाख पर्ने उनी चित खाएका छन् । त्यो भरतपुर उनको घर देखि कति टाढा हो र । पाँच मिनेट ओरालो झरेपछि गाडी चढ्ने बाटो भेटिन्छ । गाडीमा चढेपछि ढिलोमा एक घण्टामा भरतपुर झरिन्छ ।ठाउँ त टाढा होइन तर भरतपुर र आफु बस्ने चण्डिभाज्याङ गाविसको वडा नं। ६ मा पर्ने कालिखोलको पाखोबीच मुल्यमा किन यस्तो अन्तर होला मानबहादुरको मन भित्र धेरै पटक यी कुराहरु खेल्ने गर्छ । हामी चेपाङ बस्ने गाउँलाई अरुले नगनेको हो ला नि । मानबहादुरलाई कता कता यस्तो पनि लाग्ने गर्छ । चेपाङहरु नेपालका अल्प संख्यक आदिवासी हुन् । उनीहरु सुधो जाती हुन् भन्ने गरिन्छ । चेपाङ बस्नाले काली खोलालाई यति हेला अर्घेलो गरेको हो त मानबहादुरलाई यसो भन्न पनि मन लाग्दो रहेछ ।गाउँमा गत वर्ष बिजुली पुगेको छ । मानबहादुरको घर भएको थुम्कोको दायाँबायाँ दुवै तर्फबाट विजुलीको तार अरु थुम्को तर्फ लागेको छ । मानबहादुरको दौलोमा भने मिटर बाक्सा झुण्डीएको छैन । एक बित्ता चौडा र एक हात लामो मिटर बाक्सा १२ सय रुपैयाँ तिरेपछि बल्ल दौलोको सिरानमा बस्दो रहेछ । त्यो १२ सय कताबाट ल्याएर बिजुली अफिसका हाकिमहरुलाई दिने मानबहादुरको समस्या यही हो ।छोरो दिल्ली गएको डेढ वर्ष भयो । ५० हजार नकमाइ नफर्कने भन्छरे । अब त्यो ५० हजार कुन जुगमा कमाउने हो । अस्ती भर्खर फोनमा छोराले यसै भने छ । मोबाइल अचेल धेरैको हातमा छ । मानबहादुरसँग् त्यो पनि छैन । छोरोको ससुरालीमा मोवाइल फोन रहेछ । कहिले काही संधी उनको घरसम्म आएका बेलामा छोराले बात गर्छ । धेरै कुरा पनि हुन पाउँदैन रे लौ पैसा सकियो भन्दै हत्तन पत्त फोन काटिदिन्छ भन्छन् मानबहादुर ।गाउँमा ३० घर छन् विजुली १० वटा घरमा पनि छैनन् । फोन त झन् दुईचारजनाको हातमा मात्रै छ । एक घण्टा परेको भरतपुर र आफ्नो गाउँबीच यस्तै कुराले ठुलो खाडल पारेका हुने कि भन्ने उनलाई लाग्दो रहेछ । यो खाडल कस्ले कसरी पुर्ने हो यो बारेमा भने उनलाई केही थाहा छैन ।
हिजो फागुन ५ गते रंगहरुको पर्व फागु पुर्णिमा परेको थियो । नेपाल पत्रकार महासंघमा बिहान ११ बजे भेला भएर होली खेल्न सुरु गरेको साँझ पाँच बजेसम्म व्यस्त भइयो । हिजोको होली निकै रमाइलो र उमंगसँग खेलीयो । अबिर मात्रै प्रयोग गरेको हुँनाले अन्य केही समस्या देखिएन । नभए टाउँको दुखेर हैरानै हुन्थ्यो । यस पटक त्यस्तो केही भएन । साँझ पख चन्द्रमा कुरेर बसियो । आकाश धुलोले घेरीएको थियो । चन्द्रमा धमिकलो देखियो । चन्द्रमा किन हेरेको भने हिजो पृथ्वीको निकै नजिक आउने भएकाले चम्किलो र ठुलो देखिन्छ भनेर हो । तर आकास सझा नभएकाले चन्द्रमाको तेजै कम थियो । अब ठुलो हो कि सानो हो यो आँखाले त्यत्ति फरक थाहा पाएन ।चन्द्रमाको दर्शनपछि हिजो कि्रकेट हेरियो टिभीमा । एक दिवसीय कि्रकेटको हिजो साँझको अष्ट्रेलिया र पाकिस्तानको खेल हेर्नु पर्ने खालको थियो । अष्ट्रेलियाले लगातार विश्व कप जित्दै आएको मात्रै होइन विश्व कपमा खेलिने ३४ वटा गेम लगातार जित्दै आएको पनि छ । अनि पाकिस्तान अघिल्लो विश्व कपमा निकै खराव प्रदर्शन गरेको टोली । यो पटक विश्व कपअघि उसका राम्रा केही खेलाडीहरु खेलमिलिमतोको आरोपमा परेपछि खेल्नै नपाउने भए । निकै समस्यामा रहेको पाकिस्तानले यस पटकको विश्व कपमा भने आश्चर्यजनक नतिजा पस्कदै आएको छ । त्यसैले हिजोको खेल हेरौं न भन्ने खालको थियो ।