Tuesday, June 28, 2011

माग्ने तरिका

कृष्णनगरबाट छुटेको बस बिहान सवा आठ बजे तिर बुटवल आइ पुग्छ बसमा टन्नै छन् यात्रुहरु धेरै काठमाडौं नै पुग्ने यात्रुहरु छन् गर्मी अत्याधिक 'लौ आयो है बुटबल' गाडीको खलासी कराउँछ सिटमा मस्त निदाएकाहरु मस्त नै छन् मुडामा टुक्रुस्स् बसेकाहरु जुरुक्क उठ्छन् भन्छन् ' रोकिदेउ ' तिनाउ खोला तरे लगत्तै हाटबजार झर्ने बाटो नजिक बस रोकिन्छ बसका मान्छे झर्न नपाउँदै ससाना दुई केटाकेटी हातहुत्तै बस भित्र छिर्छन उनीहरुको हातमा लेमिनेशन गरेर सुरक्षित पारेको एउटा चिठ्ठिको फोटोकपी
देब्रे हातले त्यो फोटोकपी समाउदै उनीहरु दाहिने हात यात्रु तर्फ फैलाउँछन् दुईचार पैसाको याचना गर्छन पढी रहन पर्दैन ति फोटोकपीमा के छन् भन्ने कुरा विभिन्न गाउ विकास समिति कार्यालयले 'उनीहरु निकै गरिव हुन् घर जल्यो या बाउँआमा बहिनी भाइ या अरु कोही विरामी परे आर्थिक सहयोग गर्नु होला' भनेर गरेको सिफारिस उल्लेख हुन्छ ति पत्रहरुमा तर सम्बन्धित गाविस कार्यालयले सायदै त्यस्तो पत्र काट्छ होला गाविसको लेटर प्याडको शिर काटेर सेतो पानामा त्यसलाई जोडने तल आफुले चाहेको बेहोरा लेख्ने अनि फोटोकपी गरेर हिड्ने गरेका हुन् भनेर थाहा पाउन गाह्रो छैन
अब त्यो फोटोकपीमा के लेखेको , त्यो पत्र सही हो या गलत, कसले ध्यान दिन्छ यस्ता कुरामा उनीहरु माग्न चढेका हुन् भए दुई चार रुपैयाँ दियो नभए ठिकै बस रोकिदा बित्तिकै चढेका केटाकेटीले यात्रु झरेर बस हिड्दासम्म एक दुई रुपैयाँ हात पारे बस आएर बुटवलको बसपार्कमा रोकियो त्यहाँ त्यस्ता केटाकेटीको डफ्फानै बसेको हुन्छ कोही त्यस्तै फोटोकपी लिएर छिर्छन कोही केटाकेटीहरु खुट्टा ढोग्दै पैसा माग्छन् त्यहाँ पनि कोही फर्केन खाली हात
बसपार्कमा १५ मिनेट बसेर बस लाग्यो नारायणगढ तर्फ फेरि चौराहामा आएर अडियो त्यहाँ पनि एकजना बालक छिरे खुट्टा ढोग्दै हात फैलाउँदै पनि खाली हात झर्नु परेन बस हिड्यो बर्दघाट आएर बसको रफ्तार धिमा भयो त्रिवेणी जाने चोक नेर रोकियो बस 'लौ आजको पत्रिका हेर्नु होस' ढोका नेर यो आवाज सुनियो त्यता हेरेको कोही देखिन उत्ति नै खेर मान्छेको ढाड भने देखियो अनि केही बेरपछि टाउको पनि हातको बलमा एकजना बस उक्लदै रहेछ दुवै खुट्टा सुकेर मुठ्ठी भरका भएका हात घुडाको बलमा त्यो मान्छे बस भित्र छिर्यो
छिरिसकेपछि फेरि करायो ' पत्रिका हेर्नु होस ' गर्मीले असिन पसिन भएको अन्दाजी २८ या ३० को सो युवकको हातमा पत्रिका भने छैन गलामा पैसा राख्ने मैलो थैलो भिरेको उसले केही बेरपछि पत्रिका पनि निकाल्यो पत्रिका रहेछ उसले लगाएको कमिजको भित्र बस केही बेर अडियो त्यहाँ 'पत्रिका लिनु पत्रिका' आशावादी भएर युवक कराइ रहेको अह उस तर्फ कसैको ध्यान छैन अघि त्यसै पैसा माग्नेहरुलाई रुपिया दिन तम्सनेहरु अहिले केही थाहा नै नभए जस्तो गर्दैछन् बरु चिसा पकौडा अण्डा भने त्यहा धमाधम खपत भइरहेको
पत्रिका किन्न कोही अग्रसर भएनन् मेरो घरमा दुईदुईवटा पत्रिका आउँछ लगभग दुई घण्टापछि मैलै ति हेर्न भ्याउँछु त्यसैले मलाई पत्रिका किन्न आवश्यक थिएन तर शारिरिक रुपमा असक्त त्यो युवकले ल्याएको पत्रिका कसैले खै भनेर मागेको नदेख्दा मलाई कस्तो कस्तो लाग्यो त्यो रुपमा धेरैले मागेर गुजरा चलाउँछन् त्यसै हात फैलाउन आएको भए निश्चय नै कसैले एक दुई रुपैयाँ हत्केलामा थमाइ दिन्थे तर पत्रिका बेचेर खान खोजेका बेला कसैले वास्ता नै गर्दैन श्रम गर्नेको कस्तो सम्मान नभएको हो जस्तै लाग्यो मलाई
पत्रिका खपत हुने कुनै छेकछन्द नपाएपछि निरास हुँदै फर्कन थाल्यो त्यो युवक अन्तिममा मैले एउटा पत्रिका माँगे पत्रिकाको मुल्य पाँच रुपैयाँ उस तर्फ बढाए 'पाँच रुपैयाँ होइन दाइ' उसले भन्यो '१० रुपैयाँ दिनु होस ' जुन तरिकाले बसमा चढ्ने मिहेनत गरेर उसले पत्रिका बेचेको त्यसका लागि पाँच रुपैयाँ मात्रै तिर्नु मलाई पनि त्यत्ति उचित लागेको होइन उसले थप्यो ' शारिरिक रुपमा असक्त छु त्यसै नमागेर काम गरेर केही लिन खोजेको हो हजुर ' उसको भनाइ गलत होइन तर मेरो अपेक्षा के हो भने सले पैसा बुझ्ने बेलामा नभएर पत्रिका दिदा नै यी कुरा गरे कसैले पत्रिका लिन्न पनि पक्कै नभन्ला अनि कुनै गुनासो गर्ने ठाउँ पनि नरहला

