Tuesday, June 7, 2011

ड्राइभर मात्रै होइन है बेमान

सडक दुर्घटना नेपालमा दिन प्रति दिन बढ्दो अवस्थामा मान्छेको ज्यान जाने प्रमुख कारणहरु मध्ये सडक दुर्घटना पनि एउटा कारण बन्दै दुर्घटना भएर मान्छे मरेको खवर दिनहुँ जस्तो सुन्नु परेको माओवादीले सशस्त्र संघर्ष संचालन गर्दा गोली लागेर बम विष्फोट भएर मान्छेहरु मर्ने गर्दथे माआवादी युद्ध रोकिएपछि अहिले त्यसको ठाउँ सडक दुर्घटनाले लिन थालेको
सडक दुर्घटना भएर नेपाल विश्वमा के कति मान्छे मर्छन भन्ने बारेमा विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले गरेको सर्वेक्षण हालै सार्वजनिक भएको त्यो सर्वेक्षणका अनुसार नेपालमा सडक दुर्घटनाका कारण ज्यान जानेको संख्या हेर्दा आङ सिरिङ हुन्छ माओवादीले चलाएको सशस्त्र संघर्षमा भन्दा अहिले सडक दुर्घटना भएर ज्यान गुमाउनेहरु धेरै देखिएका छन् दुर्घटना काम गर्न बेलैमा सचेत नभए अवस्था भयावह बन्ने
डब्लुएचओले सन् २००८ मा विश्वका १७८ वटा देशमा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको संख्याको बारेमा अनुशन्धान गरेको थियो वीवीसी हिन्दी सेवाको अनलाइनमा प्रकाशित सो अध्ययनमा विश्वमा प्रति एक लाख जनसंख्यामा १६ दशमलव एकजनाको ज्यान सडक दुर्घटनका कारण जाने गरेको नेपालकै मात्र कुरा गर्दा प्रति एक लाख जनसंख्यामा १५ दशमलव एकजनाको ज्यान जान्छ
नेपालको जनसंख्या अहिले तीन करोडको हाराहारीमा पुगेको अनुमान अर्थात नेपालको जनसंख्या तीन सय लाख अब डब्लुएचओको प्रतिवेदनलाई आधार मानेर हेर्दा नेपालमा दुर्घटनाका कारण ज्यान जानेहरुको भयावह संख्या आउँछ मृत्युको यस्तो डर लाग्दो अवस्था प्रति हामीहरु कसरी आँखा चिम्लेर बस्ने यही अवस्था नै कायम रहने हो भने घरबाट निस्केको मान्छे सकुशल फर्केर आउँछ भन्ने ग्यारेण्टी हुन छाड्छ
नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या विश्वव्यापी अवस्थाका बारेमा तुलना गरेर हेर्दा पनि ढुक्क हुन सकिदैन विश्वव्यापी मृत्युको तुलनमा हामी केही राम्रो अवस्थामा छौ तर युरोपका देशहरुको तुलनमा खराव अवस्थामा छौं युरोपमा प्रति लाख जनसंख्यामा सडक दुर्घटनाका परेर ज्यान गुमाउनेहरु १० दशमलव दुईजना रहेका छन्। नेपालमा योभन्द्या पाँजना बढी छन् दक्षिण एसियका देशहरुमा पनि हाम्रो अवस्था राम्रोमा पर्दैन
समग्र दक्षिण एसियको अवस्था हेर्दा यहाँ सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या प्रति लाखमा १६ जना रहेको दक्षिण एसियमा दर्घटनाका कारण कम मृत्यु हुने देशमा नॆपाल चौथो स्थानमा हामी बंगलादेश श्रीलंका भुटानभन्दा पनि पछाडी छौं दक्षिण एसियामा प्रति एक लाख जनसंख्य मध्ये बंगलादेशमा १२ दशमल श्रीलंकामा साढे १३ भुटानमा १४ दशमलव चार भारतमा १६ दशमलव आठ माल्दिभ्समा १८ दशमलव तीन पाकिस्तानमा २५ दशमलव तीन अफगानिस्तानमा ३९ जनाको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको अनुसन्धानमा उल्लेख
दक्षिण एशियाली मुलुक अफगानिस्तान सडक दुर्घटनाका कारण धेरै मान्छेको मृत्यु हुने २० वटा देश भित्र पर्छ मार्शल आइल्याणमा सवैभन्दा कम दर अर्थात प्रति एक लाख जनसंख्यामा एक दशमलव सातजना मात्रै सडक दुर्घटनामा परेर मृत्यु हुने देखिएको १७८ देश मध्ये सवैभन्दा बढी एरिटि्रयामा प्रति एक लाखमा ४८ दशमलव चारजनाको ज्यान जाने गरेको पाइयो
सवैभन्दा कम मृत्यु हुने मार्शल आइल्याणबाट गन्दै ल्याउँदा नेपाल ७९ नम्बरमा पर्छ नेपालभन्दा खराव अवस्था रहेका ९९ वटा देश छन् विश्व व्यापी रुपमा हेर्दा सडक दुर्घटनामा ठ्याक्कै ५० प्रतिशत घटना चार चक्कावाला गाडीहरु पर्ने मान्छे मर्ने गरेका छन् दक्षिण एसियमा चार चक्केको स्थान जम्मा १० प्रतिशत मात्रै रहेको मोटरसाइकल जस्ता साधन दुर्घटना भएर मर्नेहरुको संख्या ४३ प्रतिशत रहेको भने पैदलयात्रु २५ प्रतिशत देखिएका छन् दुर्घटना भएर मर्नेहरुमा साइकल चालक पनि १० प्रतिशत छन्
नेपालमा मोटरसाइकलको प्रचलन अत्याधिक रुपमा बढ्दै गएको कम उमेरका युवाले पनि शक्तिशाली इन्जिन भएका मोटरसाइकलहरु कुदाइ रहेको देखिन्छ आवश्यकताले भन्दा पनि शानका लागि जोशमा आएर मोटरसाइकल चलाउने गर्दा नेपालमा मोटरसाइकल बमको रुपमा परिणत हुँदै गएको यस्ा कुरामा बेलैमा ध्यान नदिए आँकडा झनै बढ्नेमा शंका छैन त्यसैले सरोकारवालाहरु चुप लागेर नबसौं


No comments:

Post a Comment