आहा पाकिस्तानले गज्जब नै गरो । कि्रकेटको विश्व बादशाह अष्ट्रेलियाले पहिले ब्याटिङ गरेको थियो तर पाकिस्तानी बलरहरुले उसको धज्जि उडाए । त्यस्तो राम्रो टिम अष्टे्रलिया जम्मा १७६ रन मात्रै बनाउन सक्यो । अब ब्याटिङ गर्ने पालो पाकिस्तानको । अष्ट्रेलियाले दिएको चुनौती निकै सानो हो । तर पाकिस्तानी ब्याट्सम्यान भरपर्दा कहाँ छन र मैदानबाट धमाधम फर्केर चुनौतीको त्यो सानो थुम्को पनि चढ्न नसक्ने हुन् कि भन्ने आशंका मनभरी छ । पाकिस्तानी ब्याट्स म्यानले सुरुवात पनि त्यस्तै गरे । २० रन नपुराउँदै पहिलो ब्याट्सम्यान आउट भए ।सय रन नपुग्दै अर्का पनि गए मैदान बाहिर । लै बर्बाद त हुने हैन ढुकढुकी बढ्न थाल्यो । तर दईजनापछि चारजना हुन केही बेर लाग्यो । तर चारजनापछि छजना ब्याट्स म्यान आउट हुन धेरै समय लागेन । लौ है खेल जे पनि हुन सक्छ । अष्ट्रेलिया न हो धुलो चटाउने भयो आफुले खडागरेको रनको लक्ष्य नाघ्न पाकिस्तानलाई नदिने भयो भन्ने लाग्यो । तर छपछि पाकिस्तानीहरु सम्हालिन थाले । बल निकै बाँकी थियो रन १४ मात्रै लिने हो भने पाकिस्नातले जित्ने भयो । पाकिस्तानले फेरि एक रन लियो । जित्नका लागि चाहिने आँका घट्दै अयो । १२ भयो अब दुई छक्का लगाए हुने भयो । अनि चौका छक्का हान्ने ताकमा धमाधम ब्याट्सम्यानहरु आउट भएमुखैमा आएको गास फुत्किन सक्थ्यो । स्वस्थानी कथामा शाली नदीमा खसेकी एकजना पात्रको हातबाट सबै फुत्के झै ।१२ रनबाट जित्न आवश्यक रन आठमा झरो । दुइृ चौका हानिदिए खेल खत्तम । अनि सातबाट छमा खुम्चियो आवश्यक रन । अनि त्यत्ति नै बेला बत्ती गयो फ्याट्ट । लोडसेडिङ राती १० बजे जानु थियो गयो । कि्रकेट टुङ्गिन लाग्यो भनेर रोकिने होइन केरे बिजुली । लै खत्तम । एक मनले त भनेको थियो खेल पाकिस्तानले जित्छ । खेल्न कै लागि चारजना ब्याट्स म्यान बाँकी नै छन् अनि खेल्ने ओभर पनि झन् धेरै छ यस्तो गेम त पाकिस्तानको हातबाट कसै गरे पनि फुत्किने छैन । तर कि्रकेट साह्रै अनिश्ति खेल हो रे । अन्तिम बल नसिकदासम्म जित हार के हुन्छ छुट्टाउन सकिदैन रे । अब सात रन बाँकी रहदै बत्ती गयो क्या फसाद ।विश्व कप र विश्व कपका सवै खेल लगातार जित्दै आएको अष्ट्रेलियाले गेम आफ्नो पक्षमा जसरी पनि पार्छ यो सम्भावना पनि जिउँका त्यु छ । हैन चक्मा दिन्छ पाकिस्तानले मनले यसो पनि भन्छ । तर बत्ती गएकाले के हुने हो चाडो थाहा नपाइने भयो । १० बजेसम्म गेमको टुंगो नलागेकाले तत्काल एफएमबाट पनि केही थाहा नपाइने भयो । अनि दिउँसो होली खेल्दाको थकाइ यसो पल्टेको निद्रा आइहाले छ । बिहान पनि चाडो उठ्न सकिएन । कायाकैरन भन्दा पहिलाका रेडियो बुलेटिन सुन्ने सकिन । छ बजे बत्ती आउँछ भनेर बसियो खेलमा के भयो टिभी हेरेर थाहा पाइ हालिन्थ्यो । तर आउनु पर्ने समयमा बत्ती आएन ।