Wednesday, August 18, 2010

गैंडाको अन्तिम यात्रा

थोरै संख्यामा रहेका गैंडा मर्दा संरक्षणमा लागेका सवै चिन्तित हुन्छन् निकुंज तथा जिल्ला बनका अधिकारीहरुलाई मरेको गैंडा गाड्ने विषयले पनि सताउँछ बुधबार बिहान मंगलपुरमा गैंडा मरेको खवर आउना साथ खाग खुरको अवस्था मरणको कारण बुझेपछि चितवनका जिल्ला वन अधिकृत यमबहादुर थापा गाड्ने कुराले केही बेर पिरोलिए
दुर्लभ गैंडा अजंगको जनावर हो मुचुल्का पोष्टमार्टम गरेपछि पुर्नलाई ठुलै खाल्टो खन्नु पर्छ एक दुईजनाले खनेर हुन्न, धेरैलाई दिने खर्च हुँदैन नजिकै खाल्टो खन्न मिल्ने ठाउँ भएन भने बोकेर या घकेलेर पर सार्न अर्को आपत हुन्छ 'पहिला जाउँ क्यारे त्यहाँको सामुदायिक वनका पदाधिकारीसँग सल्लाह गरे केही उपाए आउला" यसो भन्दै निस्किए थापा
अधिकृत थापा सहितको जिल्ला वन कार्यालयको टोली घटना स्थलमा पुग्दा बिहानको १० बजेको थियो ज्यानै देख्दा भयकंर गैंडा दक्षिण टाउँको पारेर लडेको थियो मुखबाट फिँज छुटेको, चार खुट्टा पूर्व फर्केका नजिकै गाउँलेहरुको ठुलो घेरा थियो उनीहरु मरेको गैंडा हेर्ने उत्सुकतामा टाढा टाढाबाट भेला भएका थिए
मंगलपुरको ज्ञानेश्वर सामुदायिक वनको कार्यालय आडैमा खेत पस्न लाग्दा गैंडाले करेण्ट छाडेको नांगो तार चपाए 'अन्दाजी २५ वर्षको हुनु पर्छ" वनको टोलीसँग गएका चितवन निकुंजका पशु चिकित्सक डा.कमल गैरेले अनुमान लगाए गैंडा गर्भिणी हो कि भन्ने शंका उठ्यो पोष्टमार्टम गर्न ठाउँ खाली गर्नु पर्ने भयो तर स्थानीय डेक चल्न मान्दैनन्
मरेको गैंडा समाउला झै गरेर घेरिएका सर्वसाधरणको अगाडी त्यो भिमकाय जनावरको चिरफार कसरी गर्ने अरु ठाउँमा लैजाने उपाए छैन 'स्काभेटर ल्याउँ" वनका पदाधिकारीले सुझाव दिए तीन हजार रुपैयाँ तिरेर स्काभेटर ल्याउने हैसियत वनको थिएन त्यो पैसा पनि वन समुहले बेहोर्ने भयो 'के खोज्छस काना आँखा" भने झै भयो अधिकृत थापालाई
झण्डै अढाई टनको पोथी गैंडा बोक्न स्काभेटरलाई कुनै गाह्रो थिएन पछाडी स्काभेटरले गैंडा अँठ्यायो उल्लर हुने सम्भावना भएकाले अगाडी गाउँका २५ युवा बसे पछाडी गाउँलेको लर्को लाग्यो कम्पाउण्ड सहितको सामुदायिक वनको कार्यालय हातामा स्काभेटर पस्यो गेटबाट अरुलाई पस्न दिएइन
तर गेट बाहिरैबाट गाउँलेले हेरे गैडाको पेट चिरेको खागका लागि टाउको काटेको आमाशयमा रहेको नपचेको घाँस गन्हाएर बान्ता नै होला जस्तो हुँदा पनि गाउँलेहरु त्यही बसे पेटमा बच्चा भेटिएन 'एक दुई महिना पहिले बच्चा जन्माएको हुनु पर्ने" डा. गैरेले बताए खाग खुर झिकेर पेट चिरेपछि स्काभेटरले खनेको खाल्डोमा गैंडा खसालियो
'जति अजंगको भए पनि जिनिसको फेला परेपछि के लाग्दो रहेछ विजुलीको एक झडृकाले मर्यो अहिले स्काभेटरले चिलले चल्लो झुण्डाए झै ल्याएर पुर्यो" गैंडाको अन्तिम यात्राको सवै दृश्य हेरेपछि अन्तिममा मंगलपुर वडा नं. का कृष्णबहादुर बानियाँले भने गैंडा चाडै कुहियोस भनेर २० किलो नुन खाल्टोमा राखियो अब भने वन अधिकृत निश्चिन्त थिए राम्रोसँग नपुरे खाल्डोबाट गैंडा झिकेर मासु खाने बानी निकुंज आसपासका केही गाउँमा



No comments:

Post a Comment