राजनैतिक स्थिरता र चोरीको घटनाबीच के सम्बन्ध हुन्छ ? साउन ३१ गतॆ सोमबार साँझ चितवनको एउटा स्थानीय एफएमले समाचारमा बजाएको रिपोर्ट अनुसार देशमा राजनैतिक स्थिरता भयो भने चोरीका घटना नहुने रहेछन् । अमेरिका राजनैतिक स्थिरता नभएको मुलुक हो र ? पक्कै त्यहाँ राजनीति स्थिर छ तर त्यहाँ के टोलहरु चोर मुक्त छन् ? के हुँदा हुन् नेपालमाभन्दा धेरै विगविगि छ अमेरिकामा चोर र बन्दुकधारी हत्याराहरुको । त्यसो भए नेपालको चितवनमा रहेको एउटा एफएमले अस्थिर रानीतिलाई चोरीसँग किन जोड्यो ? स्रोतालाई जे भनिदिए पनि हुन्छ जे सुनाए पनि हुन्छ भन्ने मनोविज्ञानले काम गरेर नै त्यस्तो भएको हो । विषय वस्तुको बढाइ चढाइ प्रस्तुति तथ्यभन्दा बाहिर रहेर विषलेशण गर्ने परिपाटी मिडियामा अहिले ह्वात्तै बढेको छ ।
यस्तो प्रवृत्तिको नेपालमा खासै विरोध हुन सकेको छैन । नेपालका मिडिया निरंकुश हुन चाहन्छन् अर्थात आफुलाई आलोचनाबाट माथि राख्नु पर्छभन्ने धारणा यहाँका मिडियामा छ । त्यसैले सकारात्मक दृष्टिले पनि नेपाली मिडियाको भुमिकाको टिप्पणी गर्ने आट नेपालमा धेरैले गर्दैनन् । नेपालकै जस्तो चरित्र भारतीय मिडियाहरुमा पनि छ । तर त्यहाँ मिडियाको त्यस्तो कर्ममाथि टिका टिप्पणी हुन्छ । पछिल्लो समयमा आएर सिनेमाहरु नै बन्न लागेका छन् । यो वर्ष रामगोपाल बर्मा जस्ता भारतका ख्याति प्राप्त निर्देशकले मिडियाको गलत प्रवृत्ति प्रति औला ठदाउँदै 'रण" भन्ने सिनेमा बनाए । अमिताभ बच्चा जस्ता दिग्गज अभिनेताले अभिनय गरेको रणले मिडिया आफ्नो लिकबाट कति पर गएको छ भन्ने कुरा निकै गम्भिर रुपमा यथार्थ परक ढंगले पस्केको छ ।
अहिले भारतका अर्का चर्चित अभिनेता अमिर खानले 'पिप्ली लाइव" भन्ने सिनेमा बनाएका छन् । 'पिप्ली लाइव" सन्सनि फैलाउने मिडियाको पछाडी दौडेको छ । रणमा जस्तो भूमिकाको विषलेशण पिप्ली लाइवमा छैन । तर सनसनि मच्चाउने मिडिया कस्ता खाले हुन राम्रा या नराम्रा भन्ने विषलेशण दर्शकले नै गर्न सक्ने तरिकाले घटनाक्रमहरुलाई पिप्ली लाइवमा मिलाएर राखिएको छ । सिनेमाले आफै नभने पनि दर्शकहरुले पक्कै भन्ने छन् 'धत्तेरी पत्रकारहरुले के नचाहिदो गरेका हुन् ।" अमिर खानले बनाएको हो भन्ने बाहेक चिनेका अनुहार सिनेमामा कतै देखिदैन । पुर्ण रुपमा गाउँले चरित्रदृश्य र विषयले भरिएको 'पिप्ली लाइव" मुलधारको मसलेदार हिन्दी सिनेमाका दर्शकको लागि भने अतिभन्दा अति नै दिक्क लाग्दो हुने छ । पौने दुई घण्टाभन्दा कम समयको यो सिनेमा बलिउडे मसलाले लठ्ठिएका दर्शकहरुलाई पट्यार लाग्दो हुने भए पनि सिनेमाले व्यवसायिक सफलता समेत हात पारेको खवर छ ।
पिप्लीको विषयले मुलधारको मसलेदार स्वादलाई समेत विसा्रउन सकेको हो । नत्थाभन्ने पिप्लीवासीले आत्म हत्या गर्न थालेको विषय वरपर रहेर सिनेमा सकिन्छ । ऋण तिर्ने पैसा दिनुको साटो उसलाई हेला गरेर गाउँको ठाललुले ' आत्महत्या गर आत्म हत्या सरकारले क्षतिपुर्ती दिन्छ" भनेपछि नत्था आत्म हत्या गरेर परिवारलाई ऋणमुक्त बनाउने निधो गर्छ । यो खवर स्थानीय पत्रकारले अखवारमा छपाउछ । त्यसैलाई आधार मानेर एउटा च्यानलले प्रसारण गर्छ । प्रतिस्पर्धी च्यानलहरु त्यो खवर पहिला दिन नसकेको झोकमा प्रतक्ष्य प्रसारण गर्नै भनेर पिप्ली पुग्छन् । नत्थाको समस्या एका तर्फ हुन्छ च्यानलहरुको चासो अर्कै हुन्छ । दिक्क भएर एक दिन दिसा बस्न गएका बेलामा नत्था भाग्छ । अनि उसको दिसामा क्यामरा फोकस गरेर टेलिभिजन पत्रकारले लाइव टेलिकास्ट गर्छ 'दिसाले पनि मान्छेको मनोभावना उजागार गर्छ । दिसाको दिसाको रंग अनुसार नत्थाको मनोभावना के थियो हामी मनोविज्ञको राय लिने छौ ।"