Thursday, June 23, 2011

गोली मात्रै ठोकिन्न काजिरङ्गामा

भारत आसाम राज्यको गोलाघाट जिल्लामा पर्ने काजिरङ्गा नेशनल पार्क नेपालको पुर्वी सिमाना झापा काँकडभिट्टाबाट झण्डै नौ सय किलो मिटर टाढा तर त्यहाँ भएको संरक्षण कार्यको नेपालमा प्रया चर्चा भइरहन्छ काजिरङ्गाको प्रगति वास्तवमा लोभ लाग्दो नै काजिरङगाले प्रकृतिको साथ, कर्मचारीको भरोसा सरकारको संरक्षण केन्द्रित नीतिको साहारा पाएको
काजिरङ्गाले पाएको सफल्ताको तीन सुत्र नै हुन् यी काजिरङ्गाको क्षेत्रफल सानो तर यहाँ विश्वको सवैभन्दा धेरै एकिसंगे गैंडा पाइन्छ यहाँ सन् २००९ मा भएको गणनामा २०४८ वटा गैंडा फेला परेका थिए त्यसपछि नेपालको चितवन नेशनल पार्कमा धेरै गैंडा फाइन्छ भर्खर सकिएको गणना अनुसार चितवन नेशनल पार्कमा ५०३ वटा गैंडा छन्
क्षेत्रफलमा काजिरङ्गा चितवन नेशनल पार्कभन्दा सानो काजिरङ्गाको क्षेत्रफल केही समयअघिसम्म जम्मा ४३० वर्ग किलोमिटर थियो अहिले ८६० वर्गा किलोमिटर पुगेको चितवन नेशनल पार्कको क्षेत्रफल सुरुदेखि नै ९३२ वर्ग किलो मिटर रहेको सानो भइकनपनि चितवनको तुलनामा पाँच गुणा गैंडा छन् त्यहाँ
गैंडा मात्रै होइन त्यहाँको भुगोलमा ११६७ वटा जंगली हात्ती पनि अटाएका छन् जंगली भैसी अर्नाको संख्या १९३७ रहेको पाँच सयभन्दा बढी प्रजातिको चराहरु छन् बाघको संख्या ८६ रहेको अरु साना ठुला जिवजन्तु पनि धेरै नै छन् सानो क्षेत्रफलको नेशनल पार्कमा धेरै संख्यामा वन्यजन्तु अटाउनुको कारण त्यहाँको सहज प्राकृतिक वातावरण नै हो
काजिरङ्गाको कुल भुभाग मध्ये ६५ प्रतिशत भुभाग घाँसे मैदानले ओगटेको ठुला रुखहरु भएको जंगल क्षेत्र २८ प्रतिशत मात्रै भने नेशनल पार्कको पाँच प्रतिशत हिस्सा जलाशयले ओगटेको चितवन निकुाजमा पहिले २० प्रतिशतसम्म रहेको घाँसे मैदान खुम्चेर पाँच प्रतिशत भएको थियो प्रसस्त घाँस पानी भएपछि घरेलु मात्रै होइन जंगली जनावरहरु पनि फस्टाउदा रहेछन्
गैंडाको मुख्य वासस्थल मानिने चितवन नेशनल पार्कमा सुरक्षा पोष्टहरुको संख्या ४८ मात्रै काजिरङ्गामा १५२ वटा पोष्ट जहाँ पार्कका हतियारधारी पाँच छजना गार्डहरु बस्ने गर्छन् गैंडाको चोरी सिकार काजिरङ्गाको मुख्य चुनौती हो चोरी सिकार विरुद्ध जाइलाग्न पार्कका सुरक्षाकर्मीलाई नेपालको तुलनामा असिमित नै लाग्ने अधिकार प्राप्त
चोरी सिकारीले एक ठाउँमा बन्दुक पड्काए त्यो अवाज सुनेर तीनवटा पोष्टका सुरक्षाकर्मी सकि्रय हुन मिल्ने गरेर पोष्टहरु राखिएको तै पनि चोरी सिकार ठप्प भने छैन गत वर्ष अर्थात सन् २०१० मा चोरी सिकारीले पाँचवटा गैंडामाथि आक्रमण गरे जसमध्ये तीनवटाको मृत्यु भएको पुर्व असामको वन्यजन्तु विभागका डिभिजन फरेष्ट अफिसर डीएफओ डीडी गोगोईले जानकारी दिए
