'बाल बिबाहको केस आएको छ' सामुदायिक सेवा केन्द्र नारायणगढमा कार्यरत एकजना प्रहरीले जानकारी दिए । उनका अनुसार केटा त्यस्तै २६ वर्षको र उसले बिहे गरेको केटी त्यस्तै १३ या १४ वर्षको हो अरे । नारायणगढ जस्तो सहरमा यस्तो अनमेल बिहे । कुरो के हो बुझ्ने मनसायले सामुदायिक सेवा केन्द्रको कार्यालय छिरियो । एक दुईजना चिनेका मान्छे र सेवा केन्द्रका कर्मचारी बाहेक कार्यायको उत्तर तर्फको कुनामा एएटी सानी बच्ची पनि थिइन् । अनुमान गरे अनुसार नै बिहे भएको उनैको रहेछ । शरीर हेर्दा उनी भर्खर १० या १२ वर्ष नाघेको जस्तो मात्रै थियो । उनी बिहॆका लागि योग्य कुनै पनि हालतमा देखिदैन थिएन् ।
केही बेरपछि एकजना व्यक्ति छिरे 'किन बोलाएको' भन्दै । उनले च्याठ्ठिदै यसो भनेका थिए । त्यो सानी नानीसँग बिहे गरेका व्यक्ति उनै रहेछन् । उमेर मात्रै हो र दुवैको जात पनि फरक रहेछ । केटा बाहुन केटी गुरुङ । अनि माया प्रेम बसेर बिहे गरेको पनि होइन रहेछ जुन दिन भेट भयो उसै दिन बिहे । हैन यो बिहेको नाटक भित्र कुनै नराम्रो उद्देश्य त लुकेको छैन शंका गर्ने प्रशस्त आधारहरु फेला परे । सेवा केन्द्रमा केटीको आमा दिदी केटीलाई चिने जानेकाहरु अनि केटाको आफन्त सवै जम्मा भए । कुरो सुरु भयो । पालै पालो सवैले आफ्ना कुरा राखे । जुन यस प्रकार छ ।
केटाको आमा बितेकी रहछिन् । बाबु छन् अरे पालन पोषण आमाकी बहिनी अर्थात केटाको सानी आमाले गरेकी रहिछन् । सानी आमाले यस्तो कुरा राखिन् । यो बाबु साह्रै सोझो छ । आमा मोरेकाले सानै देखि मैले पाल्दै आएकी हुँ । म पनि अरुको भाँडा माजेर केटा केटी हुर्काएकी मान्छे हुँ । अहिले पपिन त्यस्तै दुःख गर्छु । बाबु महिेनती छ इमान्दार छ । पहिला ठेलामा राखेर साहुको सामानहरु पसल पसलमा पराउँथ्यो । पछि आफै सामान किनेर पसलमा बेच्न थाल्यो । पाँच कक्षाभन्दा धेरै पढेको छैन । लप्पन छप्पन जान्दैन । सोझो अनपढ गरिव अनि त्यसैमाथि टुहुरो भएकाले २६ वर्षको हुँदा पनि बिहे हुन सकेको थिएन ।
यी दुलही हुन आएकी नानीकी आमालाई पहिलादेखिनै चिनेको थिए । यि दिदी पनि दुःख जेलो गरेर बसेकी हुन् । गुरुङ भए पनि गरिव हुन् । हामी पनि निकै गरिब मान्छे । गरिव गरिव भइयो जातको वास्ता गरिएन छोरी दिन्छेउ भने बिहे गराइ दिउँला भने । उनले छोरी लिएर आइन् तर छोरी साह्रै सानी नलागेको होइन । मैले नानीलाई धेरै कुरा सोधे जर्वजस्ती हो भने नगर भने तर होइन म गर्छु भनिन् । सवै काम गरियो टीका टालो ढोग भेटसम्म भयो । नानीले घुम्टी राम्रो भएन भनिन् । राम्रो घुम्टी नल्याइदिए सिन्दुर हाल्दिन भनिन् । अब राम्रो घुम्टी ल्याएर सिन्दुर हाल्ने काम गरौंला भनियो । उनैले रोजेका कपडा सिलाउनसम्म दिइयो । हाम्रो त्यस्तो गलत नियत केही होइन । सानी जस्तो त लागेको हो । तर यस्तो लफडामा परिन्छ भन्ने सोचेको थिइन् । अब यी नानी हामलिाई चाहिन्न । चेत खाइयो बा ।
