झगडा गर्नेलाई हत्कडी लगाइन्छ,
तर यहाँ माला पहिराइन्छ ।
झगड्याहरु जरिवाना तिर्छन्,
यहाँ उल्टै उनैलाई भत्ता दिलाइन्छ ।
जो बढी झगडा गर्न सक्छ,
उ नै यहाँ महान कहलिन्छ ।
जसले बढी घुर्की लगाउँछ,
त्यो नै क्रान्तिकारी ठहरिन्छ ।
ब_िक्सङको अखडा बन्यो संसद,
जसले हान्यो उसैले जान्यो भएको छ ।
लड्नुको मजा कति ? भत्ताको मोह अति,
त्यसैले त संविधानसभाको म्याद पटक पटक थपिन्छ ।
तर यहाँ माला पहिराइन्छ ।
झगड्याहरु जरिवाना तिर्छन्,
यहाँ उल्टै उनैलाई भत्ता दिलाइन्छ ।
जो बढी झगडा गर्न सक्छ,
उ नै यहाँ महान कहलिन्छ ।
जसले बढी घुर्की लगाउँछ,
त्यो नै क्रान्तिकारी ठहरिन्छ ।
ब_िक्सङको अखडा बन्यो संसद,
जसले हान्यो उसैले जान्यो भएको छ ।
लड्नुको मजा कति ? भत्ताको मोह अति,
त्यसैले त संविधानसभाको म्याद पटक पटक थपिन्छ ।
No comments:
Post a Comment