Sunday, August 15, 2010

ईण्डियन आइडल फाइब

हिजो साउन ३० गते आइतबार साँझ इण्डियन आइडल फाइबको घोषणा भए दक्षिण भारतीय सहर हैदरवादका श्रीराम विजेता बनेछन् आज बिहान स्टार न्युजबाट यो खवर थाहा पाइयो धेरै नेपालीले इण्डियन आइडल फाइबको विजेता बारेमा यस्तै बेखवर होलान हिजो केही युवाको आँखा नेपाली टेलिभिजनमै थियो होला कारण इटलीमा भइरहेको डिभिजन फोर कि्रकेट प्रतियोगितामा नेपालको भिडन्तका बारेमा नेपाली टेलिभिजनले रन, विकेटको अंक प्रतक्ष्य देखाइ रहेका थिए तर यति कारणले मात्रै इण्डियन आइडलको अन्तिम भिडन्त नहेरेका होइनन् नेपालीले
पहिलो इण्डियन आइडल नेपालीले हल्लै हल्लामा भए पनि हेरे कस्तो हुँदो हरेछ भन्ने कौतुहल्ताले पनि हेर्न लालायित बनायो नेपालीलाई दोस्रो इण्डियन आइडल को भयो, के भयो धेरैलाई पत्तो भएन तेस्रो इण्डियन आइडलको भने कुरै अर्कै नेपाली भाषा बोल्ने प्रशान्त तामाङको प्रवेशले इण्डियन आइडल भनेपछि नेपालका नेपालीहरु पनि भुतुक्कै भए प्रशान्त तमाङलाई भोट हाल्नका लागि टोल टोलमा पैसा उठाइयो यता पैसा उठाएर बोर्डर काटेर भोटिङ गर्नेहरुको ताँती लाग्यो पूर्वदेखि पश्चिमसम्मका नेपालीले अपुर्व एकता देखाए त्यति बेला यसैका प्रभावले हुनु पर्छ भोट पाएका आधारमा जितिने इण्डियन आइडलको उपाधि भारत दार्जिलिङका नेपाली बोल्ने प्रशान्त तमाङको पोल्टामा आयॊ
नेपाली बोल्ने भारतीय ठिटो प्रशान्त तमाङले इण्डियन आइडल मार्फत विश्वमा फैलिएका नेपाली बोल्नेहरुलाई जोड्ने काम गरे त्यसैले त्यो इण्डियन आइडल विशुद्ध भारतीय व्यवसायिक टिभी च्यानलको व्यवसायिक कार्यक्रम मात्रै रहेन नेपालबाट हराउँदै गएको ढाका टोपीले पुर्न जिवन पायो कारण विजेता घोषणा भए लगत्तै प्रशान्तलाई उनकी आमाले ढाका टोपी लगाइ दिएकी थिइन यता नेपालमा ढाका टोपी जलाउने अभियान चलेका बेला उता ढाका टोपीले त्यस्तो प्रमुखता पाएको थियो यो कुराले पनि नेपाली नेपालीको भावाना जोडिन पुगेको थियो प्रशान्तलाई उनकी आमाले ढाका टोपी लगाइ दिएको क्षण टिभी हेर्दै गरेका धेरै नेपालीले आँशु झारेका थिए प्रशान्त अहिले नेपाली संगितमा चम्केका छन्
तेस्रोपछि चौथो इण्डियन आइडल पनि केही महत्वपुर्ण नै रहयो यो बेलामा पनि नेपाली बोल्ने भारत देहरादुनका कपिल थापा गाउन आए उनले गर्दा इण्डियन आइडलले त्यस पटक पनि नेपाली दर्शकको साथ पायो नेपालबाटै भोटिङ गर्न पाउने व्यवस्था आयोजकहरुले मिलाए तर प्रशान्त तमाङको पक्षँमा जस्तो माहौल कपिलको लागि बनेन प्रशान्तका बेलामा नेपालीहरु उनलाई जिताउन पागलपनको हद नै पार गरेका थिए तर कपिलको पक्षँमा त्यस्तो समर्थन उर्लेन तै पनि कपिल दोस्रो भए अहिले कपिल के गर्दैछन् कसैलाई पत्तो छैन यस्तो बेलामा इण्डियन आइडल पाँचौ सुरु भयो यसमा नेपाली बोल्ने मात्रै होइन नेपाली जस्ता लाग्ने पनि कोही देखिएनन् अनि पुरै नेपालमा इण्डियन आइडल ओझेलमा परो विश्व कप फुटबलको रापले पनि हराएको होला इण्डियन आइडलको रौनक या जाति भाषाको लगावले दुईवटा इण्डियन आइडलमा नेपालमा उर्लेको दर्शकको संख्या यस पटक नेपाली जस्तो लाग्ने कोही नहुँदा सेलाएको पनि होला आखिर कला गलाभन्दा पनि अरु केही हो यस्ता कार्यक्रमहरु


No comments:

Post a Comment