Thursday, June 23, 2011

गोली मात्रै ठोकिन्न काजिरङ्गामा

भारत आसाम राज्यको गोलाघाट जिल्लामा पर्ने काजिरङ्गा नेशनल पार्क नेपालको पुर्वी सिमाना झापा काँकडभिट्टाबाट झण्डै नौ सय किलो मिटर टाढा तर त्यहाँ भएको संरक्षण कार्यको नेपालमा प्रया चर्चा भइरहन्छ काजिरङ्गाको प्रगति वास्तवमा लोभ लाग्दो नै काजिरङगाले प्रकृतिको साथ, कर्मचारीको भरोसा सरकारको संरक्षण केन्द्रित नीतिको साहारा पाएको
काजिरङ्गाले पाएको सफल्ताको तीन सुत्र नै हुन् यी काजिरङ्गाको क्षेत्रफल सानो तर यहाँ विश्वको सवैभन्दा धेरै एकिसंगे गैंडा पाइन्छ यहाँ सन् २००९ मा भएको गणनामा २०४८ वटा गैंडा फेला परेका थिए त्यसपछि नेपालको चितवन नेशनल पार्कमा धेरै गैंडा फाइन्छ भर्खर सकिएको गणना अनुसार चितवन नेशनल पार्कमा ५०३ वटा गैंडा छन्
क्षेत्रफलमा काजिरङ्गा चितवन नेशनल पार्कभन्दा सानो काजिरङ्गाको क्षेत्रफल केही समयअघिसम्म जम्मा ४३० वर्ग किलोमिटर थियो अहिले ८६० वर्गा किलोमिटर पुगेको चितवन नेशनल पार्कको क्षेत्रफल सुरुदेखि नै ९३२ वर्ग किलो मिटर रहेको सानो भइकनपनि चितवनको तुलनामा पाँच गुणा गैंडा छन् त्यहाँ
गैंडा मात्रै होइन त्यहाँको भुगोलमा ११६७ वटा जंगली हात्ती पनि अटाएका छन् जंगली भैसी अर्नाको संख्या १९३७ रहेको पाँच सयभन्दा बढी प्रजातिको चराहरु छन् बाघको संख्या ८६ रहेको अरु साना ठुला जिवजन्तु पनि धेरै नै छन् सानो क्षेत्रफलको नेशनल पार्कमा धेरै संख्यामा वन्यजन्तु अटाउनुको कारण त्यहाँको सहज प्राकृतिक वातावरण नै हो
काजिरङ्गाको कुल भुभाग मध्ये ६५ प्रतिशत भुभाग घाँसे मैदानले ओगटेको ठुला रुखहरु भएको जंगल क्षेत्र २८ प्रतिशत मात्रै भने नेशनल पार्कको पाँच प्रतिशत हिस्सा जलाशयले ओगटेको चितवन निकुाजमा पहिले २० प्रतिशतसम्म रहेको घाँसे मैदान खुम्चेर पाँच प्रतिशत भएको थियो प्रसस्त घाँस पानी भएपछि घरेलु मात्रै होइन जंगली जनावरहरु पनि फस्टाउदा रहेछन्
गैंडाको मुख्य वासस्थल मानिने चितवन नेशनल पार्कमा सुरक्षा पोष्टहरुको संख्या ४८ मात्रै काजिरङ्गामा १५२ वटा पोष्ट जहाँ पार्कका हतियारधारी पाँच छजना गार्डहरु बस्ने गर्छन् गैंडाको चोरी सिकार काजिरङ्गाको मुख्य चुनौती हो चोरी सिकार विरुद्ध जाइलाग्न पार्कका सुरक्षाकर्मीलाई नेपालको तुलनामा असिमित नै लाग्ने अधिकार प्राप्त
चोरी सिकारीले एक ठाउँमा बन्दुक पड्काए त्यो अवाज सुनेर तीनवटा पोष्टका सुरक्षाकर्मी सकि्रय हुन मिल्ने गरेर पोष्टहरु राखिएको तै पनि चोरी सिकार ठप्प भने छैन गत वर्ष अर्थात सन् २०१० मा चोरी सिकारीले पाँचवटा गैंडामाथि आक्रमण गरे जसमध्ये तीनवटाको मृत्यु भएको पुर्व असामको वन्यजन्तु विभागका डिभिजन फरेष्ट अफिसर डीएफओ डीडी गोगोईले जानकारी दिए