पार्क भित्र शंकास्पद अवस्थामा मान्छे देखिएमा सुरक्षाकमीले सिधै गोली समेत हान्छन् सन् २०१० मा पार्क भित्र १० जना सिकारीहरु सुरक्षाकर्मीको गोलीबाट मरेको गोगोईले जानकारी दिए सुरक्षाकर्मीले पार्क भित्र मान्छे मारेमा त्यो सिधै प्रहरी कारवाहीको विषय बन्दैन पार्क सुरक्षाकर्मीले मारेको गलत हो भन्ने लागेमा छुट्टै सरकारी निकायमा छानविनका लागि निवेदन दिनु पर्छ
सो निकायले छानविन गर्नु पर्छ भन्ने लागेमा समिति गठन गर्छ सोही समितिको प्रतिवेदनको आधारमा सरकारले निर्णय लिन्छ नेपालका पार्क सुरक्षाकर्मीलाई यस्तो असिमित अधिकार प्राप्त हुनु कल्पना बाहिरको कुरा हो नेपालमा पार्कको सुरक्षाको लागि राष्ट्रिय सेना समेत खटेको त्यहाँ भने पार्कको आफ्नै सुरक्षा गार्ड मात्रै रहेका छन्
दुर्लभ वन्यजन्तु अपराधको आरोपमा पक्राउ परेमा अहिले १० वर्षदेखि आजिवन कारावासको सजाय हुने रहेछ पहिला तीन वर्ष मात्रै कैद हुँदो रहेछ मुद्दा नेपालमा जस्तो निकुंजमा नै नभएर अदालतमा चल्दो रहेछ अनि काजिरङ्गालाई वन्य जिवजन्तुको भिडभाड स्थल मान्छेको चाप कम हुने क्षेत्र बनाउन भारत सरकार लागेको पाइयो
त्यति धेरै वन्यजन्तु पाइने नेशनल पार्कलाई पर्यटकीय गन्तब्यभन्दा पनि संरक्षण केन्द्रकै रुपमा चिनाउन अधिकारीहरु प्रयासरत छन् काजिरङ्गा पर्यटकका लागि महिना मात्रै खुला हुन्छ जुनदेखि नोभेम्बरसम्म पार्क पर्यटकका लागि बन्द हुन्छ अनि होटलहरु पार्क भित्र छदै छैनन् बाहिर पनि निकै थोरै पार्कको सिमानाभन्दा केही पर छन्
चितवनमा पार्क भित्रै होटलहरु छन् बाहिर रहेका होटलहरु पनि पार्कको सिमानासँगै जोडिएका छन् निकुंज १२ महिना नै खुला हुन्छ पर्यटकहरुको चहल पहलप्रति आँखा चिम्लिने गरिन्छ नेपालमा संरक्षण कमाइका लागि हो भन्ने अवधारणा प्रवल भएको हामो नेपालमा काजिरङ्गाबाट सिकुन पर्ने कुराहरु धेरै छन्
पर्यटनबाट काजिरङ्गाले वर्षमा एक करोड रुपैयाँ कमाउँदो हरेछ संरक्षणका लागि १२ करोड रुपैयाँ खर्च हुँदो रहेछ भारत बाहिरका विदेशी पर्यटक जम्मा पाँच हजारको हाराहारीमा आउँदा रहेछन् 'जैविक विविधता दुर्लभ वन्यजन्तु संरक्षणको नमुनाको रुपमा यसलाई विकास गर्न खोजेका हौं कमाइका लागि उपयोग गर्ने सरकारी नीति छैन' डीएफओ गोगोईले भने




Wednesday, June 22, 2011

हाम्रो आन्दोलन जारी छ

पत्रकार चोट खाएर लडेको ,
उसका लागि आन्दोलन हुन्छ,
सडकमा जुलुस निक्लन्छ ,
जसलुसमा सवै अगाडी हुन्छन्,
कारण पत्रिकामा छापिने फोटोमा,
आफ्नो मुख सवैलाई देखाउनु

अत्याचार भयो भनेर,
चर्का भाषण गर्छन सवै,
कारण पत्रिकामा नाम छपाउनु

कुटिनेलाई नै दोष दिन्छ अर्को,
कोही समर्थक नपाएका आरोपिलाई,
तेरो 'असली संरक्षक हुँ' भन्नेपार्नु जो

