Monday, June 6, 2011

सय नाघेका डिठ्ठा

नेपालमा राणा शासन अन्त्य हुनुभन्दा एक वर्ष पहिले वि.. २००६ सालमा जागिरबाट अवकास पाएका हुन् चन्द्रकुमार प्रधानले त्यो बेला उनी डिठ्ठा पदमा थिए महिनाको ७५ रुपैयाँ तलब बुझ्ने गर्दथे उनले जागरि छाडेको वर्ष जन्मेकाहरुले पनि देख्न सुन्न गाह्रो हुने अवस्थामा चन्द्रकुमार बिना चस्मा अक्षरहरु पढ्न सक्छन्
उनी वि..१९६७ सालको माघ २४ गते तनहुँको बन्दीपुरमा जन्मेका हुन् चन्द्रकुमारले वि..१९८३ मा बन्दीपुर मालपोतमा लेखनदास सिपाहीको रुपमा सरकारी जागिर सुरु गरे उनी १९८४ सालमा पोखरा अदालतमा लेखनदास सिपाही भएर गए त्यो बेला महिनाको पाँच रुपैयाँ तलब पाउँथे जागिरबाट निवृत्त हुदा उनी चरिकोट अदालतमा डिठ्ठा थिए
शताब्दी पार गरेका चन्द्रकुमारको सम्मानमा प्रधान सेवा समाज चितवनले सोमबार साँझ नारायणगढमा श्राद्धासुमन अर्पण गर्ने कार्यक्रम राख्यो एकजनाको कुममा देब्रे हात राखेर दाहिने हातले लठ्ठी समाएर चन्द्रकुमार माचमा गए सभाहलमा जम्मा भएका प्रधान खलकका पाँच सय आफन्तलाई सम्बोधन गर्न उनले कापीमा केही कुरा लेखेर ल्याएका रहेछन्
उनले लेख्ने काम पनि अझै आफै गर्दा रहेछन् कापीमा कोरिएका सय वर्षे जिवनका विभिन्न अनुभवहरु उनले बिना चस्मा खर्रर पढेर सुनाए उनको भनाइ थियो 'जसले आफ्नो कुलको भलो चिताउछ त्यसैले समाज देश बनाउँछ नराम्रो नगर्नु अन्याय नसहनु ' यो उमेरमा पनि दान प्रतिको लगाव छाडेनन् उनले प्रधानसेवा समाजले खोलेको कोषमा १० हजार रुपैयाँ सहयोग गरे
भक्तपुरबाट तीन सय वर्षअघि तनहुँको बन्दीपुर जाने कृपाराम प्रधानका पाँचौ पुस्ता हुन् उनी चन्द्रकुमारले भने जिवितै आफ्ना चार पुस्ताको देख्न पाए उनी आफ्ना सन्ततीहरुलाई 'प्रधान खलकका हरेक व्यक्ति अरुको हितका लागि अगाडी बढ' भन्ने उपदेश दिन्छन् सय वर्षको हुँदा पनि उनको समान्य दिनचर्या फेरिएको छैन
चन्द्रकुमारले दिनको एक बोतल कोकाकोला खान्छन् अहिले नवलपरासीको गैंडाकोटमा बस्ने गरेका उनी प्रत्येक एकादशी औंसीमा ब्रत बस्न छाड्दैनन् दालभात तरकारीसँग सिसामा च्याँपेको अचार कागतीको आधा टुत्रला छुट्दैन उनलाई घिऊ चिनी नभइ हुँदेन आँप केरा सुन्तला उनले औधि मन पारउने फलफुल हुन्
सय नाघ्दा पनि स्वस्थ हुनुको रहस्य खोल्छन् 'सधै सादा जस्वन जिउनु पर्छ सदाचारले जीवन सार्थक हुन्छ सार्थक जीवन जिउने सुखी हुन्छ सुखले शान्ति ल्याउँ शान्तिले परम आयु दिन्छ ' दुई श्रीमतीबाट भाइ छोरा १० बहिनी छोरी भएका थिए उनलाई जेठी श्रीमती मोहनमायाको निधन भइसकेको कान्छी केशकुमारी साथै छिन्




No comments:

Post a Comment