Saturday, March 19, 2011

यस्तो पनि गर्ने हो

हिजो फागुन गते रंगहरुको पर्व फागु पुर्णिमा परेको थियो नेपाल पत्रकार महासंघमा बिहान ११ बजे भेला भएर होली खेल्न सुरु गरेको साँझ पाँच बजेसम्म व्यस्त भइयो हिजोको होली निकै रमाइलो उमंगसँग खेलीयो अबिर मात्रै प्रयोग गरेको हुँनाले अन्य केही समस्या देखिएन नभए टाउँको दुखेर हैरानै हुन्थ्यो यस पटक त्यस्तो केही भएन साँझ पख चन्द्रमा कुरेर बसियो आकाश धुलोले घेरीएको थियो चन्द्रमा धमिकलो देखियो चन्द्रमा किन हेरेको भने हिजो पृथ्वीको निकै नजिक आउने भएकाले चम्किलो ठुलो देखिन्छ भनेर हो तर आकास सझा नभएकाले चन्द्रमाको तेजै कम थियो अब ठुलो हो कि सानो हो यो आँखाले त्यत्ति फरक थाहा पाएन
चन्द्रमाको दर्शनपछि हिजो कि्रकेट हेरियो टिभीमा एक दिवसीय कि्रकेटको हिजो साँझको अष्ट्रेलिया पाकिस्तानको खेल हेर्नु पर्ने खालको थियो अष्ट्रेलियाले लगातार विश्व कप जित्दै आएको मात्रै होइन विश्व कपमा खेलिने ३४ वटा गेम लगातार जित्दै आएको पनि अनि पाकिस्तान अघिल्लो विश्व कपमा निकै खराव प्रदर्शन गरेको टोली यो पटक विश्व कपअघि उसका राम्रा केही खेलाडीहरु खेलमिलिमतोको आरोपमा परेपछि खेल्नै नपाउने भए निकै समस्यामा रहेको पाकिस्तानले यस पटकको विश्व कपमा भने आश्चर्यजनक नतिजा पस्कदै आएको त्यसैले हिजोको खेल हेरौं भन्ने खालको थियो
आहा पाकिस्तानले गज्जब नै गरो कि्रकेटको विश्व बादशाह अष्ट्रेलियाले पहिले ब्याटिङ गरेको थियो तर पाकिस्तानी बलरहरुले उसको धज्जि उडाए त्यस्तो राम्रो टिम अष्टे्रलिया जम्मा १७६ रन मात्रै बनाउन सक्यो अब ब्याटिङ गर्ने पालो पाकिस्तानको अष्ट्रेलियाले दिएको चुनौती निकै सानो हो तर पाकिस्तानी ब्याट्सम्यान भरपर्दा कहाँ छन मैदानबाट धमाधम फर्केर चुनौतीको त्यो सानो थुम्को पनि चढ्न नसक्ने हुन् कि भन्ने आशंका मनभरी पाकिस्तानी ब्याट्स म्यानले सुरुवात पनि त्यस्तै गरे २० रन नपुराउँदै पहिलो ब्याट्सम्यान आउट भए
सय रन नपुग्दै अर्का पनि गए मैदान बाहिर लै बर्बाद हुने हैन ढुकढुकी बढ्न थाल्यो तर दईजनापछि चारजना हुन केही बेर लाग्यो तर चारजनापछि छजना ब्याट्स म्यान आउट हुन धेरै समय लागेन लौ है खेल जे पनि हुन सक्छ अष्ट्रेलिया हो धुलो चटाउने भयो आफुले खडागरेको रनको लक्ष्य नाघ्न पाकिस्तानलाई नदिने भयो भन्ने लाग्यो तर छपछि पाकिस्तानीहरु सम्हालिन थाले बल निकै बाँकी थियो रन १४ मात्रै लिने हो भने पाकिस्नातले जित्ने भयो पाकिस्तानले फेरि एक रन लियो जित्नका लागि चाहिने आँका घट्दै अयो १२ भयो अब दुई छक्का लगाए हुने भयो अनि चौका छक्का हान्ने ताकमा धमाधम ब्याट्सम्यानहरु आउट भएमुखैमा आएको गास फुत्किन सक्थ्यो स्वस्थानी कथामा शाली नदीमा खसेकी एकजना पात्रको हातबाट सबै फुत्के झै
