जिल्ला प्रहरी कार्यालय चितवनको आडैमा रहेको अधिवक्ता फूलमाया रानाभाटको ल फर्ममा माघ ७ गते दिउँसो भीडभाड थियो । श्रीमानसँग कानुनी रुपमै सम्बन्ध तोड्न चाहने एक युवती सो ल फर्ममा गएर सरसल्लाह गर्दै थिइन् । उनी त्यहाँ छिन् भन्ने पत्तो पाएर आक्रोश पोख्न तम्सेकी अर्की युवतीलाई रोक्न दौडेका महिला प्रहरीहरुलाई पछ्याएका रमितेहरु त्यहाँ रोकिएका थिए ।
आक्रोशित युवतीबाट जोगिन सम्बन्ध विच्छेद गर्न चाहने युवतीलाई गाह्रै परेको थियो । उनी ल फर्मको भित्रपट्टि रहेको सुरक्षित कोठातर्फ सर्नु पर् यो । केही समयपछि महिला प्रहरीले आफ्नो घेराभित्र राखेर युवतीलाई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा छिराए । हल्का नीलॊ रङ्गको टाइट जिन्स पाइन्टमाथि सेतो ज्याकेट लगाएकी युवतीलाई यस्तो आपत् आइलागेको हो ।
'धनं बचियो ’ दाहिने खुट्टा देब्रेमाथि खप्ट्याएर घुँडामा दहिने हात राखेर सो हातको औंलाले तल्लो ओठ चलाइरहेकी उनले महिला सेलको कोठाभित्र बसेर यस्तै सोचेझंै लाग्दथ्यो । उनी बसेको ठाउँमा प्रहरी कोही थिएनन् । अर्को कोठामा सबै जम्मा भएर एउटा उजुरीमाथि विचार विमर्श गरिरहेका थिए ।
प्रहरी नभएको ठाउँमा एक्कासी छिरेको अपरिचितलाई देख्दा उनका आँखा केही शसंकित र चनाखा भए । उनी आत्तिएको छनक पाइयो । प्रहरीको कोठामा नभएको भए उनी चिच्याएरै 'किन आएको यहाँ को हौ तिमीहरु ’ भन्ने मुद्रामा थिइन् त्यति बेला । जो भए पनि हामी विरोधी होइनौं भन्ने संकेत पाएपछि उनी केही ढुक्क देखिइन् ।
'दिभोस्र गर्न पाउनु मेरो अधिकार हो मेरो स्वतन्त्रता हो । मैले यसो गर्न खोज्दा बेकारमा उनीहरु मप्रति खनिएका छन्’ कुरोको चुरो खोतल्ने क्रमकॊ सुरुवात यसरी भयो । अनि किन गर्नु पर् यो त डिभोस्र उनी कारण सुनाउन अग्रसर भइन् । 'सानैमा गरेको गल्ती सुधार्न १४ वर्षकी हुँदा बिहे गरेको अहिले गल्ती गरंे भन्ने लाग्यो त्यसैले ।’ बिहे गरेको अहिले आठ वर्ष भएछ ।
उनले जेलाई गलत गरेँ भनिरहेकी थिइन् त्यो काम यस प्रकारको थियो । उनी कक्षा सातमा पढ्दा नौंमा पढ्ने किशोर मन परेछ । माया प्रेम यति झाङगिए छ कि किशोर १० मा र उनी आठ कक्षामा पुगेकै बेलामा बिहे नगरी नहुने अवस्था सिर्जना भएछ । बिहे गरेको एक वर्षभित्रै छोरीको जन्म भएछ । यहाँसम्मको उनको भनाइ प्रेमकथा भएको सुपरहिट सिनेमाको झैं छ ।
नराम्रो कहिलेबाट भयो त कुरो बिगि्रए रहेछ आजभन्दा तीन वर्षअघिबाट । भएछ के भने सानैमा बिहे गरेर पाँच वर्ष सँगै बिताएपछि परिवाररुपी डुंगा आर्थिक अभावको भवसागरमा परेर लड्खडाउन थालेछ । त्यसबाट पार पाउने उद्देश्यले किशोर लागे मलेसियामा काम गर्न । 'मलेसिया लागेपछि बल्ल थाहा पाएँ उसको असली चाला’ युवतीको भोल्युम अलि खुल्यो ।
