नारायणगढ मुग्लिन सडक खण्डबाट त्यस्तै १५ मिनेट पर छ उनको घर । राजमार्गबाट घरसम्म पुग्न ठाडै उकालो पैदल जानु पर्छ । गाउँ भने पनि घरहरु छपक्कै छैनन् । साना साना थुम्काहरु छरिएर रहेका छन् । एउटा थुम्कामा त्यस्तै दुई चार घर अटाएका छन् । त्यही एउटा थुम्कोमा रहेको छ मानबहादुर चेपाङको घर । घर सानो छ परिवार भने सानो भन्न मिल्ने खालको छैन । चार बहिनी छोरी दुई भाइ छोरा समेत गर्दा परिवार संख्या आठ पुग्छ । तर अहिले साथमा धेरै छैनन् ।
तीनजना छोरीको बिहे भइसक्यो । जेठो छोरो २० वर्षको छ । तर उ अहिले घरमा भने छैन । छोरो कमाउन दिल्ली गएको छ । घरमा जेठी बुहारी काखमा नाती लिएर बसेकी छन् । कान्छी छोरी र १० वर्षको कान्छो छोरो पनि साथमै छन् । अनि खरले छाएको सानो बुकुरोको आँगन पाँच हातको मात्रै छ । पिढी डेढ हातपछि ढुंगाको गाह्रोले थुनेको घरको भित्री भाग त्यस्तै पाँच हात चौडा र सात हात लम्बाइको होला ।
उनकी जेठी छोरीले भर्खर सुनाएको एउटा खवरले मानबहादुर तीन छक परेका छन् । छोरीले उनलाई भनिछन 'बा भरपुरमा एक हात जग्गाको एक लाख पर्छ ।' ओ हो यो सुनेपछि मानबहादुर मन मनै गम खाने भएका छन् । उनको बारी पाखो भिरालो छ । अन्नामा मकैसम्म फल्छ अरु उम्रन गाह्रो पर्छ । मैसमले साथ दिए ६०, ७० डोका मकै भित्रन्छ घरमा । गएको पटक खडेरीले खायो जम्मा २० डोका मकै घरमा ल्याए उनले ।
यति मकै फल्ने बारी भने निकै लमतन्न भएर पर परसम्म फैलिएको छ । डाडाक पुरै एउटो पाखो उनको हो । अनि उनले गमै मैले यो पाखो सवै बेचेँ भने कति पर्ला । चलेको मुल्यबाट उनले हिसाव लगाए छन् पुरै जग्गाको ५० हजार रुपैयाँ पाउन पनि मुस्किल हुँदो रहेछ । अनि त्यो भरतपुरमा जाबो एक हात जग्गाकै एक लाख पर्ने उनी चित खाएका छन् । त्यो भरतपुर उनको घर देखि कति टाढा हो र । पाँच मिनेट ओरालो झरेपछि गाडी चढ्ने बाटो भेटिन्छ । गाडीमा चढेपछि ढिलोमा एक घण्टामा भरतपुर झरिन्छ ।
ठाउँ त टाढा होइन तर भरतपुर र आफु बस्ने चण्डिभाज्याङ गाविसको वडा नं। ६ मा पर्ने कालिखोलको पाखोबीच मुल्यमा किन यस्तो अन्तर होला मानबहादुरको मन भित्र धेरै पटक यी कुराहरु खेल्ने गर्छ । हामी चेपाङ बस्ने गाउँलाई अरुले नगनेको हो ला नि । मानबहादुरलाई कता कता यस्तो पनि लाग्ने गर्छ । चेपाङहरु नेपालका अल्प संख्यक आदिवासी हुन् । उनीहरु सुधो जाती हुन् भन्ने गरिन्छ । चेपाङ बस्नाले काली खोलालाई यति हेला अर्घेलो गरेको हो त मानबहादुरलाई यसो भन्न पनि मन लाग्दो रहेछ ।
गाउँमा गत वर्ष बिजुली पुगेको छ । मानबहादुरको घर भएको थुम्कोको दायाँबायाँ दुवै तर्फबाट विजुलीको तार अरु थुम्को तर्फ लागेको छ । मानबहादुरको दौलोमा भने मिटर बाक्सा झुण्डीएको छैन । एक बित्ता चौडा र एक हात लामो मिटर बाक्सा १२ सय रुपैयाँ तिरेपछि बल्ल दौलोको सिरानमा बस्दो रहेछ । त्यो १२ सय कताबाट ल्याएर बिजुली अफिसका हाकिमहरुलाई दिने मानबहादुरको समस्या यही हो ।
छोरो दिल्ली गएको डेढ वर्ष भयो । ५० हजार नकमाइ नफर्कने भन्छरे । अब त्यो ५० हजार कुन जुगमा कमाउने हो । अस्ती भर्खर फोनमा छोराले यसै भने छ । मोबाइल अचेल धेरैको हातमा छ । मानबहादुरसँग् त्यो पनि छैन । छोरोको ससुरालीमा मोवाइल फोन रहेछ । कहिले काही संधी उनको घरसम्म आएका बेलामा छोराले बात गर्छ । धेरै कुरा पनि हुन पाउँदैन रे लौ पैसा सकियो भन्दै हत्तन पत्त फोन काटिदिन्छ भन्छन् मानबहादुर ।
गाउँमा ३० घर छन् विजुली १० वटा घरमा पनि छैनन् । फोन त झन् दुईचारजनाको हातमा मात्रै छ । एक घण्टा परेको भरतपुर र आफ्नो गाउँबीच यस्तै कुराले ठुलो खाडल पारेका हुने कि भन्ने उनलाई लाग्दो रहेछ । यो खाडल कस्ले कसरी पुर्ने हो यो बारेमा भने उनलाई केही थाहा छैन ।

Nice Story poudel sir...
ReplyDelete