Thursday, June 9, 2011

काँडो झै भयो ऋण

माछा खाँदा हेक्का नपुगे घाँटीमा काँडा अड्केर जे दुख्ख पाइन्छ चितवन माडीको कल्याणपुर गाविस वडा नं. गोपालनगरका किसान रेमबहादुर तमाङले माछापालनका लागि बैंकबाट लिएको ऋणका कारण त्यस्तै सास्ती बेहोरेका छन् माछापालनका लागि सात वर्षअघि लिएको सवा लाख रुपैयाँ ऋण तिर्न नसक्दा उनको तीन विघा १४ कठ्ठा जग्गा लिलाम हुँदै
कृषि विकास बैंकको माडी उपशाखाबाट रेमबहादुरका बुबा सिमबहादुरले वि.. २०६१ सालमा एक लाख २५ हजार रुपैयाँ ऋण लिएका हुन् माछा पाल्न निकालॆ ऋणले बेलामा अरु पनि काम भयो अग्लो खेत समथर बनाउन पनि सोही पैसा खर्च भयो लत्ता कपडा पनि त्यसैबाट किनिए १० हजार रुपैयाँ गाउँको एकजनाले सापट लग्यो तर तिर्दै नतिरेर फरार भयो
माछा पोखरी पनि नखनेको होइन नौ कठ्ठामा पोखरी खनेर माछा पनि पालेको हो तर ऋण तिर्ने गरेर माछापालनबाट आम्दानी हुन सकेन भन्छन् रेमबहादुर रेमबहादुरका नौ सन्तान छन् सवै गरे १३ जनाको परिवार पाल्न बैंकको ऋण तिर्न नौ कठ्ठाको माछाले भ्याएन भन्छन् उनी त्यसपछि बैंकले वि.स।.२०६५ साल भदौंमा एउटा पत्र पठायो रेमका बुबा ऋणी सिमबहादुरका नाममा
बैंकले पठाएको उक्त सुचनामा सावा एक लाख २५ हजारको व्याज ६० हजार ८७१ रुपैयाँ पुगेको सावा व्याज १५ दिन भित्र चुक्ता नगरे जग्गा लिलामको कारवाही अगाडी बढाउने चेतावनी थियो 'चेतावनी आए पनि के गर्नु पैसा नभएपछि तिर्न जान सकिएन' रेमबहादुरले भने बैंकको ऋणबाट मुक्त नहुँदै रेमबहादुरको ७८ वर्षीय बुबा सिमबहादुरको गत पुसमा देहान्त भयो
बैंकले बैशाख २५ गते फेरि अर्को पत्र पठाएको सावा एक लाख २५ हजार रुपैयाँको गत पुससम्मको व्याज एक लाख २१ हजार रुपैयाँ हुने भए पनि व्याजमा बैंकले १० प्रतिशत छुट दिएको सवै गरेर दुई लाख ३४ हजार ६५५ रुपैयाँ बुझाउन बैंकले ताकेता गरेको यो ताकेता पछि पनि बैंकको ऋण तिर्ने कुनै उपाए निस्कने भन्छन् रेमबहादुर
रेमको जे जति जग्गा त्यो चितवन निकुाजको जंगल रिऊ खोलाको आडमा त्यसैले जग्गा किन त्यस ठाउँमा कोही नजाने समस्या रेमका बाबुले ६१ सालअघि पनि बैंकबाट ऋण लिएका थिए त्यो बेलाको ऋण तिर्न राम्रो ठाउँको १० कठ्ठा जग्गा बेच्नु परेको थियो आमदानी नहुने भएपछि सावा लाख रुपैयाँ ऋण लिनु गल्ती भएको रेमबहादुरलाई बल्ल अहिले चेत आएको
'बैंकले ताकेता गर्छ त्यसैले तनाव दिन्छ यता ऋण नतिर्दा भएभरको आफ्नो जेथा लिलाम हुने भयो भन्ने पिर लाग्छ मत पिरैपिरले पिरोलिएको छु' रेमबहादुरले दुख्ख पोखे कृषि विकास बैंक माडी उपशाखामा तीन वर्षअघि प्रवन्धक भएर आएका विनोदचन्द्र मरहठ्ठाका अनुसार बैंकबाट ऋण लगेका धेरैको अवस्था रेमबहादुरको जस्तै
बैंकले माछापालनका लागि गोपालनगरका १५ जनालाई २९ लाख ५३ हजार रुपैयाँ ऋण लगानी गरेको जसमध्ये १२ जनाको ऋण भाका नाघेको उनीहरुको धितो लिलाम हुने प्रकृयामा सवैले तीन विघाभन्दा बढी नै जग्गा धितो राखेर ऋण लिएका छन् गोपालनगर माछापालनका लागि जिल्लामै कहलिएको तर ऋण लगेर माछापालेकाहरु गाउँमा नयाँ मान्छे देख्दा बैंकको कर्मचारी आयोको हो कि भनेर झस्कने भएका छन् माछापालनमा बैंकले लगानी नै रोकेको




No comments:

Post a Comment