Friday, August 13, 2010

तीन जोडी

एउटै होटलबाट तीन जोडी समातिए चितवनको व्यस्त बजार नारायणगढमा यो कुरा त्यति ठुलो होइन हेर्न थाल्ने हो भने धेरैभन्दा धेरै होटलमा यस्ता जोडीहरु भेटिन्छन् श्रीमान श्रीमती नभए पनि लजको कोठामा बसेर दिउँसै यौन कार्य गरि फर्कनेहरु एकाध होटलमा मात्रै पाइदैनन् यो कुरा प्रहरीलाई पनि राम्रैसँग थाहा अनि कहिले काही यसो एकाध होटलमा छापा मार्न जान्छ ठुलै काम गरे जस्तै त्यसलाई मिडियामा ल्याउँछ गएको हप्ता दिउँसो सवा दुई बजे वडा प्रहरी कार्यालय पुलचोक नजिकैको पिस गेष्ट हाउस पुग्ने जाँगर चलाउँदा प्रहरीले तीन जोडी भेटाए
जोडी नम्बर एक रहेछन् उमेरमा ३० कटेका महिला सपरिवार विदेश जान ठिक्क परेकी विदेश पनि लारेलुरे हो राम्रै ठाउँ श्रीमान घरमा समानहरु मिलाउने सुटकेश कस्ने तयारी गर्दै थिए होलान श्रीमती केटा साथीसँग छिरिछन् पिस गेष्ट हाउस केटा पनि बिवाहित यो कस्तो प्यास हो कुन्नि ? मरुभुमिमा भएको भए तिर्खाले लखतरान परिन्छ समुन्द्रमै भए पनि समस्या हुन्छ, तिर्खाले सताएर तर घरमा सित्तल निर्मल पानी आउने धारा हुँदा हुँदै तिर्खा लागे पधेरो धाउने कष्ट किन गर्दा हुन महानुभावहरु
जोडी नम्वर दुई तीसभन्दा तलका परेछन् केटाको पनि दुलही अर्कै केटीको पनि दुलहा अर्कै टाढाका पनि परेनछन् यतै बजार वरपरका पढेलेखेका पेशा पनि राम्रै समाजले भाउ दिने पेशा अँगालेका पैसा पनि मनग्गे कमाइ हुने पेशा दुवै अलग अलग भए पनि भेट भने कसरी भयो त्यो बुझ्ने तर्फ लागिएन इज्जतिलो पेशामा बसेका ति दुईलाई एउटा सामान्य स्तरको होटलमा छिरेर यौनको आवेग मार्ने योजना किन बनाए होलान कुन्नि घरमा मज्जाको फ्रीज छ, गुलकोज सर्वत बनाउने अरु राम्रा समान पनि छन् तर गर्मीको प्यास मेटाउन बाहिरी सरकारी घाराको पानी मैलो जगमा पिए सरहको काम गरे यो जोडीले
जोडी नम्बर तीन अलि उमेरमा अलि बेमेल खालका परेछन् लाग्नेमान्छेको उमेर धेरै नै भएको रहेछ युवतीलाई छोरी नै भन्नु पर्ने मैले पालेको छोरी हो भन्दै थिए यो जोडी बे जिल्लाको परे बे जिल्लामा पनि अलि टाढाको जिल्लाको परेछ मान्छे भातीय सेनाका अवकास प्राप्त हवल्दार त्यसैले जो पायो त्यसैलाई गन्दै नगन्ने बुढाकी श्रीमती रोगले थला परेकी रहेछन् उपचारका लागि पालेको छोरी साथ लगाएर श्रीमतीलाई चितवन ल्याएका रहेछन् श्रीमती अस्पतालको ओछ्यानमा रहदा उनी यता लजको ओछ्यानमा भेटिए
बुढाले घरको धारो राम्रोसँग काम नगर्ने गरेर बिग्रेको ठाने जस्तो त्यसैले प्रवन्ध अन्यत्रै गरेका पुरानो धारोको मर्मतसँगै नयाँ धारो पनि जडान गरेर पाको काम गरे जस्तो लाग्यो यी बुढाले तर सरकारी धारा नियम नपुराई घरमा राख्न पाइदैन एक दिन एक दिन समातिनै पर्छ आखिरमा बाजे पिस गेष्ट हाउसमा समातिए यी तीन जोडी समातिन सामातिए तर केही बेरपछि छाडिए पनि
अब कारवाही पनि के गर्ने प्यास लागेकाको तिर्खा मेटाउनु नेपालीहरु धर्म नै ठान्छन् तर धारोमा जथाभावी नगरिदिनु होला है भन्दै छाड्दै गर्नु बाहेक प्रहरीसँग विकल्प पनि थिएन जथाभावी गर्दा पानी धमिलिन्छ अनि रोग फैलन्छ यस्ता कुरा पानी खानले हेक्का राख्नै पर्छ हेक्का नराखे डायरिया हुन्छ हैजा चल्छ जण्डिस टाइफाइड हुन्छ रोग लागेपछि कारण खोतल्नै पर्छ तयसो गर्दा भेद खुल्छ प्रहरीले यसरी सम्झाएर छाड्यो ति तीन् जोडीलाई उनीहरु छुट्दै गर्दा अरु सयौं जोडी जथाभावी गर्दै थियो होला प्यास मेटाउन


2 comments:

  1. तिर्खा लाग्यो पानी खाए, उनले के विराए ?? धेरै करकापमा पार्न भएन है साथी अरुलाई । फेरि आफै फन्दामा परिएला नि ।

    ReplyDelete