चुनाव भयो । माओवादी सवैभन्दा ठुलो दल बन्यो । काँग्रेस दोस्रो र एमाले तेस्रो भयो । संविधानसभाको चुनाव त्यो दिन नहुँदो हो यदी देशमा माओवादीले विस २०५२ साल फागुनबाट शसस्त्र संघर्ष सुरु नगर्दो हो । माओवादीको प्रमुखख माग थियो संविधानसभा । देशका १३ हजारभन्दा बढीले ज्यान दिएपछि यो माग पुरा भएको थियो । जनताले न्यानै गरे मागलाई कार्यन्वयन गराउन शसक्त रुपमा लागेको माओवादीलाई पहिलो स्थान दिए । अनि कसैलाई पनि बहुमत नदिएर मिलेर जानु पर्ने बाध्यात्मक अवस्था ल्याए ।
सविधानसभाको चुनावपछि विस २०६५ जेठ १४ गते संविधानसभाको पहिलो बैठक बस्यो । त्यो पहिलो बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको ऐतिहासिक घोषणा गर्यो । अनि दुई वर्ष भित्रै देशको संविधान जारी गर्ने प्रतिवद्धता व्यत्तः गर्यो । तर संविधान लेख्ने काममा प्रगति भएन दलबीच सहकार्यभन्दा अविश्वासको खाडल बढेर गयो । एक पार्टी अर्को पार्टीमा मात्रै संवाद नहुने अवस्था रहेको होइन पार्टी भित्रै पनि गुटउपगुट मौलाए । अनि दुई वर्ष भित्र संविधान लेख्ने मुख्य जिम्मेवारी लदहरुले पुरा गरेनन् । अन्तिममा आएर एक वर्ष समय थपे ।
त्यसपछि झनै केही भएन । अब त्यो समय सकिन डेढ महिना पनि बाँकी छैन । तर संविधान लेख्ने काममा कुनै प्रगति भएको छैन । सत्ताका लागि फोहरी खेल भयो । सत्तामा बस्नेले गन्हाउने काम गरे । सात महिनासम्म प्रधानमन्त्री छान्न सकिएन । प्रधानमन्त्री बल्लबल्ल बनेका थिए मन्त्री मण्डल विस्तार हुन सकेको छैन् । एउटा गृहमन्त्रीको विषयमा कुरा नमिल्दा सरकारले पुर्णता पाउन सक्दैन । भारतीयहरु प्रतक्ष्य रुपमा हस्तक्षेपमा उत्रेको छन् । सभासद् घुस लिदा लिदै समातिन्छन् । परीक्षमा नक्कली परीक्षर्थी पठाउँछन् । भ्रटाचार चरमचुलीमा पुग्यो । जनतको त्यो उत्साह अनुरुप नेताहरु चल्नै सकेनन् । विलम्ब मात्रै गरेनन् जनताको विश्वासमाथि खेलवाड गरे ।

No comments:
Post a Comment