पत्रकार लडेको अस्पतालमा,
मल्हम लगाउने कोही छैनन्,
छन् आन्दोलन गर्ने मात्रै

अन्याय भएको पत्रकारलाई,
न्याय दिने कोही छैन,
आरोपितलाई नै धाम मार्दा,
कसरी निको होला पत्रकारको घाउ


Tuesday, June 21, 2011

काजिरङ्गाको नेपाल साईनो

काजिरङ्गा भारतको आसाम राज्यको गोलाघाट भन्ने जिल्लामा पर्छ काजिरङ्गा नेशनल पार्कमा विश्वमा सवैभन्दा बढी एक सिङ्गे गैंडा पाइन्छ त्यहाँ २०४८ वटा गैंडा छन् त्यसपछि एक सिङ्गे गैंडा नेपालमा बढी पाइन्छ चितवन नेशनल पार्कका ५०३ समेत गरेर नेपालमा ५३४ वटा एकिसंगे गैंडा छन् काजिरङ्गा नेपाललाई एक सिङ्गे गैंडाले यसरी जोडेको यो एक सिङ्गे गैडालाई टपक्क झिकेर एक तर्फ राख्ने हो भने पनि काजिरङ्गार नेपालसँग् जोडिने धेरै कुरा पाउन सकिन्छ
नेपालको पुर्वी सिमान झापाको काँकडभिट्टाबाट झण्डै नौ सय किलो मिटर टाढा पर्छ काजिरङ्गा काजिरङ्गा जानलाई हामीले भारत पश्चिमबंगाल राज्यमा पर्ने सिलिगुडीबाट बस समात्यौं सिलिगुढी सहर नेपालभाषीहरुको बाहुल्य रहेको दार्जिलिङबाट नजिकै यो सहरलाई समेत समेटेर भारतका नेपाली भाषीहरुले छुट्टै राज्य गोरखाल्याण्ड बनाउनु पर्ने माग गर्दै आएका छन् त्यसैले काँकडभिट्टाबाट जम्मा ४० किमि परेको सिलिगुडीमा नेपाली भाषा रहन सहनको छाया छपक्कै
काजिरङ्गाको बस चढ्नुअघि सिलिगुडीमा खाजा खाइयो त्यत्रो गोरखाल्याण्ड आन्दोलनको बोलबाला चलेको सिलिगुडीमा रहेको हामीले खाजा खाने होटलका कामदारले नेपाली निकै कष्टले बोल्ने बुझ्ने रहेछन् खाजा खाएपछि ११ बजे हाम्रो गाडी बेग दौडियो काजिरङ्गालाई लक्ष्य बनाएर सिलिगुडी छाडेपछि नेपालको गन्ध पुरै रोकियो बंगाली लिपी निकै अनौठा थिए ति अक्षर हाम्रालागि अमुर्त चित्र जस्ता थिए
हामी साँझको पाँच बज्दा नबज्दै पश्चिमबंगाल छाडेर आसाम राज्य प्रवेश गर्यौं हो आसाम छिर्ना साथ नेपालको झल्को दियो त्यहाँका घरहरुको बनौटले टिनले छाएका दुई पाखे घरहरु नेपालका जस्तै स्कुल पनि टिनले छाएको दुई पाखे नै सडक छेउमा बनेका प्रतिक्षालय नेपालका जस्तै जे जति घर देखिन्छन प्राय टिनले नै आएका सायद आसामबाट नेपाल भित्रिएको होला यो टिनले दुई पाखा छाउने चलन भन्ने लाग्यो हामीलाई साझ सात बजे हाम्रो गाडी चिया खान रोकियो त्यहाँका मान्छेहरुले भने अनुसार आँखाको उपचारका लागि धेरै मानछे त्यहाँबाट नेपाल जाँदा रहेछन्
भोलि पल्ट बिहान छबजे हाम्रो गाडी राजमार्ग छेउको एउटा ढावा अर्थात खाना नास्ता खाने होटलमा रोकियो हामी रोकिएको होटल काठमाडौंका एउटा नेवारको रहेछ उनी त्यहीकै रैथाने भएर बसेका रहेछन् एउटा हो तीन्वटा होटल घर समेत रहेछ उनको मालिक भेटिएनन् होटलका कामदारले यो जानकरी दिए हामी नौ बजे काजिरङ्गा पस्यौ आसाम टुरिजमको लजमा हाम्रो बास थियो हामीलाई रिसिभ गर्न आएका युवक फटाफट नेपाली बोल्न थाले काउण्टरका कर्मचारी फटाफट नेपाली बोल्छन् एकजना रुम व्याय पनि नेपाली नै रहेछन् आसाममा कम्तिमा तीन पुस्ता बिताएर भारतीय भएर बसेका नेपाली रहेछन् ति
काजिरङ्गा वरपर सवा सय घर नेपाली रहेको थाहा पाइयो काजिरङ्गा नेशनल पार्क छिर्ने प्रवेशद्वारमा नेपालीका दोकानहरु नै रहेछन् निकै चाख मानेर हाम्रो सोधनी पुछनी गरे उनीहरुले एकजना शिक्षक निकै हर्षित भए नेपाली नागरिकता लिने धोको बोकेर बसेका धनकुटा जन्मघर भएका एकजना ६६ वर्षीय वृद्धले हामीलाई भेट्दा हर्षका आँशु नै झारे काजिरङ्गा पुगेको भोलि पल्ट नजिकैको एउटा बस्तीमा छिरियो