कायाकैरन सुन्न रेडियो खोलेको मुख्य खवर गइसकेछ खेल खबर आउन अलि समय लाग्छ लौै फसाद यहाँ पनि । लै अब कम्प्युटर नखोली भएन । युपीएसले धानेको कम्प्युटरले साथ नदिन पनि सक्छ तर मनमा औडाहा चलेकाले जे होला होला भनेर कम्प्युटर अन गरे । कम्प्युटर खुल्यो । नेट चल्यो । अनि फ्याट्ट त्यही बेलामा बत्ती पनि आयो । नेटमा कान्तिपुरको इ पेपर खोलेको पहिलो आँखा पहिलो पेजमै पर्ने नै भयो त्यसपछि स्वाट्ट खेल पेज खोलियो । त्यत्रो उथल पुथल पुर्ण खेलको नतिजा हेड लाइन मै आउला भन्ने आशा थियो तर हेडलाइन तर बंगलादेश र दक्षिणअपि्रुका विरुद्धको झुर खेलको पो बनेको छ त । जुन खेल दिउँसै सकिएको थियो । पाकिस्तान र अष्टेलियाबीचको खेलको एउटा फोटो समाचारको बिचमा त छ तर फोटोको क्याप्सनमा खेलको नतिजा के भएको हो उल्लेख छैन ।समाचारको बीचमा सब हेड राखेर बल्लपाकिस्तान र अष्ट्रेलिया बीचको खेलको करा बर्णन गरिएको रहेछ । त्यो विवरण फेला पार्न सानै भए पनि कसरत नै गर्नु परो । अनुमान गरे जस्तो खेल पाकिस्तानले नै जिते छ । पाकिस्तानले अचम्मै गरो । अष्ट्रेलियाले हिजो खत्तम नै गरो । यस्तो पनि गर्ने हो हिजो उसका समर्थकहरु यसो भन्दै थकथकाइ रहेका होलान । अनि जावो सात रन बाँकी रहदा विजुली काट्ने नेपाल विद्युत प्राधिकरणले समयमा भने बिजुली नदिएर यस्तो के गरेको होला भन्नु परो मैले । अनि अष्ट्रेलिया र पाकितानबीचको खेलको समाचार हेडलाइन बनेको भए राम्रो हुने थियो भनेर मैले राखेको आशा नराम्रो हो र ?
र अन्तयमा यसमा राखिएको तस्बिर पत्रकार विनोदबाबु रिजालको फेसबुकबाट झिकिएको हो । लेख र फोटोका बीचमा कुनै तालमेल र सम्बन्ध छैन ।
जिल्ला प्रहरी कार्यालय चितवनको आडैमा रहेको अधिवक्ता फूलमाया रानाभाटको ल फर्ममा माघ ७ गते दिउँसो भीडभाड थियो । श्रीमानसँग कानुनी रुपमै सम्बन्ध तोड्न चाहने एक युवती सो ल फर्ममा गएर सरसल्लाह गर्दै थिइन् । उनी त्यहाँ छिन् भन्ने पत्तो पाएर आक्रोश पोख्न तम्सेकी अर्की युवतीलाई रोक्न दौडेका महिला प्रहरीहरुलाई पछ्याएका रमितेहरु त्यहाँ रोकिएका थिए ।आक्रोशित युवतीबाट जोगिन सम्बन्ध विच्छेद गर्न चाहने युवतीलाई गाह्रै परेको थियो । उनी ल फर्मको भित्रपट्टि रहेको सुरक्षित कोठातर्फ सर्नु पर् यो । केही समयपछि महिला प्रहरीले आफ्नो घेराभित्र राखेर युवतीलाई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा छिराए । हल्का नीलॊ रङ्गको टाइट जिन्स पाइन्टमाथि सेतो ज्याकेट लगाएकी युवतीलाई यस्तो आपत् आइलागेको हो ।'
धनं बचियो ’
दाहिने खुट्टा देब्रेमाथि खप्ट्याएर घुँडामा दहिने हात राखेर सो हातको औंलाले तल्लो ओठ चलाइरहेकी उनले महिला सेलको कोठाभित्र बसेर यस्तै सोचेझंै लाग्दथ्यो । उनी बसेको ठाउँमा प्रहरी कोही थिएनन् । अर्को कोठामा सबै जम्मा भएर एउटा उजुरीमाथि विचार विमर्श गरिरहेका थिए ।प्रहरी नभएको ठाउँमा एक्कासी छिरेको अपरिचितलाई देख्दा उनका आँखा केही शसंकित र चनाखा भए । उनी आत्तिएको छनक पाइयो । प्रहरीको कोठामा नभएको भए उनी चिच्याएरै '
किन आएको यहाँ को हौ तिमीहरु ’
भन्ने मुद्रामा थिइन् त्यति बेला । जो भए पनि हामी विरोधी होइनौं भन्ने संकेत पाएपछि उनी केही ढुक्क देखिइन् ।'
दिभोस्र गर्न पाउनु मेरो अधिकार हो मेरो स्वतन्त्रता हो । मैले यसो गर्न खोज्दा बेकारमा उनीहरु मप्रति खनिएका छन्’
कुरोको चुरो खोतल्ने क्रमकॊ सुरुवात यसरी भयो । अनि किन गर्नु पर् यो त डिभोस्र उनी कारण सुनाउन अग्रसर भइन् । '
