ट्रेन ट्याक्सी र टाँगा पूर्वी चितवनको रत्ननगर टाँडी घर भएका रामकुमार पाण्डे यी तीनवटा साधनसँग सँगत र सम्झना जोडिएको व्यक्ति हुन् । उनी टाँगामा पर्यटक राखेर टाँडी र सौराहा जाने आउने गर्छन । त्यसबाट हुने आम्दानीले जीवन धानिएको छ । ट्याक्सी बेचेर टाँगा किनेका उनी झण्डै भारतीय (ट्रेन) रेलसेवामा जागिरे भैइसकेका थिए ।
एक दिन उनको टाँगामा बसेर सौराहासम्म जाने मेसो मिल्यो । कम्तिमा चारजना नभइ टाँगा नचलाउने चलन रहेछ । जब टाँगा भरियो तव हिड्ने सुर गर्दे उनले आदेश दिए 'चल रे धन्नो ।" हिन्दी सिनेमा शोलेमा नायीका वसन्ती अर्थात हेमामालिनीको भूमिका यस्तै टाँगा चलाउने छ र उनको घोडीको नाम पनि धन्नो हो ।
तर यो धन्नो को रफ्तार शोलेको जस्तो फुर्तिलो थिएन । उसको सुस्त चालका कारण सौराहा पुग्न लगभग पौने घण्टा लाग्यो । त्यॊ समयमा रामकुमारले आफुले भोगेका दुई चार कुराहरु सुनाए । धन्नो शालेको झै नभए पनि रामकुमारमा वसन्तीको केही झल्को पाइन्थ्यो । तर उनी वसन्ती जस्तो प्यारप्यार बोली रहने होइन सोधेका बखत खुलेर गफ गर्ने खालका थिए ।
सुरुमै धन्नोको चाल चित्त बुझ्दो नभएपछि उनी भन्न थाले 'घोडा त फुर्तिलो नै हो तर मैले भर्खर किनेकाले चलाउने मेसो त्यत्ति नआएको ।" पाँच महिना भएको रहेछ उनले टाँगा किनेको । त्यो भन्दा पहिले ट्याक्सी चलाउँदा रहेछन् । ट्याक्सी बेच्दा १५ हजार हात लाग्यो अनि ३५ हजार थपेर ५० हजार रुपियाँमा टाँगा किनेको उनले बताए ।
पुरानो जीप उनले ८० हजार रुपैयाँमा किनेर त्यसैलाई ट्याक्सी बनाएका रहेछन् । एउटा सरकारी कार्यालयले लिलाम गरेका बेला त्यत्तिमा पाइएछ । पछि जीप बिग्रदै जाँदा मर्मत खर्च मात्रै बढ्ने होइन बजारमा पूर्जा पनि नपाइने भएछ । अनि १५ हजार रुपैयाँमा कवाडीलाई बेचे छन् । कवाडीले त्यो जीप मासु झै टुक्रा टुक्रा पारर बेच्दा १० हजार रुपैयाँ नाफा निकाल्यो रे ।
बेच्दा कम मुल्य आए पनि ट्याक्सी छाड्दा उनलाई फाइदा नै भएको छ । कमाइ टाँगामा धेरै छ भन्छन् उनी । यो साधन बन्द हड्तालमा पनि चलाउन रोक छैन । बन्दका बेलामा कहीले काही अटेर गरेर उनी ट्याक्सी चलाउथे । तर जलाइ देलान भन्ने त्रास हुन्थ्यॊ । टाँगाको ठूलो फाइदा अब यो त्रास उनले झेल्नु पर्दैन ।
कुराकानी चल्दै गर्दा घोडाको रफ्तार झनै कम भयो ।' लागे पछि यो पनि हिड्न अल्छि गर्छ" टाँगा चालकसँग यात्रुले गफ गर्नुको बेफाईदा यो रहेछ । लगाइ राखेको लामाबाहुले सर्ट फुकालेर उनी लगामलाई जोडले तान्न थाले । बाहनको चाल केही बढ्यो । तर केही समय पछि पराल बोकेको ट्याक्टरलाई उछिनेर जाला भनेको घोडा नै रोकियो ।
'पराल देखेर डरायो यो" बन्द भएको कुराकानीलाई रामकुमारले नै यसरी सुरुवात गरे । सौराहामा अचेल दुईवटा ऊँट आएका छन् । त्यसलाई देखेर घोडा र हात्ती समेत डराएको उनले थपे । उनैले गफ झिके पछि उनको बारेमा अल्लि जान्ने इच्छाले 'तपाइँ यहीको रैथाने हो ?" भन्ने प्रश्न तेसा्रएँ । यो प्रश्नको उत्तर झनै रोचक आयो ।
