Saturday, May 21, 2011

गिद्धलाई राम्रो हुँदै छ

प्राकृतिक कुचीकार अर्थात गिद्ध जोगाउँने उद्देश्यले डाईक्लोफेनेक औषधिमाथि लागेको प्रतिबन्धले असर देखाउन थालेको अनुसन्धानहरुले पुष्टि गरेको पशुहरुलाई दुखाइ कम गर्न दिइने औषधि डाइक्लोफेनेकले गिद्धलाई नास गर्ने काम गर्यो गिद्धले मरेको पशुको सिनो खाने गर्छ मरेको पशुमा डाइक्लोफेनेक औषधीको मात्रा रहेमा त्यस्तो सिनो खाने गिद्ध मृगौलामा समस्या आएर तत्कालै मर्ने पंक्षी विज्ञहरुको भनाइ
नेपाल पंक्षी संरक्षण संघ चितवनमा आवद्ध हेम सुवेदी नेपालमा १० वर्ष अघिको तुलनामा गिद्धको संख्या निकै कम भएको बताउँछन् नेपालमा हाडफोर सेतो गिद्ध डंगर गिद्ध सानो खैरो गिद्ध हिमाली गिद्ध खैरो गिद्ध राज गिद्ध सुन गिद्ध गरेर आठ प्रकारका गिद्ध पाईने गर्छन् त्यस मध्ये डंगर सानो खैरो गिद्ध लोप हुने अवस्थामा पुगेको डाईक्लोफेनेकको साटो मेलो_िक्सक्याम नामक औषधी प्रयोग गर्ने अभियान सुरु भएपछि भने गिद्धलाई केही राहत भएको चरा संरक्षणकर्मीहरुले जनाएका छन
पीएलओएस पत्रिकामा छापिएको एक अनुसन्धान प्रतिवेदनलाई उल्लेख गर्दै वीवीसीले दिएको समाचार अनुसार डाइक्लोफेनेमा लागेको प्रतिवन्धले गिद्ध मर्न कम भएको नेपाल सहित भारत पाकिस्तानको सरकारले सन् २००६ देखि डाइक्लोफेनेकको प्रयोग गर्न छाडेको वीवीसीले जनाएको समाचारमा उल्लेख भए अनुसार अनुसन्धानकर्ताहरुले मरेका पाँच हजार घरपालुवा पशुको कलेजोको नमुना लिएका थिए उनीहरुले केही नमुना डाइक्लोफेनेकमा प्रतिवन्ध लाग्नुभन्दा एक वर्ष पहिला लिएका थिए भने केही प्रतिबन्ध लागे लगत्तै केही नमुना सन् २००६ सन् २००८ को बीचमा लिएका थिए
सन् २००६ २००८ को बीचमा लिएको नमुनामा डाइक्लोफेनेकको मात्रा ४० प्रतिशतसम्म कम पाइएको अनुसन्धानले देखाएको अनुसन्धानमा संलग्न प्रोफेसर रीस गी्रनको जोड केमा भने डाइक्लोफेनेकको प्रयोगमा रोक लागेर केही असर देखिन सुरु भएको तर गिद्ध संरक्षणको काम भने अझै अधुरो डाइक्लोफेनेक जे जति उत्पादन भयो त्यसलाई पुरै नष्ट गर्नु पर्ने उनको भनाइ रहदै आएको
आशंका के पनि गरिएको भने मान्छेमा प्रयोग हुने डाइक्लोफेनेक घरपालुवा जनावरमा पनि उपयोग हुने गरेको त्यसैले अनुसन्धानकर्ताहरुले गिद्ध संरक्षण अभियानमा धेरै काम बाँकी भनेका हुन् मेलो_िक्सक्यामको प्रयोग बढेका तर डाइक्लोफेनेकको खपत जुन परिमाणमा हुन्थ्यो त्यो विन्दुमा यसको प्रयोग पुगेको छैन त्यसैले भित्रभित्रै डाइक्लोफेनेकको प्रयोग जारी रहेको शंका गर्ने ठाउँ रहेको हो
धेरै नेपालीले अपसकुनको रुपमा गिद्धलाई मान्ने गरेका छन् यो साह्रै नै फोहरी चरा हो भन्ने मानसिकता हामीमा आखिर यस्तो चराको संरक्ष्ण किन गर्नु पर्यो भन्ने धेरैलाई लाग्दो हो तर देख्द सुन्दाको जस्तो छैन गिद्ध यो बडो हितकारी चरा पो हो मरेको जनावर कुहेका पदार्थ खाएर यसले वातावरणलाई सफा राख्न निकै ठूलो भूमिका खेलेको त्यसैले यसलाई नासिन नदिन विश्व व्यापीरुपमा पहल भएको हो यसको आहार सिनो मात्र हुने भएकाले दुर्गन्ध फैलाउने वस्तुहरुलाई यसले सिनित्तै पार्छ त्यसैले यो पंंक्षीलाई गुणकारी मानिएको हो प्राकृतिक कुचीकार भनिएको हो गिद्ध नहुँदा सिनो फोहर वस्तु यत्र तत्र छरिएर रहन्छन् मान्छेले देख्ने ठाउँमा भए त्यस्ता वस्तु फ्याकिने सम्भावना रहन्छ नदेखिएने ठाउँमा भए दुर्गन्ध परपरसम्म फैलिनुका साथै रोग मौलाउन सक्ने खतरा समेत आउँछ
यस्तो पंक्षीलाई जोगाउन डाइक्लोफेनेकको प्रयोगमा प्रतिवन्ध मात्रै लागेको होइन नेपालमा अरु धेरै खाले अभियान पनि चलेका छन् यो चरा सम्पूर्ण रुपमा मासिएर जाने खतरा बढेकाले राष्ट्रिय निकुाज तथा बन्यजन्तु संरक्षण बिभागको संयोजनमा चितवन राष्ट्रिय निकुाजको मुख्यालय कसरामा प्रजनन् केन्द्र खुलेको हो राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल पंक्षी संरक्षण संघले यसमा सहयोग गरेका छन्
नेपालमा गिद्ध संरक्षणका लागि केही काम यस पहिले पनि भएका छन् नवलपरासीको रजहर सुनवल नजिकका चौरहरुमा गिद्धका लागि मरेको पशु टकारेर उनीहरुलाई उचित आहारको व्यवस्था गर्ने काम हुदै आएको जसलाई गिद्ध रेष्टुरेण्ट समेत भन्ने गरिन्छ डाईक्लोफेनेक नपरेका बुढा भएका गाई गोरु किनेर राख्ने त्यस्ता पशु मरेमा गिद्धका लागि छाड्ने कामको संयोजन पंक्षी संरक्षण संघले गरेको
मुनिर विरानी जस्ले दक्षिण एसियामा घट्दै गरेको गिद्धको संख्याको अनुसन्धान कार्यमा सहयोग गरेका छन् उनले संरक्षण अभियानले उत्साहबर्धक परिणाम ल्याएको टिप्पणी गरेका छन् तर गिद्धको संख्या बढेको भनेर अहिले नै ठोकुवा गर्नु पनि उचित नहुने उनको धारणा रहेको


No comments:

Post a Comment