सानैमा गरेको गल्ती सुधार्न १४ वर्षकी हुँदा बिहे गरेको अहिले गल्ती गरंे भन्ने लाग्यो त्यसैले ।’
बिहे गरेको अहिले आठ वर्ष भएछ ।उनले जेलाई गलत गरेँ भनिरहेकी थिइन् त्यो काम यस प्रकारको थियो । उनी कक्षा सातमा पढ्दा नौंमा पढ्ने किशोर मन परेछ । माया प्रेम यति झाङगिए छ कि किशोर १० मा र उनी आठ कक्षामा पुगेकै बेलामा बिहे नगरी नहुने अवस्था सिर्जना भएछ । बिहे गरेको एक वर्षभित्रै छोरीको जन्म भएछ । यहाँसम्मको उनको भनाइ प्रेमकथा भएको सुपरहिट सिनेमाको झैं छ । नराम्रो कहिलेबाट भयो त कुरो बिगि्रए रहेछ आजभन्दा तीन वर्षअघिबाट । भएछ के भने सानैमा बिहे गरेर पाँच वर्ष सँगै बिताएपछि परिवाररुपी डुंगा आर्थिक अभावको भवसागरमा परेर लड्खडाउन थालेछ । त्यसबाट पार पाउने उद्देश्यले किशोर लागे मलेसियामा काम गर्न । '
मलेसिया लागेपछि बल्ल थाहा पाएँ उसको असली चाला’
युवतीको भोल्युम अलि खुल्यो ।'
उता गएपछि तीन वर्षमा जम्मा २० हजार रुपियाँ पनि पठाएन उसका बाबु आमाले मलाई देख्नै नसक्ने पैसा भने उनैलाई पठाउने । यस्तो भएपछि किनसँगै बस्ने ’
युवतीले एकै सासमा धेरै कुरा राखिन् । कुरकुरे बैंशमा लगाएको पिरतीलाई टुङ्ग्याउने निचोडमा पुग्नुको कारण यस्तो पो रहेछ । युवक मलेसियाबाट आएको मेसो पारेर उनले काम फत्ते गर्न लागेकी ।उनी धेरै बोल्न चाहिररहेकी थिइनन् । त्यसैल अब हामी डिभोस्र गर्न खोज्ने उनीमाथि आक्रोश पोखिरहेकी युवतीतर्फ मोडियौं । प्रहरीले रोकेकाले उनी गेट बाहिरै थिइन् । '
जान्छु भन्नेलाई किन रोक्न खोजेको ’
उनीसामुन्ने पुगेर महिला सेलमा सुनेका कुरालाई क्रस चेक गर्न थालियो । हाम्रो यस्तो प्रश्नले युवतीको क्रोधको पारो झन् उक्लियो । '
त्यसलाई रोक्न लागॆको हुँदै होइन । भेट्टाएमा भुतालेर मार्न खोजेको’
रणचण्डीको झलक आयो उनमा ।आखिर उनी किन यस्तो आक्रोशित अधिवक्ता धर्मराज आचार्यको ल फर्म अगाडिको बेाचमा बसेर उनको कुरा सुन्ने कोसिस गर् यौं । उनको भनाइले आक्रोशको मात्रा चुलिनु अस्वभाविक देखाएन । तर रिसलाई कावुमा राख्नै पर्छ भन्ने सुझाव हामीले पनि दह्रोसँग दियौं ।'
यो केटी मेरो साख्खै मामाकी बुहारी । छोराले सानैमा बिहे गरेर ल्याएको हुनाले उसलाई मामा माइजूले बुहारीभन्दा पनि छोरी नै ठान्नु भयो’
अब महिला सेलमा सुनेको र यहाँ सुन्दै गरेको कुरा बाझ्न थाल्यो । '
हामी ठकुरी भाइले बाहुनी केटी ल्यायो । उसका मइतीले चित्त नपराएर छ महिनासम्म प्रहरीमा धाउने बनाए तैपनि मामा रिसाउनु भएन’
युवतीले बेलीबिस्तार लगाइन् । उनले थपिन् '
कुकुरालाई ध्यू नपचेको ।’
'
मामा र हाम्रो घरको आँगन जोडिएको छ’
उनले सबैकुराको जानकारी यो कारणले राखेकी रहिछन् । हामीलाई लाग्यो त्यसै भएर होला अहिले उनी बढी अक्रोशित भएको तर मुख्य कारण त झनै गम्भीर रहेछ । युवतीले सुनाएको झसंग हुने कुरा यस्तो थियो '
लोग्ने मलेसिया लागेपछि ऊ त मेरो आफ्नै भाइसँग पल्किछ । यो अब मेरो भाइसँग आउन ठीक्क परेकी छे ।’
'मामाकी बुहारीलाई म आफ्नो बुहारी भएको कसरी हेर्ने ’ उनको बोली रोकिएन । '
ऊ मेरो भाइसँग आएपछि मामा र हाम्रो घरको अहिलेसम्मको सुमधुर सम्बन्धमा बिराम लाग्छ । मामा या हामी अथवा दुवै परिवारले गाउँ छाड्नै पर्छ ।’
