Tuesday, June 21, 2011

काजिरङ्गाको नेपाल साईनो

काजिरङ्गा भारतको आसाम राज्यको गोलाघाट भन्ने जिल्लामा पर्छ काजिरङ्गा नेशनल पार्कमा विश्वमा सवैभन्दा बढी एक सिङ्गे गैंडा पाइन्छ त्यहाँ २०४८ वटा गैंडा छन् त्यसपछि एक सिङ्गे गैंडा नेपालमा बढी पाइन्छ चितवन नेशनल पार्कका ५०३ समेत गरेर नेपालमा ५३४ वटा एकिसंगे गैंडा छन् काजिरङ्गा नेपाललाई एक सिङ्गे गैंडाले यसरी जोडेको यो एक सिङ्गे गैडालाई टपक्क झिकेर एक तर्फ राख्ने हो भने पनि काजिरङ्गार नेपालसँग् जोडिने धेरै कुरा पाउन सकिन्छ
नेपालको पुर्वी सिमान झापाको काँकडभिट्टाबाट झण्डै नौ सय किलो मिटर टाढा पर्छ काजिरङ्गा काजिरङ्गा जानलाई हामीले भारत पश्चिमबंगाल राज्यमा पर्ने सिलिगुडीबाट बस समात्यौं सिलिगुढी सहर नेपालभाषीहरुको बाहुल्य रहेको दार्जिलिङबाट नजिकै यो सहरलाई समेत समेटेर भारतका नेपाली भाषीहरुले छुट्टै राज्य गोरखाल्याण्ड बनाउनु पर्ने माग गर्दै आएका छन् त्यसैले काँकडभिट्टाबाट जम्मा ४० किमि परेको सिलिगुडीमा नेपाली भाषा रहन सहनको छाया छपक्कै
काजिरङ्गाको बस चढ्नुअघि सिलिगुडीमा खाजा खाइयो त्यत्रो गोरखाल्याण्ड आन्दोलनको बोलबाला चलेको सिलिगुडीमा रहेको हामीले खाजा खाने होटलका कामदारले नेपाली निकै कष्टले बोल्ने बुझ्ने रहेछन् खाजा खाएपछि ११ बजे हाम्रो गाडी बेग दौडियो काजिरङ्गालाई लक्ष्य बनाएर सिलिगुडी छाडेपछि नेपालको गन्ध पुरै रोकियो बंगाली लिपी निकै अनौठा थिए ति अक्षर हाम्रालागि अमुर्त चित्र जस्ता थिए
हामी साँझको पाँच बज्दा नबज्दै पश्चिमबंगाल छाडेर आसाम राज्य प्रवेश गर्यौं हो आसाम छिर्ना साथ नेपालको झल्को दियो त्यहाँका घरहरुको बनौटले टिनले छाएका दुई पाखे घरहरु नेपालका जस्तै स्कुल पनि टिनले छाएको दुई पाखे नै सडक छेउमा बनेका प्रतिक्षालय नेपालका जस्तै जे जति घर देखिन्छन प्राय टिनले नै आएका सायद आसामबाट नेपाल भित्रिएको होला यो टिनले दुई पाखा छाउने चलन भन्ने लाग्यो हामीलाई साझ सात बजे हाम्रो गाडी चिया खान रोकियो त्यहाँका मान्छेहरुले भने अनुसार आँखाको उपचारका लागि धेरै मानछे त्यहाँबाट नेपाल जाँदा रहेछन्
भोलि पल्ट बिहान छबजे हाम्रो गाडी राजमार्ग छेउको एउटा ढावा अर्थात खाना नास्ता खाने होटलमा रोकियो हामी रोकिएको होटल काठमाडौंका एउटा नेवारको रहेछ उनी त्यहीकै रैथाने भएर बसेका रहेछन् एउटा हो तीन्वटा होटल घर समेत रहेछ उनको मालिक भेटिएनन् होटलका कामदारले यो जानकरी दिए हामी नौ बजे काजिरङ्गा पस्यौ आसाम टुरिजमको लजमा हाम्रो बास थियो हामीलाई रिसिभ गर्न आएका युवक फटाफट नेपाली बोल्न थाले काउण्टरका कर्मचारी फटाफट नेपाली बोल्छन् एकजना रुम व्याय पनि नेपाली नै रहेछन् आसाममा कम्तिमा तीन पुस्ता बिताएर भारतीय भएर बसेका नेपाली रहेछन् ति
काजिरङ्गा वरपर सवा सय घर नेपाली रहेको थाहा पाइयो काजिरङ्गा नेशनल पार्क छिर्ने प्रवेशद्वारमा नेपालीका दोकानहरु नै रहेछन् निकै चाख मानेर हाम्रो सोधनी पुछनी गरे उनीहरुले एकजना शिक्षक निकै हर्षित भए नेपाली नागरिकता लिने धोको बोकेर बसेका धनकुटा जन्मघर भएका एकजना ६६ वर्षीय वृद्धले हामीलाई भेट्दा हर्षका आँशु नै झारे काजिरङ्गा पुगेको भोलि पल्ट नजिकैको एउटा बस्तीमा छिरियो