उनी त संयोगले नेपाल छिरेका व्यक्ति पो परेछन् । तनहुँको लौडारी भाज्याड्ड उनको पुर्खौली थलो रहेछ । जुन थलो हजुर बाले नै छाडेका । उनको हजुरबा भारतीय सेनामा र बाबु रेल सेवामा जागिरे । उनी जन्मेकै कल्कत्तामा । उनले पनि रेलवे सेवामा छिर्ने मेसो गरेका रहेछन् । तर देशले तान्यो र नेपालमै भुलियो भन्छन् रामकुमार ।
'सोह्र वर्षको हुँदा १० पास गरियो । त्यस पछि रेल्वेको जागिर खान लिखित दिए त्यसमा पास भएँ तर अन्तरवार्ता दिन गइन" उनले सुनाए । त्यो जागिर पाएको भए उनी रेलको खलासी हुने थिए । लिखित दिए पछि नेपाल आएका उनलाई फर्केर जान मन लागेनछ । जागिरका लागि दिएको पहिलो परीक्षा पास भएको जरुरी खवर आउँदा पनि उनी अन्तरर्वार्ता दिन गएनछन् ।
फर्केर गएको भए ट्याक्सी र टाँगाको झन्झट र कम आम्दानीको टन्टो बेहोर्नु पर्ने दिएन । कहाँको ट्रेनको जागिर कहाँको टाँगा र घोडाको स्याहार संभार । तर यसो भनेर मन खुम्च्याउने व्यक्ति उनी परेनन् । उनलाई आफ्नै देशमा आएर केही गर्न पाएकोमा गर्व छ । गुजारा चलाउन देशबाट बाहिर जाने चलन बढेको नेपालमा टाँगा चालकबाट यस्तो बोली आउनु अच्चम्मै लाग्यो । त्यस बोलीमा व्यक्तिगत लाभ र उन्नतीभन्दा देशको माया ठूलो हो भन्ने सन्देश थियो ।
दिनमा पाँच सय भाडा उठ्यो भने उनले टाँगाको थप खेप गर्देनन् । त्यस मध्ये १३५ रुपियाँ घोडाको दानापानीमा खर्च हुन्छ । दिनमा न्युनतम तीन सय रुपियाँ हात पर्दा उनी फाईदामा हुन्छन् । पाँच वर्ष अघिबाट सौराहामा टाँगा चल्न थालेका हुन् । त्यति बेला एउटा थियो अहिले ३० नाघेको छ त्यसैले प्रतिस्पर्धा निकै छ । हात्ती चढ्न सौराहा आउनेहरु टाँडीमा झरेपछि त्यहाँसम्म पुग्न टाँगा चढ्न पाउँदा रमाइलो मान्छन् । यसैले टाँगाको व्यवसाय चलेको छ ।
रामकुमारले धन्नोको सुस्त चालको कारण थाहापाइ सेकेका छन् । अबको रमाइलो गफ त्यो चाल बढाउने उपाएको विषयमा केन्द्रित भयो । 'मैले बढी दाना पानी मात्रै दिए त्यसैले यो मोटाएर हिड्न नसक्ने भएको छ" उनले सुनाए । मोटो घोडालाई स्लिम बनाउनु पर् यो त्यसैले उनले बिहान केही बेर घोडालाई मर्निङ वाक गराउँदा रहेछन् । 'योगा पनि गराउँदा राम्रै होला" टाँगाका यात्रुहरुले ठट्यौली सुझाव दिए ।
'योगा पनि गराउछु" रामकुमारको यो जवाफ आयॊ । उनले घोडाको पछिल्लो एउटा खुट्टो किलोमा बाँधेर मुख भन्दा केही पर घाँस राखिदिदा रहेछन् । जस्ले गर्दा घाँस खान घोडा तन्कनै पर्ने हुन्छ । यो नै उनको घोडाले गर्ने योगा हो । यसो भए पछि घोडाको पेट नबढ्ने उनले देखेका छन् । तन्केर घाँस खाँदा भुडी बड्नुको साटो गर्धन र कम्मर बलियो हुन्छ उनले भने 'थोरै खुवाए दुव्लाउला भन्ने पिर धेरै खुवाए मोटाउला भन्ने डर ।"
राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय मेरो गन्तव्य थियो । त्यहाँसम्म पुर् याइदिने रामकुमारको बाचा थियो । तर बाटो बनाउने काम चलिरहेकाले टाँगा त्यता जान नपाउने भयो । वरै झर्नु परे पनि म बेखुसी थिइँन । बिदा हुने बेलामा रामकुमारले भने 'सर जिन्दगी पनि यस्तै हो। एउटा कुरा ताकेर हिड्यो तर कुन मोडबाट कता मोडिनु पर्ने हो ठेगाननै नहुने ।' यो वाक्यले उनको समर्ग भोगाइको सार खिचे झै मलाई लाग्यो ।

No comments:
Post a Comment