जहाँ एकजना महिलाले आँगनबाट घर तर्फ फर्केर कसैलाईठेट नेपालीमा भनिन् 'ये तेजु दौलो उघारी देउ ' टिनले छाएको सानो सानो घरको आँगन सफा थियो पालीमुनीको पिढी छिर्न पनि सानो गेट पार गर्नु पर्दथ्यो महिलाले त्यसैलाई दैलो भने कि रहेछन् एकजना किशोरले त्यो दौलो उघारी दिए हामी पिढीमा रहेको खाटमा बस्यौ दाँत मोल्दै ति महिलाका देवर आए नाम रहेछ मोहन खतिवडा मोहनका दाजु त्यही कै स्कुलमा पढाउँदा रहेछन् मोहन लेखापाल रहेछन्
त्यसो आसामका धेरै ठाउँमा नेपाली छन् साहित्यकार लिलबहादुर क्षेत्री जस्ले 'बसाई' भन्ने उपन्यास लेखे उनी नै उतै बस्छन् हरिभक्त कटुवाल लगायतका आसाममा बस्ने नेपाली साहित्यकारको सुचीमा अरु पनि थपिन्छन् आसामको कहाँकहाँ नेपाली बस्छन् के कसता हण्डर ठक्कर भोगेका छन् लिलबहादुर क्षेत्रीको 'ब्रम्हपुत्रको छेउछाउ' भन्ने उपन्यासमा धेरै कुरा खुल्छ हामीले अहिले के कस्तो आफ्ठेराहरु छन् भनेर भेटिएका ति नेपाली भाषीलाई सोध्यौ जो जति त्यहाँ बसेकाछन् स्थानीय आसामीहरुबाट केही समस्या रहेनछ
समस्या के त ? भाषा संस्कृति हराउने हो कि भन्ने चिन्ता रहेछ उनीहरलाई भारतीय नागरिक नै भएर बसेका त्यहाँका नेपाली भाषीमध्ये धेरैलाई नेपालमा आफ्नो मुल थलो कहाँ हो पत्तो। नै छैन युवा पुस्ता नेपाली बोल्छ तर आधा आसामी शब्द मिसाउँछ आसामी लिपी नेपालको देवनागिरी लिपीभन्दा फरक नेपाली भाषीको बहल्य रहेको आसामकै अरु ठाउँमा कलेजहरुमा नेपाली समेत पढाइ हुँदो रहेछ तर कम भएका ठाउँमा यो सुविधा छैन हिन्दीको साहारामा देवनागिरी लिपीसँग सँगत गर्न पाएका छन् उनीहरुले भानु जयन्ती मोति जयन्ति मनाउन दशैं तिहारमा उल्लास पोख्न लालयित हुन्छन् उनीहरु
यो भाषा नै नेपाली बोल्नेहरुको कुरा भयो त्यहाँको भेग पनि नेपालको जस्तै जस्तै काजिरङ्गा पुग्ने पुग्ने बेलाको गाउँ हेर्दा लाग्छ हामी नारायणगढबाट पश्चिम लाग्दै छौं रजहर आयो क्या हो भन्ने भान पनि पर्छ राजर्माग, त्यसैसँग जोडिएका समतल फाँट, टिनले छाएका दुई पाखे घर घरभन्दा पर जंगल अनि पहाडी टाँकुराले यो आभास दिन्छ अरु कुरा त्यहाँ नेपाली जस्ता देखिने मान्छे आसामी हुँदा रहेछन्, नेपाली भनेर झुक्किन सकिन्छ आसाममा जस्लै प्रष्ट हिन्दी बोल्छ, हामीले पाए अनुसार ति नेपाली हुन सक्ने सम्भावना प्रवल रहन्छ
आसाम यस्तो रहेछ नेपालीहरु त्यहाँ पनि पुगेका रहेछन् आसामको भु बनोट हावा पानी त्यस्तो रहेछ गैंडाहरु पाइने रहेछन् तर नेपालको चितवन निकुाजभन्दा सानो भइकन पनि काजिरङ्गामा गैंडा धेरै, अरु जनावर पनि उत्तिकै कानुनी व्यवस्था कडा अनि सडकमा धमाधम विकास मौलाएको नेपालका सडक भने अनावश्यक माग राखेर प्राय बन्द हुन्छ आसाम नेपाल सायद यही कुराले फरक विकासमा आसाम नेपालभन्दा अगाडी अन्त्यमा फर्केर सिलुगुढी पुगेपछि हाम्रो टोलीमा एकजना सदस्यले थप्नु भयो 'आसाम हेर्दा नेपाल जस्तै तर खाली जग्गा प्रशस्तै भए पनि प्लटिङ गरेको पाइएन अनि यहाँ यत्रा नेपाली बसेर पनि धन्न चक्का जाम गर्न सिकाएका रहेनछन् '