जहाँ एकजना महिलाले आँगनबाट घर तर्फ फर्केर कसैलाईठेट नेपालीमा भनिन् 'ये तेजु दौलो उघारी देउ ' टिनले छाएको सानो सानो घरको आँगन सफा थियो पालीमुनीको पिढी छिर्न पनि सानो गेट पार गर्नु पर्दथ्यो महिलाले त्यसैलाई दैलो भने कि रहेछन् एकजना किशोरले त्यो दौलो उघारी दिए हामी पिढीमा रहेको खाटमा बस्यौ दाँत मोल्दै ति महिलाका देवर आए नाम रहेछ मोहन खतिवडा मोहनका दाजु त्यही कै स्कुलमा पढाउँदा रहेछन् मोहन लेखापाल रहेछन्
त्यसो आसामका धेरै ठाउँमा नेपाली छन् साहित्यकार लिलबहादुर क्षेत्री जस्ले 'बसाई' भन्ने उपन्यास लेखे उनी नै उतै बस्छन् हरिभक्त कटुवाल लगायतका आसाममा बस्ने नेपाली साहित्यकारको सुचीमा अरु पनि थपिन्छन् आसामको कहाँकहाँ नेपाली बस्छन् के कसता हण्डर ठक्कर भोगेका छन् लिलबहादुर क्षेत्रीको 'ब्रम्हपुत्रको छेउछाउ' भन्ने उपन्यासमा धेरै कुरा खुल्छ हामीले अहिले के कस्तो आफ्ठेराहरु छन् भनेर भेटिएका ति नेपाली भाषीलाई सोध्यौ जो जति त्यहाँ बसेकाछन् स्थानीय आसामीहरुबाट केही समस्या रहेनछ
समस्या के त ? भाषा संस्कृति हराउने हो कि भन्ने चिन्ता रहेछ उनीहरलाई भारतीय नागरिक नै भएर बसेका त्यहाँका नेपाली भाषीमध्ये धेरैलाई नेपालमा आफ्नो मुल थलो कहाँ हो पत्तो। नै छैन युवा पुस्ता नेपाली बोल्छ तर आधा आसामी शब्द मिसाउँछ आसामी लिपी नेपालको देवनागिरी लिपीभन्दा फरक नेपाली भाषीको बहल्य रहेको आसामकै अरु ठाउँमा कलेजहरुमा नेपाली समेत पढाइ हुँदो रहेछ तर कम भएका ठाउँमा यो सुविधा छैन हिन्दीको साहारामा देवनागिरी लिपीसँग सँगत गर्न पाएका छन् उनीहरुले भानु जयन्ती मोति जयन्ति मनाउन दशैं तिहारमा उल्लास पोख्न लालयित हुन्छन् उनीहरु
यो भाषा नै नेपाली बोल्नेहरुको कुरा भयो त्यहाँको भेग पनि नेपालको जस्तै जस्तै काजिरङ्गा पुग्ने पुग्ने बेलाको गाउँ हेर्दा लाग्छ हामी नारायणगढबाट पश्चिम लाग्दै छौं रजहर आयो क्या हो भन्ने भान पनि पर्छ राजर्माग, त्यसैसँग जोडिएका समतल फाँट, टिनले छाएका दुई पाखे घर घरभन्दा पर जंगल अनि पहाडी टाँकुराले यो आभास दिन्छ अरु कुरा त्यहाँ नेपाली जस्ता देखिने मान्छे आसामी हुँदा रहेछन्, नेपाली भनेर झुक्किन सकिन्छ आसाममा जस्लै प्रष्ट हिन्दी बोल्छ, हामीले पाए अनुसार ति नेपाली हुन सक्ने सम्भावना प्रवल रहन्छ
आसाम यस्तो रहेछ नेपालीहरु त्यहाँ पनि पुगेका रहेछन् आसामको भु बनोट हावा पानी त्यस्तो रहेछ गैंडाहरु पाइने रहेछन् तर नेपालको चितवन निकुाजभन्दा सानो भइकन पनि काजिरङ्गामा गैंडा धेरै, अरु जनावर पनि उत्तिकै कानुनी व्यवस्था कडा अनि सडकमा धमाधम विकास मौलाएको नेपालका सडक भने अनावश्यक माग राखेर प्राय बन्द हुन्छ आसाम नेपाल सायद यही कुराले फरक विकासमा आसाम नेपालभन्दा अगाडी अन्त्यमा फर्केर सिलुगुढी पुगेपछि हाम्रो टोलीमा एकजना सदस्यले थप्नु भयो 'आसाम हेर्दा नेपाल जस्तै तर खाली जग्गा प्रशस्तै भए पनि प्लटिङ गरेको पाइएन अनि यहाँ यत्रा नेपाली बसेर पनि धन्न चक्का जाम गर्न सिकाएका रहेनछन् '


No comments:

Post a Comment