Wednesday, June 22, 2011

हाम्रो आन्दोलन जारी छ

पत्रकार चोट खाएर लडेको ,
उसका लागि आन्दोलन हुन्छ,
सडकमा जुलुस निक्लन्छ ,
जसलुसमा सवै अगाडी हुन्छन्,
कारण पत्रिकामा छापिने फोटोमा,
आफ्नो मुख सवैलाई देखाउनु

अत्याचार भयो भनेर,
चर्का भाषण गर्छन सवै,
कारण पत्रिकामा नाम छपाउनु

कुटिनेलाई नै दोष दिन्छ अर्को,
कोही समर्थक नपाएका आरोपिलाई,
तेरो 'असली संरक्षक हुँ' भन्नेपार्नु जो

पत्रकार लडेको अस्पतालमा,
मल्हम लगाउने कोही छैनन्,
छन् आन्दोलन गर्ने मात्रै

अन्याय भएको पत्रकारलाई,
न्याय दिने कोही छैन,
आरोपितलाई नै धाम मार्दा,
कसरी निको होला पत्रकारको घाउ


No comments:

Post a Comment