'उता गएपछि तीन वर्षमा जम्मा २० हजार रुपियाँ पनि पठाएन उसका बाबु आमाले मलाई देख्नै नसक्ने पैसा भने उनैलाई पठाउने । यस्तो भएपछि किनसँगै बस्ने ’ युवतीले एकै सासमा धेरै कुरा राखिन् । कुरकुरे बैंशमा लगाएको पिरतीलाई टुङ्ग्याउने निचोडमा पुग्नुको कारण यस्तो पो रहेछ । युवक मलेसियाबाट आएको मेसो पारेर उनले काम फत्ते गर्न लागेकी ।
उनी धेरै बोल्न चाहिररहेकी थिइनन् । त्यसैल अब हामी डिभोस्र गर्न खोज्ने उनीमाथि आक्रोश पोखिरहेकी युवतीतर्फ मोडियौं । प्रहरीले रोकेकाले उनी गेट बाहिरै थिइन् । 'जान्छु भन्नेलाई किन रोक्न खोजेको ’ उनीसामुन्ने पुगेर महिला सेलमा सुनेका कुरालाई क्रस चेक गर्न थालियो । हाम्रो यस्तो प्रश्नले युवतीको क्रोधको पारो झन् उक्लियो । 'त्यसलाई रोक्न लागॆको हुँदै होइन । भेट्टाएमा भुतालेर मार्न खोजेको’ रणचण्डीको झलक आयो उनमा ।
आखिर उनी किन यस्तो आक्रोशित अधिवक्ता धर्मराज आचार्यको ल फर्म अगाडिको बेाचमा बसेर उनको कुरा सुन्ने कोसिस गर् यौं । उनको भनाइले आक्रोशको मात्रा चुलिनु अस्वभाविक देखाएन । तर रिसलाई कावुमा राख्नै पर्छ भन्ने सुझाव हामीले पनि दह्रोसँग दियौं ।
'यो केटी मेरो साख्खै मामाकी बुहारी । छोराले सानैमा बिहे गरेर ल्याएको हुनाले उसलाई मामा माइजूले बुहारीभन्दा पनि छोरी नै ठान्नु भयो’ अब महिला सेलमा सुनेको र यहाँ सुन्दै गरेको कुरा बाझ्न थाल्यो । 'हामी ठकुरी भाइले बाहुनी केटी ल्यायो । उसका मइतीले चित्त नपराएर छ महिनासम्म प्रहरीमा धाउने बनाए तैपनि मामा रिसाउनु भएन’ युवतीले बेलीबिस्तार लगाइन् । उनले थपिन् 'कुकुरालाई ध्यू नपचेको ।’
'मामा र हाम्रो घरको आँगन जोडिएको छ’ उनले सबैकुराको जानकारी यो कारणले राखेकी रहिछन् । हामीलाई लाग्यो त्यसै भएर होला अहिले उनी बढी अक्रोशित भएको तर मुख्य कारण त झनै गम्भीर रहेछ । युवतीले सुनाएको झसंग हुने कुरा यस्तो थियो 'लोग्ने मलेसिया लागेपछि ऊ त मेरो आफ्नै भाइसँग पल्किछ । यो अब मेरो भाइसँग आउन ठीक्क परेकी छे ।’
'मामाकी बुहारीलाई म आफ्नो बुहारी भएको कसरी हेर्ने ’ उनको बोली रोकिएन । 'ऊ मेरो भाइसँग आएपछि मामा र हाम्रो घरको अहिलेसम्मको सुमधुर सम्बन्धमा बिराम लाग्छ । मामा या हामी अथवा दुवै परिवारले गाउँ छाड्नै पर्छ ।’ युवतीको चिन्ता थियो-'उसले त रोजेको पोइ पाउली तर हामीले इज्जत नातासम्बन्ध र बस्दै आएको गाउँनै गुमाउनु पर्ने भयो ।’
बसेको बेाचबाटै जुरुक्कै उठेर हामीतर्फ चोर औंलो देखाउदै युवती कुर्लिन- 'बरु त्यसलाई लुछेर मारिदिएँ भने सबै कुरा रोकिन्छ । म जेल परौंला अरुले त केही दुःख पाउँदैनन् । आखिर अहिले आए पनि दुई चार वर्षपछि त्यसले मेरो भाइलाई छाड्ने नै छे ।’ आफ्नै पारामा बर्बराउँदै युवती हामीबाट छुट्टिइन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको गेट नजिकै उभिएको छ एउटा युवक । न मोटो न दुब्लो जुङगा पनि पातलै छ । चाहेमा भनेजस्ती युवती भित्र्याउन उसलाई कुनै मुस्किल छैन । तर ऊ बिहे या माया प्रेमका कुरा सुन्नै नचाहने भएको छ । युवतीले डिभोस्र गर्न चाहेको युवक ऊ नै हो । डिभोस्र र त्यसपछि आउने नयाँ परिस्थितिले उसको मुटु हल्लाएको छ ।
