Wednesday, May 25, 2011

कामरेडलाई क्या फसाद

कामरेडहरुले युद्धकालमा संस्कृत शिक्षाको दोहलो काढेकै हुन् अस्ति भर्खर पनि कता हो सँस्कृत पढाइ हुने गुरुकुलमा पनि जाईलागे भन्ने सुनिएको थियो तर कामरेड मन्त्रीले हिजो अर्थात जेठ ११ गते बुधबार मध्यान्ह चितवनको दासढुंगामा तिनै संस्कृत गुरुकुलमका विद्यार्थीको अगाडी जानु पर्यो मन्त्री कामरेड थिए भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी सम्हालेका टोपबहादुर रायमाझी यी टोपबहादुरसँग मेरो एउटा पुरानो सम्झाना पनि उहील्यै भर्खर बहुदल आएका बखतमा रायमाझी नवलपरासीको भैसाखोरी भन्ने गाउँमा प्रशिक्षण शिविर चलाउन पुगेका थिए उनी त्यो बेला मोहनविक्रम िसंहको मसाल पार्टीमा थिए शिविर गाउँभन्दा बाहिर जंगलको आडमा छाप्रो बनाएर संचालन भएको थियो
रायमाझीले भनेको एउटा कुरा अझै पनि मेरो दिमागमा उनले भनेका थिए 'गाई खाने अंग्रेजहरु चन्दामामा पुगेर आए हामी त्यही गाईको मुत खाएर चन्द्रमालाई ढोगछौं हामी पछाडी परेको यसै कारणले हो ' हाम्रो संस्कारलाई धर्मलाई गिज्यार बोलेका थिए तर सानैमा सुनेको रायमाझीको यो बचन मलाई नराम्रो होइन राम्रै लागेको हो त्यो बेला कामरेड कहाँबाट कहाँ पुगे भने हिजो मात्रै कामरेडको सामुन्ने परे अनि मेरॊ कामरेड सामुन्न संस्कृत पढेका एक हुल बटुकहरु पनि थिए मसाल छाडेर अहिल्यै माओवादी भएका रायमझीलाई दासढुंगामा थुप्रै चैते माओवादी युवाहरुले घेरेका थिए त्यसो माओवादी कुनै बेला पुल पुलेसा भत्काउँदै हिडेको हो अब सरकारमा गएका हुँनाले कामरेडको जिम्मा पुलहरुको सिलान्यास उद्घाटन गर्नु पनि रहेको हिजो उनी दासढुंगामा पक्की पुलको शिलान्यास गर्न आएका थिए
चैते माओवादीले झण्डा हल्लाउँदै घेरेका थिए रायमाझीलाई त्यसो राम्रा भन्न मिल्ने माओवादीहरुको पनि राम्रै जमघट थियो त्यो बेलामा चैते माओवादीहरु झण्डा हल्लाउँदै पुगे शिलान्यास स्थल शिलान्यास गर्ने खाल्डो अगाडी मन्त्री उभिदा झण्डै उनको पछाडी पर्यो अनि दाहिने तर्फ पिताम्बर बस्त्र लगाएका बटुकहरु खाँटी माओवादी अर्थात चितवन जिल्ला कमिटिका सेक्रेटरी अमर परे देब्रे तर्फ अमर एकाएक तनाबमा देखिए कारण थियो मन्त्री खाल्डो नजिक पुगेर उभिना साथ बटुकहरुले स्वस्ति बाचन सुरु गरे 'हैन यो रोक्नु होस' अमरले मुल पुरोहितलाई गाग्रह गरे मुल पुरोहित पनि अक्कनबक्क भए
मन्त्रले पिकअप लिइ सक्यो मन्त्री रायमझी सुने नसुने झै गर्न थाले अमर लैन लै भनेको भन्यै गर्न थाले सायद पुरा नहुँदै रोकियो ऋचा पाठ तर खाल्डो भित्र पसेर मन्त्री कामरेडले शिला पुजा गरे पुरोहितको अरन खटनमा यो खासै ठुला कुरा हुँदै होइन तर बेला मसालको नेताको रुपमा रायमाझीले दिएको क्लास यो बेला माओवादी मन्त्री रायमाझीले गरेको कर्म भने अलि कति भए पनि फरक नि होइन ?

फोटोमा पनि देख्न सकिन्छ माला लगाएका मन्त्री कतै हेर्दैछन् अमरले रोकौं भनेको पुरोहितले बटुकहरुलाई रोक रोक भनेर गरेको इसार मन्त्रीले नियालेका हुन




No comments:

Post a Comment