युवतीको चिन्ता थियो-'
उसले त रोजेको पोइ पाउली तर हामीले इज्जत नातासम्बन्ध र बस्दै आएको गाउँनै गुमाउनु पर्ने भयो ।’
बसेको बेाचबाटै जुरुक्कै उठेर हामीतर्फ चोर औंलो देखाउदै युवती कुर्लिन- 'बरु त्यसलाई लुछेर मारिदिएँ भने सबै कुरा रोकिन्छ । म जेल परौंला अरुले त केही दुःख पाउँदैनन् । आखिर अहिले आए पनि दुई चार वर्षपछि त्यसले मेरो भाइलाई छाड्ने नै छे ।’ आफ्नै पारामा बर्बराउँदै युवती हामीबाट छुट्टिइन् । जिल्ला प्रहरी कार्यालय चितवनको गेट नजिकै उभिएको छ एउटा युवक । न मोटो न दुब्लो जुङगा पनि पातलै छ । चाहेमा भनेजस्ती युवती भित्र्याउन उसलाई कुनै मुस्किल छैन । तर ऊ बिहे या माया प्रेमका कुरा सुन्नै नचाहने भएको छ । युवतीले डिभोस्र गर्न चाहेको युवक ऊ नै हो । डिभोस्र र त्यसपछि आउने नयाँ परिस्थितिले उसको मुटु हल्लाएको छ ।'
कमी उमेरमा बिहे गरे पनि मायामा कमी नहोस् भन्ने भरपुर ख्याल गरेकै थिएँ । ऊ त फुपूको छोरोसँग पो लागिछ बुद्धि पनि कस्तो हो कुन्नि’ बाहिर-बाहिर हाँसे जस्तो गरेर युवकले ब्यथा पोखे । विदेशको कमाइ दिएनौ रे नि यो सुनेपछि उनले आश्चर्य मानेझै गरेर भने '
त्यस्तो हुँदै होइन । तीन वर्षमा मलेसियामा अढाई लाख रुपियाँ बचाएँ होला दुई लाख त उसैलाई पठाएको हूँ ।’मायामा खोट लाग्यो इज्जतको धज्जी उड्ने बाला छ । विदेशमा पसिना बगाएर कमाएको पैसाको हिसाबै हरायो । परिवारका लागि भनेर विदेिसंदा श्रीमती त फुत्किने पक्का छ भनॆ मायाको निसानी छोरीसमेत गुमाउनु पर्दैछ । वैदेशिक रोजगारसँग जोडिएको यस्तो नमीठो खवर कमै सुनिन्छन् । हाम्रो कामना थियो यस्तो घटना प्रवृत्ति नभएर अपवाद मात्रै बनोस् ।तर कामना गरेअनुसार भएन । त्यसको भोलिपल्टै यस्तै प्रकृतिको अर्को घटनासँग सामना भयो । माघ ८ गते अघिल्लो दिनकैे आसपासको समयमा अधिवक्ता उद्धव लोहनीको ल फर्ममा सुन्नु पर् यो त्यस्तै कथा । लोहनीको फर्ममा निवेदन लेखाउन छिरेका रहेछन् पूर्वी चितवन घर भएका एक अधबंैसे पुरुष । लेखेपछि लोहनीले सुनाएको निवेदनको बेहोरा यस्तो थियो ।'मेरो निवेदन यो छ कि मैले अरबमा चारचार वर्ष खुन-पसिना बगाएर कमाएको पैसाले श्रीमतीको नाममा किनेको घडेरीमा बनाएको घर छोरीसमेतलाई भाग नलगाई श्रीमतीले बेच्न ठीक्क परेको थाहा पाएकाले सो जग्गा रोक्का राख्ने प्रकि्रयाको लागि सम्बन्धित कार्यालयमा आदेश गराई पाउँ’ निवेदन प्रमुख जिल्ला अधिकारीसामु लिएर जाँदै थिए ती व्यक्ति । '
एनसीसी बैंकको खातामा एक लाख रुपियाँ पनि छ । त्यो रोक्न मिल्ला या नमिल्ला’
बिचराको कमाई अन्यत्र पनि फँसेको रहेछ । समय फरक कथा उही पात्र फरक व्यथा त्यही । कुनै सोधखोज नगर्दा पनि दिन बिराएर सामुन्ने आएका यी घटनाले वैदेशिक रोजगारसँग जोडिएको यो समस्या अपवाद होइन प्रवृत्ति नै बन्न पो थालेछ भन्ने सोच्न बाध्य बनायो ।'
धोका दिनेलाई के भनौं र खोई तिमी हाँस भो मै बसौंला रोई’
धेरैले रुचाएको लोकगीतको यो हरफ वैदेशिक रोजगारीमा जाने हाम्रा दाजुभाइहरुको नियति हुन थालेको छ । उनीहरुले कमाएको धनले देश धाँनिएको छ तर उनीहरुले पाइला पाइलामा धोका र हण्डरको सामना गर्नुपरेको छ । '
ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ’