'कमी उमेरमा बिहे गरे पनि मायामा कमी नहोस् भन्ने भरपुर ख्याल गरेकै थिएँ । ऊ त फुपूको छोरोसँग पो लागिछ बुद्धि पनि कस्तो हो कुन्नि’ बाहिर-बाहिर हाँसे जस्तो गरेर युवकले ब्यथा पोखे । विदेशको कमाइ दिएनौ रे नि यो सुनेपछि उनले आश्चर्य मानेझै गरेर भने 'त्यस्तो हुँदै होइन । तीन वर्षमा मलेसियामा अढाई लाख रुपियाँ बचाएँ होला दुई लाख त उसैलाई पठाएको हूँ ।’
मायामा खोट लाग्यो इज्जतको धज्जी उड्ने बाला छ । विदेशमा पसिना बगाएर कमाएको पैसाको हिसाबै हरायो । परिवारका लागि भनेर विदेिसंदा श्रीमती त फुत्किने पक्का छ भनॆ मायाको निसानी छोरीसमेत गुमाउनु पर्दैछ । वैदेशिक रोजगारसँग जोडिएको यस्तो नमीठो खवर कमै सुनिन्छन् । हाम्रो कामना थियो यस्तो घटना प्रवृत्ति नभएर अपवाद मात्रै बनोस् ।
तर कामना गरेअनुसार भएन । त्यसको भोलिपल्टै यस्तै प्रकृतिको अर्को घटनासँग सामना भयो । माघ ८ गते अघिल्लो दिनकैे आसपासको समयमा अधिवक्ता उद्धव लोहनीको ल फर्ममा सुन्नु पर् यो त्यस्तै कथा । लोहनीको फर्ममा निवेदन लेखाउन छिरेका रहेछन् पूर्वी चितवन घर भएका एक अधबंैसे पुरुष । लेखेपछि लोहनीले सुनाएको निवेदनको बेहोरा यस्तो थियो ।
'मेरो निवेदन यो छ कि मैले अरबमा चारचार वर्ष खुन-पसिना बगाएर कमाएको पैसाले श्रीमतीको नाममा किनेको घडेरीमा बनाएको घर छोरीसमेतलाई भाग नलगाई श्रीमतीले बेच्न ठीक्क परेको थाहा पाएकाले सो जग्गा रोक्का राख्ने प्रकि्रयाको लागि सम्बन्धित कार्यालयमा आदेश गराई पाउँ’ निवेदन प्रमुख जिल्ला अधिकारीसामु लिएर जाँदै थिए ती व्यक्ति ।
'एनसीसी बैंकको खातामा एक लाख रुपियाँ पनि छ । त्यो रोक्न मिल्ला या नमिल्ला’ बिचराको कमाई अन्यत्र पनि फँसेको रहेछ । समय फरक कथा उही पात्र फरक व्यथा त्यही । कुनै सोधखोज नगर्दा पनि दिन बिराएर सामुन्ने आएका यी घटनाले वैदेशिक रोजगारसँग जोडिएको यो समस्या अपवाद होइन प्रवृत्ति नै बन्न पो थालेछ भन्ने सोच्न बाध्य बनायो ।
'धोका दिनेलाई के भनौं र खोई तिमी हाँस भो मै बसौंला रोई’ धेरैले रुचाएको लोकगीतको यो हरफ वैदेशिक रोजगारीमा जाने हाम्रा दाजुभाइहरुको नियति हुन थालेको छ । उनीहरुले कमाएको धनले देश धाँनिएको छ तर उनीहरुले पाइला पाइलामा धोका र हण्डरको सामना गर्नुपरेको छ । 'ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ’ भनेझैं उनीहरुको आफ्नै मुटु पनि पराई हुन लागेको हो कि

No comments:
Post a Comment