पार्क भित्र शंकास्पद अवस्थामा मान्छे देखिएमा सुरक्षाकमीले सिधै गोली समेत हान्छन् सन् २०१० मा पार्क भित्र १० जना सिकारीहरु सुरक्षाकर्मीको गोलीबाट मरेको गोगोईले जानकारी दिए सुरक्षाकर्मीले पार्क भित्र मान्छे मारेमा त्यो सिधै प्रहरी कारवाहीको विषय बन्दैन पार्क सुरक्षाकर्मीले मारेको गलत हो भन्ने लागेमा छुट्टै सरकारी निकायमा छानविनका लागि निवेदन दिनु पर्छ
सो निकायले छानविन गर्नु पर्छ भन्ने लागेमा समिति गठन गर्छ सोही समितिको प्रतिवेदनको आधारमा सरकारले निर्णय लिन्छ नेपालका पार्क सुरक्षाकर्मीलाई यस्तो असिमित अधिकार प्राप्त हुनु कल्पना बाहिरको कुरा हो नेपालमा पार्कको सुरक्षाको लागि राष्ट्रिय सेना समेत खटेको त्यहाँ भने पार्कको आफ्नै सुरक्षा गार्ड मात्रै रहेका छन्
दुर्लभ वन्यजन्तु अपराधको आरोपमा पक्राउ परेमा अहिले १० वर्षदेखि आजिवन कारावासको सजाय हुने रहेछ पहिला तीन वर्ष मात्रै कैद हुँदो रहेछ मुद्दा नेपालमा जस्तो निकुंजमा नै नभएर अदालतमा चल्दो रहेछ अनि काजिरङ्गालाई वन्य जिवजन्तुको भिडभाड स्थल मान्छेको चाप कम हुने क्षेत्र बनाउन भारत सरकार लागेको पाइयो
त्यति धेरै वन्यजन्तु पाइने नेशनल पार्कलाई पर्यटकीय गन्तब्यभन्दा पनि संरक्षण केन्द्रकै रुपमा चिनाउन अधिकारीहरु प्रयासरत छन् काजिरङ्गा पर्यटकका लागि महिना मात्रै खुला हुन्छ जुनदेखि नोभेम्बरसम्म पार्क पर्यटकका लागि बन्द हुन्छ अनि होटलहरु पार्क भित्र छदै छैनन् बाहिर पनि निकै थोरै पार्कको सिमानाभन्दा केही पर छन्
चितवनमा पार्क भित्रै होटलहरु छन् बाहिर रहेका होटलहरु पनि पार्कको सिमानासँगै जोडिएका छन् निकुंज १२ महिना नै खुला हुन्छ पर्यटकहरुको चहल पहलप्रति आँखा चिम्लिने गरिन्छ नेपालमा संरक्षण कमाइका लागि हो भन्ने अवधारणा प्रवल भएको हामो नेपालमा काजिरङ्गाबाट सिकुन पर्ने कुराहरु धेरै छन्
पर्यटनबाट काजिरङ्गाले वर्षमा एक करोड रुपैयाँ कमाउँदो हरेछ संरक्षणका लागि १२ करोड रुपैयाँ खर्च हुँदो रहेछ भारत बाहिरका विदेशी पर्यटक जम्मा पाँच हजारको हाराहारीमा आउँदा रहेछन् 'जैविक विविधता दुर्लभ वन्यजन्तु संरक्षणको नमुनाको रुपमा यसलाई विकास गर्न खोजेका हौं कमाइका लागि उपयोग गर्ने सरकारी नीति छैन' डीएफओ गोगोईले भने




1 comment:

  1. एकदम राम्रो लाग्यो । चितवन भन्दा सानो रहेछ भन्ने कुराको हेक्का गरेको रहेनछु ।

    ReplyDelete