१२ रनबाट जित्न आवश्यक रन आठमा झरो दुइृ चौका हानिदिए खेल खत्तम अनि सातबाट छमा खुम्चियो आवश्यक रन अनि त्यत्ति नै बेला बत्ती गयो फ्याट्ट लोडसेडिङ राती १० बजे जानु थियो गयो कि्रकेट टुङ्गिन लाग्यो भनेर रोकिने होइन केरे बिजुली लै खत्तम एक मनले भनेको थियो खेल पाकिस्तानले जित्छ खेल्न कै लागि चारजना ब्याट्स म्यान बाँकी नै छन् अनि खेल्ने ओभर पनि झन् धेरै यस्तो गेम पाकिस्तानको हातबाट कसै गरे पनि फुत्किने छैन तर कि्रकेट साह्रै अनिश्ति खेल हो रे अन्तिम बल नसिकदासम्म जित हार के हुन्छ छुट्टाउन सकिदैन रे अब सात रन बाँकी रहदै बत्ती गयो क्या फसाद
विश्व कप विश्व कपका सवै खेल लगातार जित्दै आएको अष्ट्रेलियाले गेम आफ्नो पक्षमा जसरी पनि पार्छ यो सम्भावना पनि जिउँका त्यु हैन चक्मा दिन्छ पाकिस्तानले मनले यसो पनि भन्छ तर बत्ती गएकाले के हुने हो चाडो थाहा नपाइने भयो १० बजेसम्म गेमको टुंगो नलागेकाले तत्काल एफएमबाट पनि केही थाहा नपाइने भयो अनि दिउँसो होली खेल्दाको थकाइ यसो पल्टेको निद्रा आइहाले बिहान पनि चाडो उठ्न सकिएन कायाकैरन भन्दा पहिलाका रेडियो बुलेटिन सुन्ने सकिन बजे बत्ती आउँछ भनेर बसियो खेलमा के भयो टिभी हेरेर थाहा पाइ हालिन्थ्यो तर आउनु पर्ने समयमा बत्ती आएन
कायाकैरन सुन्न रेडियो खोलेको मुख्य खवर गइसकेछ खेल खबर आउन अलि समय लाग्छ लौै फसाद यहाँ पनि लै अब कम्प्युटर नखोली भएन युपीएसले धानेको कम्प्युटरले साथ नदिन पनि सक्छ तर मनमा औडाहा चलेकाले जे होला होला भनेर कम्प्युटर अन गरे कम्प्युटर खुल्यो नेट चल्यो अनि फ्याट्ट त्यही बेलामा बत्ती पनि आयो नेटमा कान्तिपुरको पेपर खोलेको पहिलो आँखा पहिलो पेजमै पर्ने नै भयो त्यसपछि स्वाट्ट खेल पेज खोलियो त्यत्रो उथल पुथल पुर्ण खेलको नतिजा हेड लाइन मै आउला भन्ने आशा थियो तर हेडलाइन तर बंगलादेश दक्षिणअपि्रुका विरुद्धको झुर खेलको पो बनेको जुन खेल दिउँसै सकिएको थियो पाकिस्तान अष्टेलियाबीचको खेलको एउटा फोटो समाचारको बिचमा तर फोटोको क्याप्सनमा खेलको नतिजा के भएको हो उल्लेख छैन
समाचारको बीचमा सब हेड राखेर बल्लपाकिस्तान अष्ट्रेलिया बीचको खेलको करा बर्णन गरिएको रहेछ त्यो विवरण फेला पार्न सानै भए पनि कसरत नै गर्नु परो अनुमान गरे जस्तो खेल पाकिस्तानले नै जिते पाकिस्तानले अचम्मै गरो अष्ट्रेलियाले हिजो खत्तम नै गरो यस्तो पनि गर्ने हो हिजो उसका समर्थकहरु यसो भन्दै थकथकाइ रहेका होलान अनि जावो सात रन बाँकी रहदा विजुली काट्ने नेपाल विद्युत प्राधिकरणले समयमा भने बिजुली नदिएर यस्तो के गरेको होला भन्नु परो मैले अनि अष्ट्रेलिया पाकितानबीचको खेलको समाचार हेडलाइन बनेको भए राम्रो हुने थियो भनेर मैले राखेको आशा नराम्रो हो ? अन्तयमा यसमा राखिएको तस्बिर पत्रकार विनोदबाबु रिजालको फेसबुकबाट झिकिएको हो लेख फोटोका बीचमा कुनै तालमेल सम्बन्ध छैन





No comments:

Post a Comment