भनेझैं उनीहरुको आफ्नै मुटु पनि पराई हुन लागेको हो कि
पूर्व युवराज पारस शाह बिहीबार चितवन आए । विवादस्पद छविका पुर्व युवराज पारस चितवनमा भएको एउटा घटनाको मुद्दामा मुछिएर चितवनसम्म आएका हुन् । गएको मंसिर २५ गते निकुंज भित्रको टाइगर टप्स जंगल लजमा काँग्रेस नेतृ तथा ततकालिन परराष्ट्रमन्त्री सुजता कोइरलाका ज्वाइ बंगलादेशी नागरिक रुबेल चौधरीसँग विवाद गरेर गोली चलाएको खवर संचारमाध्यममा आएपछि पारस पक्राउ परे । उनी एकरात प्रहरीको हिरासतमा बसे । उनका विरुद्ध सार्वजनिक स्थलमा अशान्ति फैलाएको अभियोग लगाएर चितवन जिल्ला प्रशासनमा मुद्दा दर्ता भयो । मुद्दा दर्ता भएको दिन उनी १० हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भए । हिजो फागुन १९ गते उनको तारेख थियो । त्यसैका लागि उनी चितवन आए ।सुजता कोइरला नेपाली जनमानसले त्यक्ति मन नपराउँने राजनैतिक व्यक्तित्व हुन् । उनका ज्वाइ रुवेल पनि नेपालमा अनेक घटनामा मुछिएको खवर आयो । अनि एकएक जनमानसमा रुवेलमाथि जाइलागेर पारसले ठिक गरे भन्ने धारणा बन्न पुग्यो । अनि यो जनभावनालाई आधार बनाएर चलखेल गर्न थाले पारस र राजतन्त्रका समर्थकहरु । राजतन्त्र जिन्दावादसम्मका नाराहरु लाग्न थाले । दल र गणतन्त्रप्रति आक्रोश पोखे पारसका मान्छेले ।तारेख खेपनका लागि चितवन आएका बेलामा पनि राजावादीहरुले यो घटनालाई उत्सवको रुपमा मनाउने निधो गरे । पारसको भव्य स्वागतमा मान्छेहरु भेला गराउन थाले राजतन्त्रका समर्थकहरु । नेताहरुले बुद्धि नपुराउनाले नेपालको राजनीति यो बेला डामाडोल अवस्थामा पुगेको छ । पदका लाथि तुच्छभन्दा तुच्छ काममा लिप्त हुन थालेका छन् राजा फालेका नेपालका नेताहरु । यस्तो बेला केही माथि पर्न सकिन्छ कि भनेर राजावादीहरु सल्बलाउन थाल्नु स्वभाविक नै हो ।भएसम्मको सकेसम्मको गरे राजावादीहरु । अनि राजावादीको लहरमा यस पटक खुला रुपमा देखा परे नेपाली चलचित्रका सदाबाहार नायक शिव श्रेष्ठ । श्रेष्ठ पारसँगै जिल्ला प्रशासन चितवन भित्र छिरे । काम सकिएपछि प्रशन्न मुद्रमा कार्यालयबाट बाहिर । केही बेर शुभचिन्तकसँग् भलाकुसारी गरे । पारसको स्वागतका लागि भन्दै समर्थकहरुले भरतपुरको केन्द्रीय वसपार्कमा कार्यक्रम राखेका थिए । पुर्व युवराजलाई पुवराजा भनेरै सम्बोधन गरियो त्यो कार्यक्रममा । अनि मंचमा पारसलाई बोलाइ सकेपछि पुर्व मन्त्री खोभारी राय राज्यमन्त्री जगत गौचन सहित नायक शिव श्रेष्ठलाई पनि बस्न आउँ भनियो ।शिव श्रेष्ठ गजक्क परेर मंचमा बसे । आयोवकहरुले माला लगाए दिए खाँदा ओढाइ दिए । अनि टीका पनि लगाइ दिए । नेपालमा चलचित्रकर्मीहरु शक्ति केन्द्रको आड लाग्नु नौलो घटना होइन । माओवादीको आडमा कोही छन् कोही काँग्रेस र एमालेमा पनि छन् । वि।स।२०६४ सेठ १४ सम्म नेपालको मुख्य संस्था रहेका राजतन्त्रको वरपर एक समय थुप्रै कलाकारहरु थिए । तर नेपालमा राजतन्त्र अन्तय भएर गणतन्त्र स्थापना भएपछि कलाकारहरु अन्यत्र सरे । रेखा थापा प्रचण्डसँग पुठो जोडेर नाच्न थालिन राजेन्द्र खडेगी लालसलाम भन्न थाले अरु त अरु राजधरानासँग् जोडिएका निर शाहा समेत माओवादी भए । अनि भुवन केसी जस्ता सदावाहार नायक एमालेमा पसे । विगतमा कलाकार प्रविण गुरुङलाई पजेरोले कुल्चेर मारेका आरोप लागेका पारस शाहको पछि पछि शिव श्रेष्ठ देखिए । राजतन्त्र अन्त्य भएका बेला अनि पारसले उद्दण्डा काम गरेको भनेर मुद्दा चलेका बेलामा पनि नेपालका यी ख्याती प्राप्त नायक शिव श्रेष्ठ जे होस पारसकै नजिक लागेर हिडेका छन् । यसलाई के भन्ने सच्चाभक्तीको त उदाहरण नै मान्नु पर्ला । उनले ठिक गरे या गलत गर्दैछन् त्यो बहसको अर्को विषय हो ।