Thursday, June 9, 2011

काँडो झै भयो ऋण

माछा खाँदा हेक्का नपुगे घाँटीमा काँडा अड्केर जे दुख्ख पाइन्छ चितवन माडीको कल्याणपुर गाविस वडा नं. गोपालनगरका किसान रेमबहादुर तमाङले माछापालनका लागि बैंकबाट लिएको ऋणका कारण त्यस्तै सास्ती बेहोरेका छन् माछापालनका लागि सात वर्षअघि लिएको सवा लाख रुपैयाँ ऋण तिर्न नसक्दा उनको तीन विघा १४ कठ्ठा जग्गा लिलाम हुँदै
कृषि विकास बैंकको माडी उपशाखाबाट रेमबहादुरका बुबा सिमबहादुरले वि.. २०६१ सालमा एक लाख २५ हजार रुपैयाँ ऋण लिएका हुन् माछा पाल्न निकालॆ ऋणले बेलामा अरु पनि काम भयो अग्लो खेत समथर बनाउन पनि सोही पैसा खर्च भयो लत्ता कपडा पनि त्यसैबाट किनिए १० हजार रुपैयाँ गाउँको एकजनाले सापट लग्यो तर तिर्दै नतिरेर फरार भयो
माछा पोखरी पनि नखनेको होइन नौ कठ्ठामा पोखरी खनेर माछा पनि पालेको हो तर ऋण तिर्ने गरेर माछापालनबाट आम्दानी हुन सकेन भन्छन् रेमबहादुर रेमबहादुरका नौ सन्तान छन् सवै गरे १३ जनाको परिवार पाल्न बैंकको ऋण तिर्न नौ कठ्ठाको माछाले भ्याएन भन्छन् उनी त्यसपछि बैंकले वि.स।.२०६५ साल भदौंमा एउटा पत्र पठायो रेमका बुबा ऋणी सिमबहादुरका नाममा
बैंकले पठाएको उक्त सुचनामा सावा एक लाख २५ हजारको व्याज ६० हजार ८७१ रुपैयाँ पुगेको सावा व्याज १५ दिन भित्र चुक्ता नगरे जग्गा लिलामको कारवाही अगाडी बढाउने चेतावनी थियो 'चेतावनी आए पनि के गर्नु पैसा नभएपछि तिर्न जान सकिएन' रेमबहादुरले भने बैंकको ऋणबाट मुक्त नहुँदै रेमबहादुरको ७८ वर्षीय बुबा सिमबहादुरको गत पुसमा देहान्त भयो
बैंकले बैशाख २५ गते फेरि अर्को पत्र पठाएको सावा एक लाख २५ हजार रुपैयाँको गत पुससम्मको व्याज एक लाख २१ हजार रुपैयाँ हुने भए पनि व्याजमा बैंकले १० प्रतिशत छुट दिएको सवै गरेर दुई लाख ३४ हजार ६५५ रुपैयाँ बुझाउन बैंकले ताकेता गरेको यो ताकेता पछि पनि बैंकको ऋण तिर्ने कुनै उपाए निस्कने भन्छन् रेमबहादुर
रेमको जे जति जग्गा त्यो चितवन निकुाजको जंगल रिऊ खोलाको आडमा त्यसैले जग्गा किन त्यस ठाउँमा कोही नजाने समस्या रेमका बाबुले ६१ सालअघि पनि बैंकबाट ऋण लिएका थिए त्यो बेलाको ऋण तिर्न राम्रो ठाउँको १० कठ्ठा जग्गा बेच्नु परेको थियो आमदानी नहुने भएपछि सावा लाख रुपैयाँ ऋण लिनु गल्ती भएको रेमबहादुरलाई बल्ल अहिले चेत आएको
'बैंकले ताकेता गर्छ त्यसैले तनाव दिन्छ यता ऋण नतिर्दा भएभरको आफ्नो जेथा लिलाम हुने भयो भन्ने पिर लाग्छ मत पिरैपिरले पिरोलिएको छु' रेमबहादुरले दुख्ख पोखे कृषि विकास बैंक माडी उपशाखामा तीन वर्षअघि प्रवन्धक भएर आएका विनोदचन्द्र मरहठ्ठाका अनुसार बैंकबाट ऋण लगेका धेरैको अवस्था रेमबहादुरको जस्तै
बैंकले माछापालनका लागि गोपालनगरका १५ जनालाई २९ लाख ५३ हजार रुपैयाँ ऋण लगानी गरेको जसमध्ये १२ जनाको ऋण भाका नाघेको उनीहरुको धितो लिलाम हुने प्रकृयामा सवैले तीन विघाभन्दा बढी नै जग्गा धितो राखेर ऋण लिएका छन् गोपालनगर माछापालनका लागि जिल्लामै कहलिएको तर ऋण लगेर माछापालेकाहरु गाउँमा नयाँ मान्छे देख्दा बैंकको कर्मचारी आयोको हो कि भनेर झस्कने भएका छन् माछापालनमा बैंकले लगानी नै रोकेको




