Thursday, March 3, 2011

पारस शाहको पछिपछि नायक शिव श्रेष्ठ

पूर्व युवराज पारस शाह बिहीबार चितवन आए विवादस्पद छविका पुर्व युवराज पारस चितवनमा भएको एउटा घटनाको मुद्दामा मुछिएर चितवनसम्म आएका हुन् गएको मंसिर २५ गते निकुंज भित्रको टाइगर टप्स जंगल लजमा काँग्रेस नेतृ तथा ततकालिन परराष्ट्रमन्त्री सुजता कोइरलाका ज्वाइ बंगलादेशी नागरिक रुबेल चौधरीसँग विवाद गरेर गोली चलाएको खवर संचारमाध्यममा आएपछि पारस पक्राउ परे उनी एकरात प्रहरीको हिरासतमा बसे उनका विरुद्ध सार्वजनिक स्थलमा अशान्ति फैलाएको अभियोग लगाएर चितवन जिल्ला प्रशासनमा मुद्दा दर्ता भयो मुद्दा दर्ता भएको दिन उनी १० हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भए हिजो फागुन १९ गते उनको तारेख थियो त्यसैका लागि उनी चितवन आए
सुजता कोइरला नेपाली जनमानसले त्यक्ति मन नपराउँने राजनैतिक व्यक्तित्व हुन् उनका ज्वाइ रुवेल पनि नेपालमा अनेक घटनामा मुछिएको खवर आयो अनि एकएक जनमानसमा रुवेलमाथि जाइलागेर पारसले ठिक गरे भन्ने धारणा बन्न पुग्यो अनि यो जनभावनालाई आधार बनाएर चलखेल गर्न थाले पारस राजतन्त्रका समर्थकहरु राजतन्त्र जिन्दावादसम्मका नाराहरु लाग्न थाले दल गणतन्त्रप्रति आक्रोश पोखे पारसका मान्छेले
तारेख खेपनका लागि चितवन आएका बेलामा पनि राजावादीहरुले यो घटनालाई उत्सवको रुपमा मनाउने निधो गरे पारसको भव्य स्वागतमा मान्छेहरु भेला गराउन थाले राजतन्त्रका समर्थकहरु नेताहरुले बुद्धि नपुराउनाले नेपालको राजनीति यो बेला डामाडोल अवस्थामा पुगेको पदका लाथि तुच्छभन्दा तुच्छ काममा लिप्त हुन थालेका छन् राजा फालेका नेपालका नेताहरु यस्तो बेला केही माथि पर्न सकिन्छ कि भनेर राजावादीहरु सल्बलाउन थाल्नु स्वभाविक नै हो
भएसम्मको सकेसम्मको गरे राजावादीहरु अनि राजावादीको लहरमा यस पटक खुला रुपमा देखा परे नेपाली चलचित्रका सदाबाहार नायक शिव श्रेष्ठ श्रेष्ठ पारसँगै जिल्ला प्रशासन चितवन भित्र छिरे काम सकिएपछि प्रशन्न मुद्रमा कार्यालयबाट बाहिर केही बेर शुभचिन्तकसँग् भलाकुसारी गरे पारसको स्वागतका लागि भन्दै समर्थकहरुले भरतपुरको केन्द्रीय वसपार्कमा कार्यक्रम राखेका थिए पुर्व युवराजलाई पुवराजा भनेरै सम्बोधन गरियो त्यो कार्यक्रममा अनि मंचमा पारसलाई बोलाइ सकेपछि पुर्व मन्त्री खोभारी राय राज्यमन्त्री जगत गौचन सहित नायक शिव श्रेष्ठलाई पनि बस्न आउँ भनियो
शिव श्रेष्ठ गजक्क परेर मंचमा बसे आयोवकहरुले माला लगाए दिए खाँदा ओढाइ दिए अनि टीका पनि लगाइ दिए नेपालमा चलचित्रकर्मीहरु शक्ति केन्द्रको आड लाग्नु नौलो घटना होइन माओवादीको आडमा कोही छन् कोही काँग्रेस एमालेमा पनि छन् वि।स।२०६४ सेठ १४ सम्म नेपालको मुख्य संस्था रहेका राजतन्त्रको वरपर एक समय थुप्रै कलाकारहरु थिए तर नेपालमा राजतन्त्र अन्तय भएर गणतन्त्र स्थापना भएपछि कलाकारहरु अन्यत्र सरे रेखा थापा प्रचण्डसँग पुठो जोडेर नाच्न थालिन राजेन्द्र खडेगी लालसलाम भन्न थाले अरु अरु राजधरानासँग् जोडिएका निर शाहा समेत माओवादी भए अनि भुवन केसी जस्ता सदावाहार नायक एमालेमा पसे विगतमा कलाकार प्रविण गुरुङलाई पजेरोले कुल्चेर मारेका आरोप लागेका पारस शाहको पछि पछि शिव श्रेष्ठ देखिए राजतन्त्र अन्त्य भएका बेला अनि पारसले उद्दण्डा काम गरेको भनेर मुद्दा चलेका बेलामा पनि नेपालका यी ख्याती प्राप्त नायक शिव श्रेष्ठ जे होस पारसकै नजिक लागेर हिडेका छन् यसलाई के भन्ने सच्चाभक्तीको उदाहरण नै मान्नु पर्ला उनले ठिक गरे या गलत गर्दैछन् त्यो बहसको अर्को विषय हो


No comments:

Post a Comment