केटीको आमाले नै देखाउन लगेको भनेपछि सेवा केन्द्रका पदाधिकारीले त्यो सानी नानीको आमा तर्फ प्रश्न तेसा्रए । नानीकी आमाले पनि आफ्नो कुरा निर्धक्क भएर यसरी राखिन् । उनलदे कुराको सुरुवातमा भनिन् । हेर्नु होस आफ्ना छोराछोरी ठुलो भएको कुनै आमाबाबुलाई लाग्दैन । यो १५ वर्षकी लागेकी छ । २५ वर्षकी नै किन नहोस मलाई त सानी नै लाग्छ । तर यस्तो सोचेर पनि हुँदैन । बिहे भनेको बेलैमा गरिदिनु पर्छ । मलाई अब यस्को बिहे गरिदिने बेला आयो जस्तो लाग्यो । हेर्नुहोस मेरा चारजना छोराछोरी छन । यीनीहरुको बाउँले मलाई छाडेको छ । केटाकेटी आफै हुर्काउने बढाउने गरे । बेलैमा सोचीन भने छोरी बिग्रने डर । त्यसैले यो दिदीले कुरा चलाउनु भयो । हेरेके केटो सोझो लाग्यो ।
मिहेनती रहेछ हामी जस्तै दुःख पाएको । पाल्ला भन्ने लाग्यो छोरीलाई पनि लगेर देखाए मन पराइ बिहॆ छिनिदिएको हो । उनले जेठी छोरी बिग्री भन्दै उ मुनिको माइली छोरीको जिवन सपि्रयोस भन्दै चाडै बिहे गरिदिन खोजेको प्रष्टिकरण दिएन् । उनकी जेठी छोरी आमाले भनेको नमानेर एकजनासँग सानैमा हिडिछन् । गर्भवती भएपछि केटाले छाडिदिएछ जेठी छोरीको अहिले बिचल्लि छ । माइली छोरी पनि त्यस्तो नहोस भन्ने उद्देश्यले आफुले बिहेको हतार गरेको आमाले बेलि बिस्तार लगाइन् ।
जेठी छोरीको प्रशंग निस्केपछि सवैले त्यो सानी दुलहीबाट नजर हटाएर उनकी जेठी दिदी तर्फ दृश्य सोझाए । जेठी दिदी त्यही सेवा केन्द्रमा थिएन् । उने पनि आफ्ना कुरा उस्तै निर्धक्क भएर सुनाइन् । उने भनिन् हो मैले सानैमा बिहे गरे । त्यसैले त दुख्ख पाएँ । अनि त्यही सानो उमेरमा बिहे गर्न दिएर बैनीको जिवन पनि बर्बाद पार्ने ? खासमा सेवा केन्द्रमा उनैले बाल बिहे भयो भनेर उजुरी दिएकी रहिछन् ।
मुख्य यी तीनजना बाहेक पनि अरु धेरैले कुरा राखे । आमुन्न सामुन्ने बसेका तथाकथित दुलाहा दुलही बोल्न सक्ने अवस्थामा थिएनन् । पहिला प्रहरीले बाल बिहे गर्ने भनेर त्यो दुलहालाई खुवै हकारो । दुलहाकी सानी आमादेखि दुलहीकी आमा र दुलहा बनेको व्यक्ति समेतलाई बाल बिबाहको अभियोगमा कारवाही गर्ने धम्की दियो । तर तीनैजनाले आ आफ्नो कुरा राखेपछि कानुनमा जे जस्तो लेखे पनि त्यो अनुसार गरिहाल्न हुँदैनी कि भन्ने सवैको विवेकले बोल्यो ।
हो बाल बिहे भएकै हो । केटी अति नै सानी र आलोकाचो नै हुन् । केटीको तुलनामा केटाको उमेर फरक परेकै हो । तर केटीले नचाहे पनि केटाले जर्वजस्ती गर्न नखोजे पनि अभिभावको जिम्मेवारी बोधले यो बिहे भयो । यस्तो गर्नु हुँदेन सानैमा बिहे गर्नु कानुन विपरितको काम हो भन्ने चेतनाले पनि काम गरेको हुँनाले कुरा प्रहरीका सामुन्ने सम्म पनि पुग्यो । तर सवैले कुरा राखेपछि कनुनको डण्डा चलाइ हाल्न गाह्रो पनि भयो । बाल विहे भयो तर के कसरी कारणले भएको हो भन्ने सुनेपि यसमा दोषी को त यही नै हो भनेर किटान गर्न सकिने अवस्था रहेन । कानुनको नजरमा यत्रो जघन्य काम हुँदा के केटा र उनीहरुका अभिभावकलाई दोषी बनाएर दण्ड गरेर मात्रै पुग्ने हो र ? सुन्नमा आयो यो प्रकरणमा दुलहा बनकाले एक दिन प्रहरीको खोरमा बिताएछन् ।

No comments:
Post a Comment