Tuesday, June 7, 2011

ड्राइभर मात्रै होइन है बेमान

सडक दुर्घटना नेपालमा दिन प्रति दिन बढ्दो अवस्थामा मान्छेको ज्यान जाने प्रमुख कारणहरु मध्ये सडक दुर्घटना पनि एउटा कारण बन्दै दुर्घटना भएर मान्छे मरेको खवर दिनहुँ जस्तो सुन्नु परेको माओवादीले सशस्त्र संघर्ष संचालन गर्दा गोली लागेर बम विष्फोट भएर मान्छेहरु मर्ने गर्दथे माआवादी युद्ध रोकिएपछि अहिले त्यसको ठाउँ सडक दुर्घटनाले लिन थालेको
सडक दुर्घटना भएर नेपाल विश्वमा के कति मान्छे मर्छन भन्ने बारेमा विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले गरेको सर्वेक्षण हालै सार्वजनिक भएको त्यो सर्वेक्षणका अनुसार नेपालमा सडक दुर्घटनाका कारण ज्यान जानेको संख्या हेर्दा आङ सिरिङ हुन्छ माओवादीले चलाएको सशस्त्र संघर्षमा भन्दा अहिले सडक दुर्घटना भएर ज्यान गुमाउनेहरु धेरै देखिएका छन् दुर्घटना काम गर्न बेलैमा सचेत नभए अवस्था भयावह बन्ने
डब्लुएचओले सन् २००८ मा विश्वका १७८ वटा देशमा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको संख्याको बारेमा अनुशन्धान गरेको थियो वीवीसी हिन्दी सेवाको अनलाइनमा प्रकाशित सो अध्ययनमा विश्वमा प्रति एक लाख जनसंख्यामा १६ दशमलव एकजनाको ज्यान सडक दुर्घटनका कारण जाने गरेको नेपालकै मात्र कुरा गर्दा प्रति एक लाख जनसंख्यामा १५ दशमलव एकजनाको ज्यान जान्छ
नेपालको जनसंख्या अहिले तीन करोडको हाराहारीमा पुगेको अनुमान अर्थात नेपालको जनसंख्या तीन सय लाख अब डब्लुएचओको प्रतिवेदनलाई आधार मानेर हेर्दा नेपालमा दुर्घटनाका कारण ज्यान जानेहरुको भयावह संख्या आउँछ मृत्युको यस्तो डर लाग्दो अवस्था प्रति हामीहरु कसरी आँखा चिम्लेर बस्ने यही अवस्था नै कायम रहने हो भने घरबाट निस्केको मान्छे सकुशल फर्केर आउँछ भन्ने ग्यारेण्टी हुन छाड्छ
नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या विश्वव्यापी अवस्थाका बारेमा तुलना गरेर हेर्दा पनि ढुक्क हुन सकिदैन विश्वव्यापी मृत्युको तुलनमा हामी केही राम्रो अवस्थामा छौ तर युरोपका देशहरुको तुलनमा खराव अवस्थामा छौं युरोपमा प्रति लाख जनसंख्यामा सडक दुर्घटनाका परेर ज्यान गुमाउनेहरु १० दशमलव दुईजना रहेका छन्। नेपालमा योभन्द्या पाँजना बढी छन् दक्षिण एसियका देशहरुमा पनि हाम्रो अवस्था राम्रोमा पर्दैन
समग्र दक्षिण एसियको अवस्था हेर्दा यहाँ सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या प्रति लाखमा १६ जना रहेको दक्षिण एसियमा दर्घटनाका कारण कम मृत्यु हुने देशमा नॆपाल चौथो स्थानमा हामी बंगलादेश श्रीलंका भुटानभन्दा पनि पछाडी छौं दक्षिण एसियामा प्रति एक लाख जनसंख्य मध्ये बंगलादेशमा १२ दशमल श्रीलंकामा साढे १३ भुटानमा १४ दशमलव चार भारतमा १६ दशमलव आठ माल्दिभ्समा १८ दशमलव तीन पाकिस्तानमा २५ दशमलव तीन अफगानिस्तानमा ३९ जनाको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको अनुसन्धानमा उल्लेख
दक्षिण एशियाली मुलुक अफगानिस्तान सडक दुर्घटनाका कारण धेरै मान्छेको मृत्यु हुने २० वटा देश भित्र पर्छ मार्शल आइल्याणमा सवैभन्दा कम दर अर्थात प्रति एक लाख जनसंख्यामा एक दशमलव सातजना मात्रै सडक दुर्घटनामा परेर मृत्यु हुने देखिएको १७८ देश मध्ये सवैभन्दा बढी एरिटि्रयामा प्रति एक लाखमा ४८ दशमलव चारजनाको ज्यान जाने गरेको पाइयो
सवैभन्दा कम मृत्यु हुने मार्शल आइल्याणबाट गन्दै ल्याउँदा नेपाल ७९ नम्बरमा पर्छ नेपालभन्दा खराव अवस्था रहेका ९९ वटा देश छन् विश्व व्यापी रुपमा हेर्दा सडक दुर्घटनामा ठ्याक्कै ५० प्रतिशत घटना चार चक्कावाला गाडीहरु पर्ने मान्छे मर्ने गरेका छन् दक्षिण एसियमा चार चक्केको स्थान जम्मा १० प्रतिशत मात्रै रहेको मोटरसाइकल जस्ता साधन दुर्घटना भएर मर्नेहरुको संख्या ४३ प्रतिशत रहेको भने पैदलयात्रु २५ प्रतिशत देखिएका छन् दुर्घटना भएर मर्नेहरुमा साइकल चालक पनि १० प्रतिशत छन्
नेपालमा मोटरसाइकलको प्रचलन अत्याधिक रुपमा बढ्दै गएको कम उमेरका युवाले पनि शक्तिशाली इन्जिन भएका मोटरसाइकलहरु कुदाइ रहेको देखिन्छ आवश्यकताले भन्दा पनि शानका लागि जोशमा आएर मोटरसाइकल चलाउने गर्दा नेपालमा मोटरसाइकल बमको रुपमा परिणत हुँदै गएको यस्ा कुरामा बेलैमा ध्यान नदिए आँकडा झनै बढ्नेमा शंका छैन त्यसैले सरोकारवालाहरु चुप लागेर नबसौं


