Thursday, August 5, 2010

यीनका नाटक

कठपुतलीको आरोप लागेका माधवकुमार नेपाललले प्रधानमन्त्री पदबाट इस्तिफा अर्थात राजिनामा गरेको आज एक महिना एक हप्ता भयो । माधबकुमारले छाडेको कुर्ची समात्न मरिहत्ते गर्नेहरुले तछाडमछाड गर्दा राजनीतिको पोखरी निकै धमिलिएको छ । माओवादीलाई समर्थन गर्ने दुईजना सभासद् भएको एउटो पार्टीले राजाको ज्वाइलाई पार्टीमा हुलेको छ । चारजना सभासद् भएको कट्टर राजावादी कमल थापालाई गणतन्त्र ल्याउनका लागि १४ हजार नेपालीको ज्यान जाने गरेर १० वर्ष हतियार चलाएको माओवादी पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बनाइदेउ भन्दै भेटेर बिन्ति गर्छन् भने माओवादीको शुभचिन्तक मानिने एउटा सानो पार्टीले राजाको ज्वाइलाई भित्राउने हिम्मत झिक्ने नै भए । नेताहरुलाई हिम्मत पनि कत्ति आएको हो कुन्नि । सच्चा गणतन्त्रवादीको ढ्वाङ जस्ले पिटिराखेको छ प्रधानमन्त्रीको कुर्चीका लागि गुहार माग्दै कट्टर राजावादीको ढोकामा जाने हिम्मत उनै गर्छन् । डर र दकस पटक्कै मानेनन् । जनतालाई भुसुना ठाने पछि यस्तो हिम्मत आउने नै भयो । लाज पचाएर कुर्चीको पछि लागे पनि कुर्ची भने फुत्केको फुत्केइ छ । हातबाट माछो फुत्केझै भएकाले नेताहरु रनथनिएर चाहिदो नचाहिदो गर्न थालेका छन् । सभासदलाई सुककेको घाँसको थुर्पो लगाउन थालेको चर्चा चुलिमा छ अचेल । हरियो घाँस अर्थात सय रुपैयाँको बिटोले सभासद्लाई पुगेन । सुकेको घाँस भनेको खैरो रंग भएको हजार रुपैयाको नोटको थुप्रो हो । माओवादीबाट सुकेको घाँस नपाइकन अस्ती ११ जना मधेसी सभासद्ले आफ्नो गोठको टाट्नो त्यसै पक्कै नाघेनन् होला ।चाहिदो नचाहिदो खेल भएपछि पोखरी धमिलो भएको छ । यो धमिलो पानीमा माछा मार्नेहरु सलबलाउने नै भए । कमल थापाहरु हौसिएका छन् । राजाका ज्वाइले जालबुन्न थालेका छन् । देश भित्रका प्रतिकि्रयावादीहरु जुर्मुराउन थालेका बेला विदेशीहरु ज्ालै लिएर माछा मार्न आइ पुगेका छन् । तीन तीन पटक चुनाव गराउँदा पनि प्रधानमन्त्री चयन हुन नसकेपछि भारतका प्रधानमन्त्रीले श्याम शरण भन्ने व्यक्तिलाई दूतबनाएर पठाएका छन् । शरणको चरणमा निउरी मुन्टि गर्न नेताहरुबीच तछाड मछाड छ । भारतलाई प्रभु र माधव नेपाललाई भारतको कठपुतली भन्ने माओवादीले हिजो बिहीबार प्रभुका दूत समक्ष डेढ घण्टा बार्ता गरेछ । हिम्मत भएको भए कुरै गर्दिन भन्नु पर्दथ्यो नि । अब यो देशमा प्रधानमन्त्रीको कुर्चीमा को बस्ने कस्ले के मन्त्रालय चलाउने भन्ने स्किम शरणले नै बनाएर फर्कने छन् । देशका दलहरुले मिलेर काम गर्ने खुवी देखाउन नसक्दा यस्तो बिडम्बना निम्तिएको हो । शरणको चरणमा जति परे पनि माओवादीले सरकारको टाउको नपाउने सम्भावना प्रवल छ । टाउको नपाएपछि पुच्छर भएर बस्ने कुरै आउँदैन त्यत्रो ठुलो पार्टीलाई । बरु भारतको रोड म्याप अनुरुप सरकार बनेको हो भनेर अरुलाई भारतको पुच्छर भन्दै गाली गर्दै सडक तताएर आनन्द लिन उसलाई मज्जा आउँछ । ठुलो पार्टी हुँदैमा विचार र योजाना फराकिला हुदो रहेनछ । सधै सडकबाट चिच्याएर अरुलाई गाली गर्दैमा आनन्द मान्ने बाहेक उसको भुमिका नेपालमा अहिलेसम्म के नै छ र र अर्को कुरा सेनाले भर्ना खोलेको छ । माओवादीले पनि खोल्छु भन्द्यै छ । शान्ति ससम्झौताको मर्म अनुरुप यो काम जायज पक्कै होइन । तर पनि नेपाली सेनाले एएटा तर्क गरेको छ अवकास पाएर रिक्त भएको दरबन्दिमा भर्ना गर्न लागेको हो नयाँ पद सिर्जना गरेको होइन भनेको छ । सेनाकैपछि लागेर माओवादीले पनि त्यस्तै तर्क गरेको छ । तर एउटा कुरा १० वर्ष युद्ध लडेको माओवादीले आफ्ना सेनालाई कति चाडै अवकास दिने रहेछ कुन्नि सेनाका जवानले दशै वर्षमा अवकास कतै पाउँदैनन् होला । अड्को थाप्नका लागि जे पनि गर्न खोज्ने जे पनि भन्ने माओवादीको पुरानै बानी हो । यही बानीले प्रभुको पाउमा जति परे पनि सत्ताको फल भागमा नपरेको हो । प्रभुको प्रभाव हामी नेपालीको लागि सहने विषय पक्कै होइन । तर यहाँ कोही प्रभुको पाउमा आँखैले देखिने गरेर लम्पसार पर्छन् । अनि कोही त्यस्तालाई गिज्याउँदै परिस्कृत ढ्रगले तेल लगाइ लगाइ पाउ मोल्न थाल्छन् । जनताको आँखामा छारो हालेकाले त्यो दृश्य बाहिर नआएको मात्रै हो । अनि त्यसैको आडमा देशभक्तिको राग अलापेका हुन् । सत्तामा निर्लिप्त हुन चाहनेहरुले देश र जनताको ख्इाल राख्दै राख्दैनन् । संविधान बनाउने महत्वपूर्ण काम छाडेर प्रधानमन्त्रीको पदका लागि तुच्छभन्दा तुच्छ हरकत अहिले कुन चाहि नेताले गरेको छैन । अनि कुर्चीका लागि मरिमेट्नेको स्वाभिमान पटक्कै हुँदैन । यही कुरा हेक्का नराख्नाले नै नेपालको राजनीति नसर्पेको हो । जनताले सधै दुख पाइरहेका हुन् । नेपाली राजनीतिलाई धमिलोभन्दा धमिलो बनाउन कुन चाहि नेता र पार्टी जिम्मेवार छैन र उनीहरु मध्ये कोही असल छ भनेर हामीले भन्नु पर्ने । धमिलो पानीमा माछा मार्न आउनेलाई गाली गर्ने कि पानी धमिलो बनाउनेलाई लखेटने ।

No comments:

Post a Comment