'
बाल बिबाहको केस आएको छ'
सामुदायिक सेवा केन्द्र नारायणगढमा कार्यरत एकजना प्रहरीले जानकारी दिए । उनका अनुसार केटा त्यस्तै २६ वर्षको र उसले बिहे गरेको केटी त्यस्तै १३ या १४ वर्षको हो अरे । नारायणगढ जस्तो सहरमा यस्तो अनमेल बिहे । कुरो के हो बुझ्ने मनसायले सामुदायिक सेवा केन्द्रको कार्यालय छिरियो । एक दुईजना चिनेका मान्छे र सेवा केन्द्रका कर्मचारी बाहेक कार्यायको उत्तर तर्फको कुनामा एएटी सानी बच्ची पनि थिइन् । अनुमान गरे अनुसार नै बिहे भएको उनैको रहेछ । शरीर हेर्दा उनी भर्खर १० या १२ वर्ष नाघेको जस्तो मात्रै थियो । उनी बिहॆका लागि योग्य कुनै पनि हालतमा देखिदैन थिएन् ।केही बेरपछि एकजना व्यक्ति छिरे '
किन बोलाएको'
भन्दै । उनले च्याठ्ठिदै यसो भनेका थिए । त्यो सानी नानीसँग बिहे गरेका व्यक्ति उनै रहेछन् । उमेर मात्रै हो र दुवैको जात पनि फरक रहेछ । केटा बाहुन केटी गुरुङ । अनि माया प्रेम बसेर बिहे गरेको पनि होइन रहेछ जुन दिन भेट भयो उसै दिन बिहे । हैन यो बिहेको नाटक भित्र कुनै नराम्रो उद्देश्य त लुकेको छैन शंका गर्ने प्रशस्त आधारहरु फेला परे । सेवा केन्द्रमा केटीको आमा दिदी केटीलाई चिने जानेकाहरु अनि केटाको आफन्त सवै जम्मा भए । कुरो सुरु भयो । पालै पालो सवैले आफ्ना कुरा राखे । जुन यस प्रकार छ ।केटाको आमा बितेकी रहछिन् । बाबु छन् अरे पालन पोषण आमाकी बहिनी अर्थात केटाको सानी आमाले गरेकी रहिछन् । सानी आमाले यस्तो कुरा राखिन् । यो बाबु साह्रै सोझो छ । आमा मोरेकाले सानै देखि मैले पाल्दै आएकी हुँ । म पनि अरुको भाँडा माजेर केटा केटी हुर्काएकी मान्छे हुँ । अहिले पपिन त्यस्तै दुःख गर्छु । बाबु महिेनती छ इमान्दार छ । पहिला ठेलामा राखेर साहुको सामानहरु पसल पसलमा पराउँथ्यो । पछि आफै सामान किनेर पसलमा बेच्न थाल्यो । पाँच कक्षाभन्दा धेरै पढेको छैन । लप्पन छप्पन जान्दैन । सोझो अनपढ गरिव अनि त्यसैमाथि टुहुरो भएकाले २६ वर्षको हुँदा पनि बिहे हुन सकेको थिएन ।यी दुलही हुन आएकी नानीकी आमालाई पहिलादेखिनै चिनेको थिए । यि दिदी पनि दुःख जेलो गरेर बसेकी हुन् । गुरुङ भए पनि गरिव हुन् । हामी पनि निकै गरिब मान्छे । गरिव गरिव भइयो जातको वास्ता गरिएन छोरी दिन्छेउ भने बिहे गराइ दिउँला भने । उनले छोरी लिएर आइन् तर छोरी साह्रै सानी नलागेको होइन । मैले नानीलाई धेरै कुरा सोधे जर्वजस्ती हो भने नगर भने तर होइन म गर्छु भनिन् । सवै काम गरियो टीका टालो ढोग भेटसम्म भयो । नानीले घुम्टी राम्रो भएन भनिन् । राम्रो घुम्टी नल्याइदिए सिन्दुर हाल्दिन भनिन् । अब राम्रो घुम्टी ल्याएर सिन्दुर हाल्ने काम गरौंला भनियो । उनैले रोजेका कपडा सिलाउनसम्म दिइयो । हाम्रो त्यस्तो गलत नियत केही होइन । सानी जस्तो त लागेको हो । तर यस्तो लफडामा परिन्छ भन्ने सोचेको थिइन् । अब यी नानी हामलिाई चाहिन्न । चेत खाइयो बा ।