Monday, June 6, 2011

सय नाघेका डिठ्ठा

नेपालमा राणा शासन अन्त्य हुनुभन्दा एक वर्ष पहिले वि.. २००६ सालमा जागिरबाट अवकास पाएका हुन् चन्द्रकुमार प्रधानले त्यो बेला उनी डिठ्ठा पदमा थिए महिनाको ७५ रुपैयाँ तलब बुझ्ने गर्दथे उनले जागरि छाडेको वर्ष जन्मेकाहरुले पनि देख्न सुन्न गाह्रो हुने अवस्थामा चन्द्रकुमार बिना चस्मा अक्षरहरु पढ्न सक्छन्
उनी वि..१९६७ सालको माघ २४ गते तनहुँको बन्दीपुरमा जन्मेका हुन् चन्द्रकुमारले वि..१९८३ मा बन्दीपुर मालपोतमा लेखनदास सिपाहीको रुपमा सरकारी जागिर सुरु गरे उनी १९८४ सालमा पोखरा अदालतमा लेखनदास सिपाही भएर गए त्यो बेला महिनाको पाँच रुपैयाँ तलब पाउँथे जागिरबाट निवृत्त हुदा उनी चरिकोट अदालतमा डिठ्ठा थिए
शताब्दी पार गरेका चन्द्रकुमारको सम्मानमा प्रधान सेवा समाज चितवनले सोमबार साँझ नारायणगढमा श्राद्धासुमन अर्पण गर्ने कार्यक्रम राख्यो एकजनाको कुममा देब्रे हात राखेर दाहिने हातले लठ्ठी समाएर चन्द्रकुमार माचमा गए सभाहलमा जम्मा भएका प्रधान खलकका पाँच सय आफन्तलाई सम्बोधन गर्न उनले कापीमा केही कुरा लेखेर ल्याएका रहेछन्
उनले लेख्ने काम पनि अझै आफै गर्दा रहेछन् कापीमा कोरिएका सय वर्षे जिवनका विभिन्न अनुभवहरु उनले बिना चस्मा खर्रर पढेर सुनाए उनको भनाइ थियो 'जसले आफ्नो कुलको भलो चिताउछ त्यसैले समाज देश बनाउँछ नराम्रो नगर्नु अन्याय नसहनु ' यो उमेरमा पनि दान प्रतिको लगाव छाडेनन् उनले प्रधानसेवा समाजले खोलेको कोषमा १० हजार रुपैयाँ सहयोग गरे
भक्तपुरबाट तीन सय वर्षअघि तनहुँको बन्दीपुर जाने कृपाराम प्रधानका पाँचौ पुस्ता हुन् उनी चन्द्रकुमारले भने जिवितै आफ्ना चार पुस्ताको देख्न पाए उनी आफ्ना सन्ततीहरुलाई 'प्रधान खलकका हरेक व्यक्ति अरुको हितका लागि अगाडी बढ' भन्ने उपदेश दिन्छन् सय वर्षको हुँदा पनि उनको समान्य दिनचर्या फेरिएको छैन
चन्द्रकुमारले दिनको एक बोतल कोकाकोला खान्छन् अहिले नवलपरासीको गैंडाकोटमा बस्ने गरेका उनी प्रत्येक एकादशी औंसीमा ब्रत बस्न छाड्दैनन् दालभात तरकारीसँग सिसामा च्याँपेको अचार कागतीको आधा टुत्रला छुट्दैन उनलाई घिऊ चिनी नभइ हुँदेन आँप केरा सुन्तला उनले औधि मन पारउने फलफुल हुन्
सय नाघ्दा पनि स्वस्थ हुनुको रहस्य खोल्छन् 'सधै सादा जस्वन जिउनु पर्छ सदाचारले जीवन सार्थक हुन्छ सार्थक जीवन जिउने सुखी हुन्छ सुखले शान्ति ल्याउँ शान्तिले परम आयु दिन्छ ' दुई श्रीमतीबाट भाइ छोरा १० बहिनी छोरी भएका थिए उनलाई जेठी श्रीमती मोहनमायाको निधन भइसकेको कान्छी केशकुमारी साथै छिन्