कृष्णनगरबाट छुटेको बस बिहान सवा आठ बजे तिर बुटवल आइ पुग्छ । बसमा टन्नै छन् यात्रुहरु । धेरै काठमाडौं नै पुग्ने यात्रुहरु छन् । गर्मी अत्याधिक छ । 'लौ आयो है बुटबल' गाडीको खलासी कराउँछ । सिटमा मस्त निदाएकाहरु मस्त नै छन् । मुडामा टुक्रुस्स् बसेकाहरु जुरुक्क उठ्छन् र भन्छन् 'ए रोकिदेउ ।' तिनाउ खोला तरे लगत्तै हाटबजार झर्ने बाटो नजिक बस रोकिन्छ । बसका मान्छे झर्न नपाउँदै ससाना दुई केटाकेटी हातहुत्तै बस भित्र छिर्छन । उनीहरुको हातमा लेमिनेशन गरेर सुरक्षित पारेको एउटा चिठ्ठिको फोटोकपी छ ।
देब्रे हातले त्यो फोटोकपी समाउदै उनीहरु दाहिने हात यात्रु तर्फ फैलाउँछन् । दुईचार पैसाको याचना गर्छन । पढी रहन पर्दैन ति फोटोकपीमा के छन् भन्ने कुरा । विभिन्न गाउ विकास समिति कार्यालयले 'उनीहरु निकै गरिव हुन् घर जल्यो या बाउँआमा बहिनी भाइ या अरु कोही विरामी परे । आर्थिक सहयोग गर्नु होला' भनेर गरेको सिफारिस उल्लेख हुन्छ ति पत्रहरुमा । तर सम्बन्धित गाविस कार्यालयले सायदै त्यस्तो पत्र काट्छ होला । गाविसको लेटर प्याडको शिर काटेर सेतो पानामा त्यसलाई जोडने र तल आफुले चाहेको बेहोरा लेख्ने अनि फोटोकपी गरेर हिड्ने गरेका हुन् भनेर थाहा पाउन गाह्रो छैन ।
अब त्यो फोटोकपीमा के लेखेको छ, त्यो पत्र सही हो या गलत, कसले ध्यान दिन्छ र यस्ता कुरामा । उनीहरु माग्न चढेका हुन् भए दुई चार रुपैयाँ दियो । नभए ठिकै छ । बस रोकिदा बित्तिकै चढेका केटाकेटीले यात्रु झरेर बस हिड्दासम्म एक दुई रुपैयाँ हात पारे । बस आएर बुटवलको बसपार्कमा रोकियो । त्यहाँ त त्यस्ता केटाकेटीको डफ्फानै बसेको हुन्छ । कोही त्यस्तै फोटोकपी लिएर छिर्छन कोही केटाकेटीहरु खुट्टा ढोग्दै पैसा माग्छन् । त्यहाँ पनि कोही फर्केन खाली हात ।
बसपार्कमा १५ मिनेट बसेर बस लाग्यो नारायणगढ तर्फ । फेरि चौराहामा आएर अडियो । त्यहाँ पनि एकजना बालक छिरे खुट्टा ढोग्दै हात फैलाउँदै । उ पनि खाली हात झर्नु परेन । बस हिड्यो । बर्दघाट आएर बसको रफ्तार धिमा भयो । त्रिवेणी जाने चोक नेर रोकियो बस । 'लौ आजको पत्रिका हेर्नु होस' ढोका नेर यो आवाज सुनियो । त्यता हेरेको कोही देखिन । उत्ति नै खेर मान्छेको ढाड भने देखियो । अनि केही बेरपछि टाउको पनि । हातको बलमा एकजना बस उक्लदै रहेछ । दुवै खुट्टा सुकेर मुठ्ठी भरका भएका । हात र घुडाको बलमा त्यो मान्छे बस भित्र छिर् यो ।
छिरिसकेपछि फेरि करायो 'ल पत्रिका हेर्नु होस ।' गर्मीले असिन पसिन भएको अन्दाजी २८ या ३० को सो युवकको हातमा पत्रिका भने छैन । गलामा पैसा राख्ने मैलो थैलो भिरेको उसले केही बेरपछि पत्रिका पनि निकाल्यो । पत्रिका रहेछ उसले लगाएको कमिजको भित्र । बस केही बेर अडियो त्यहाँ । 'पत्रिका लिनु पत्रिका' आशावादी भएर युवक कराइ रहेको छ । अह उस तर्फ कसैको ध्यान छैन । अघि त्यसै पैसा माग्नेहरुलाई रुपिया दिन तम्सनेहरु अहिले केही थाहा नै नभए जस्तो गर्दैछन् । बरु चिसा पकौडा र अण्डा भने त्यहा धमाधम खपत भइरहेको छ ।
पत्रिका किन्न कोही अग्रसर भएनन् । मेरो घरमा दुईदुईवटा पत्रिका आउँछ । लगभग दुई घण्टापछि मैलै ति हेर्न भ्याउँछु । त्यसैले मलाई पत्रिका किन्न आवश्यक थिएन । तर शारिरिक रुपमा असक्त त्यो युवकले ल्याएको पत्रिका कसैले खै भनेर मागेको नदेख्दा मलाई कस्तो कस्तो लाग्यो । त्यो रुपमा धेरैले मागेर गुजरा चलाउँछन् । त्यसै हात फैलाउन आएको भए निश्चय नै कसैले एक दुई रुपैयाँ हत्केलामा थमाइ दिन्थे । तर पत्रिका बेचेर खान खोजेका बेला कसैले वास्ता नै गर्दैन । श्रम गर्नेको कस्तो सम्मान नभएको हो जस्तै लाग्यो मलाई ।
पत्रिका खपत हुने कुनै छेकछन्द नपाएपछि निरास हुँदै फर्कन थाल्यो त्यो युवक । अन्तिममा मैले एउटा पत्रिका माँगे र पत्रिकाको मुल्य पाँच रुपैयाँ उस तर्फ बढाए । 'पाँच रुपैयाँ त होइन दाइ' उसले भन्यो '१० रुपैयाँ दिनु होस ।' जुन तरिकाले बसमा चढ्ने मिहेनत गरेर उसले पत्रिका बेचेको छ त्यसका लागि पाँच रुपैयाँ मात्रै तिर्नु त मलाई पनि त्यत्ति उचित लागेको होइन । उसले थप्यो 'म शारिरिक रुपमा असक्त छु त्यसै नमागेर काम गरेर केही लिन खोजेको हो हजुर ।' उसको भनाइ गलत होइन । तर मेरो अपेक्षा के हो भने उसले पैसा बुझ्ने बेलामा नभएर पत्रिका दिदा नै यी कुरा गरे कसैले पत्रिका लिन्न पनि पक्कै नभन्ला । अनि कुनै गुनासो गर्ने ठाउँ पनि नरहला ।

No comments:
Post a Comment