चुनाव आउने बेलामा बहालवाला मुख्य मन्त्रीकै निर्वाचन क्षेत्रमा भएका घटना हुनाले यसमा राजनीति नराम्रोसँग मुछिन्छ । कोही नेता नत्था मर्नु पर्छ भन्छन् कोही भोटको राजनीतिमा विपक्षीले पछार्ने भएकाले त्यसलाई बचाउनु पर्छ भन्छन् । एक लाख रुपैयाँ ऋण उ नमरे पनि तिरिदिने घोषणा हुन्छ । तर विपक्षीले चुनावको बेला यस्तो गर्न हुँदैन भनेर मुद्दा बनाउछन्, निर्वाचन आयोगले नत्थाले पाएको त्यो सहयोग खारेज गर्छ । नत्थाको आँगनमा हुने एक एक खवर लाइव गर्न मिडियाको भिड लागेको हुन्छ । तर त्यही गाउँमा एउटा बुढो किसान काम गर्दा गर्दै नातागत र धपेडीले मर्छ । यसलाई किन समाचार नबनाएको भन्ने स्थानीय पत्रकारको जवाफमा टिभीमा लाइव टेलिकास्ट गर्ने ठुला पत्रारले भन्छन् 'दर्शकका लागि नत्थाभन्दा केही चासो नएकाले अरु कुरामा लाग्नु छैन ।" उता किसान मरेको कुरा मिडियामा आउँदैन यता आत्महत्या गर्ने चर्चा चलेको नत्थाको 'गुहु" पनि लाइव टेलिकास्ट हुन्छ ।
पिप्लीमा ठुलै भिड जुटाउन मिडिया सफल हुन्छ । नेताहरुको ध्यान पनि तान्छ । तर समस्याको चुरो खोतल्ने र समाधानको सही विधि पहिल्याउन मिडिया असफल हुन्छ । सिनेमाको जस्तो चरित्र नेपाली मिडियाको पनि विषेशता बन्दै छ । नचाहिदो हल्ला गर्ने र भिड जुटाउने सवालमा यहाँका मिडिया सफल छन् । तर नागरिकलाई जिम्मेवार बनाउने र समाजमा समकारात्मक सन्देश लैजाने कुरामा ठोस काम हुन सकेको छैन । हामी बस ट्रकले ठक्कर दिएपछि मरेको मान्छेको १० लाख रुपैयाँ क्षतिपुर्ती माग राखेर भएको चक्का जामको लाइव गर्छौ । भिडलाई साथ दिदै 'मरे त १० लाख रुपैयाँ पाइदो रहेछ ह्या मर्न पर्छ क्याहो" भन्ने संदेश फैलाइ राखेको छौं । एक लाख रुपैयाँको आशामा आत्म हत्या गर्न चाहने नत्थाको पछि दगुर्ने मिडिया र हामीमा के फरक छ र ।
देशमा विद्युतीय संचार माध्यमको संख्या बढेपछि उभन्दा म पहिला र उसलेभन्दा मैले नौलो गर्ने भन्ने होडबाजी चलेको छ । स्थानीय तहमा खुलेका एफएमदेखि राष्ट्रिय स्तरका टेलिभिजन च्यानलमा यो रोग व्यप्त छ । कता हाम्रा मिडिया पनि भोलि तछाड मछाडको दौडमा कसैले दिसा गर्दै गरेको दृश्य लाइव गर्ने हुन कि भन्ने डर सवैमा छ । त्यो हुन पनि सक्छ । भारतमा अमिर खान जस्ताले जोखिम मोलेर यो यथार्थलाई सार्वजनिक गरे । जोखिम यो कुरामा कि मिडियाको आलोचना गर्ने साहास उनले जुटाए । अनि त्यसलाई पस्कने बेलामा गाउँले पृष्टभुमि र नचिनिएका तर अभिनयमा खारिएका कलाकारलाई सिनेमामा ठाउँ दिए । मुलधारको मसलेदार सिनेमाका दर्शकहरुले यसलाई नकार्ने सम्भावना हुँदा हुँदै पनि विषय वस्तुमाथि न्याय गर्न उनले प्रस्तुतिमा सम्झौता गरेनन् । नेपालका कुन सिनेकर्मीले गर्ला यस्तो आँट ?

No comments:
Post a Comment