केटीको आमाले नै देखाउन लगेको भनेपछि सेवा केन्द्रका पदाधिकारीले त्यो सानी नानीको आमा तर्फ प्रश्न तेसा्रए । नानीकी आमाले पनि आफ्नो कुरा निर्धक्क भएर यसरी राखिन् । उनलदे कुराको सुरुवातमा भनिन् । हेर्नु होस आफ्ना छोराछोरी ठुलो भएको कुनै आमाबाबुलाई लाग्दैन । यो १५ वर्षकी लागेकी छ । २५ वर्षकी नै किन नहोस मलाई त सानी नै लाग्छ । तर यस्तो सोचेर पनि हुँदैन । बिहे भनेको बेलैमा गरिदिनु पर्छ । मलाई अब यस्को बिहे गरिदिने बेला आयो जस्तो लाग्यो । हेर्नुहोस मेरा चारजना छोराछोरी छन । यीनीहरुको बाउँले मलाई छाडेको छ । केटाकेटी आफै हुर्काउने बढाउने गरे । बेलैमा सोचीन भने छोरी बिग्रने डर । त्यसैले यो दिदीले कुरा चलाउनु भयो । हेरेके केटो सोझो लाग्यो ।मिहेनती रहेछ हामी जस्तै दुःख पाएको । पाल्ला भन्ने लाग्यो छोरीलाई पनि लगेर देखाए मन पराइ बिहॆ छिनिदिएको हो । उनले जेठी छोरी बिग्री भन्दै उ मुनिको माइली छोरीको जिवन सपि्रयोस भन्दै चाडै बिहे गरिदिन खोजेको प्रष्टिकरण दिएन् । उनकी जेठी छोरी आमाले भनेको नमानेर एकजनासँग सानैमा हिडिछन् । गर्भवती भएपछि केटाले छाडिदिएछ जेठी छोरीको अहिले बिचल्लि छ । माइली छोरी पनि त्यस्तो नहोस भन्ने उद्देश्यले आफुले बिहेको हतार गरेको आमाले बेलि बिस्तार लगाइन् ।जेठी छोरीको प्रशंग निस्केपछि सवैले त्यो सानी दुलहीबाट नजर हटाएर उनकी जेठी दिदी तर्फ दृश्य सोझाए । जेठी दिदी त्यही सेवा केन्द्रमा थिएन् । उने पनि आफ्ना कुरा उस्तै निर्धक्क भएर सुनाइन् । उने भनिन् हो मैले सानैमा बिहे गरे । त्यसैले त दुख्ख पाएँ । अनि त्यही सानो उमेरमा बिहे गर्न दिएर बैनीको जिवन पनि बर्बाद पार्ने ?
खासमा सेवा केन्द्रमा उनैले बाल बिहे भयो भनेर उजुरी दिएकी रहिछन् ।मुख्य यी तीनजना बाहेक पनि अरु धेरैले कुरा राखे । आमुन्न सामुन्ने बसेका तथाकथित दुलाहा दुलही बोल्न सक्ने अवस्थामा थिएनन् । पहिला प्रहरीले बाल बिहे गर्ने भनेर त्यो दुलहालाई खुवै हकारो । दुलहाकी सानी आमादेखि दुलहीकी आमा र दुलहा बनेको व्यक्ति समेतलाई बाल बिबाहको अभियोगमा कारवाही गर्ने धम्की दियो । तर तीनैजनाले आ आफ्नो कुरा राखेपछि कानुनमा जे जस्तो लेखे पनि त्यो अनुसार गरिहाल्न हुँदैनी कि भन्ने सवैको विवेकले बोल्यो ।हो बाल बिहे भएकै हो । केटी अति नै सानी र आलोकाचो नै हुन् । केटीको तुलनामा केटाको उमेर फरक परेकै हो । तर केटीले नचाहे पनि केटाले जर्वजस्ती गर्न नखोजे पनि अभिभावको जिम्मेवारी बोधले यो बिहे भयो । यस्तो गर्नु हुँदेन सानैमा बिहे गर्नु कानुन विपरितको काम हो भन्ने चेतनाले पनि काम गरेको हुँनाले कुरा प्रहरीका सामुन्ने सम्म पनि पुग्यो । तर सवैले कुरा राखेपछि कनुनको डण्डा चलाइ हाल्न गाह्रो पनि भयो । बाल विहे भयो तर के कसरी कारणले भएको हो भन्ने सुनेपि यसमा दोषी को त यही नै हो भनेर किटान गर्न सकिने अवस्था रहेन । कानुनको नजरमा यत्रो जघन्य काम हुँदा के केटा र उनीहरुका अभिभावकलाई दोषी बनाएर दण्ड गरेर मात्रै पुग्ने हो र ?
सुन्नमा आयो यो प्रकरणमा दुलहा बनकाले एक दिन प्रहरीको खोरमा बिताएछन् ।