Thursday, August 12, 2010

बाजी मारे विकासले

चितवन काँग्रेसको नेतृत्व सम्हाल्ने जिम्मा अव विकास कोइरलाको काँधमा आएको छ । विरोधी माझ उदण्डको छवि बनाएका विकासले पार्टीलाई दौडाउने प्रण गरेकाले कार्यकर्ताको साथ पाएका हुन् । नत्र भने उनी पार्टि भित्रै पनि त्यति पि्रय पात्र भने होइनन् । रामकृण घिमिरेको चाल मात्रै राम्रो भएको भए घिमिरेलाई भेटाउन कसैले नसक्ने । घिमिरे साह्रै भलादमी छन् । विरोधीहरुले पनि रुचाएका । तर नातामा छोरो पर्ने अर्थात दिदी सासूको छोरोले यस पटक छाड्दै छाडेन । सभापतिको पद लइछाडो ।
घिमिरे अहिलेको कार्य समितिका सभापति हुन् । उनी निर्वाचित सभापति भने होइनन् । वि .स. २०६२ सालमा राजाले सत्ता लिएर नेतालाई थुन्दै गरेका थिए । त्यति बेला नेपाली काँग्रेस चितवनका सचिव रहेका घिमिरे पनि पक्राउ परेर हिरासतमा बसे । त्यही बेलामा पार्टीको अधिवेशन भयो । रोक्न खोज्दा खोज्दै पनि टेकप्रसाद गुरुङले पेलेर अधिवेशन गरे । घिमिरे फुत्किए गुरुङ सभापति भए । यो विषयमा काँग्रेसमा निकै किचलो चल्यो । तर जव संविधानसभाको चुनाव आयो गुरुङले टिकट पाए घिमिरे सभापति भए ।
उनी सभापति भएपछि गुरुङले मात्रै होइन चितवनमा काँग्रेसका कसैले जितेनन् । स्ववियु चुनावमा समेत कँग्रेसका केटाहरु अर्थात नेवि संघको अस्तित्व कुनै कलेज क्याम्पसमा रहेन । यी हारहरुलाई घिमिरेको अक्षमता भनियो । यस पटक सभापतिमा चुनिएर आउने रहर गर्दा छोरो पर्ने विकासले यसैलाई प्रचार गरे । सभापति छाडेर चुनावमा उठ्दा हारेको पिडा पनि टेकप्रसादले यस पटक घिमिरेलाई हराएर विस्रन खोजे कि भन्ने चर्चा काँग्रेसमा छ ।
नेपाली काँग्रेसमा यस पटक चुनाव निकै लागेको थियो । चुनावको तयारी घिमिरेले काँग्रेसकै पारामा गरे । विकासले माओवादीको शैलीमा गरे । यसले पनि जित भयो विकासको । अब उदण्ड विकासले प्रचण्डको शैलीमा पार्टी हाक्ने होलान भनेर धेरैले आशा गरेका छन् । विकासको उदण्डतालाई एक ठाउँ राखिदिने हो भने चितवन कँग्रेसले आशा लाग्दो प्रगति गरेकै हो । काँग्रेस भनेपछि बुढा पुरानाको पार्टी केटाहरु भनेका कि वाएसीएल हुन कि युथ फोस्र भन्ने मान्यता विकशित हुँदै आएको नेपालमा काँग्रेस भित्रको पाको पुस्तालाई विस्थापित गरेर युवा नेता आउनु भनेको ठुलो कुरा हो । हिजोको समयमा आफुले गरेको उदण्डताहरु अव नदोहराउने विपक्षिसँग वैचारिक संघर्ष कार्यगत एकता र सहिशुष्ण व्यवहार गर्ने बचन विकासले दिएका छन् । यसले हेर्दा पाँच वर्षसम्म विकासले केही न केही गर्नाल ।
मुख्य नेतृत्व विकास सचिव देवेन्द्र गुरुङ जस्ता पार्टीका लागि समर्पित कार्यकर्ता र कोषाध्यक्षमा युवा शुरविर पोखरेल आएपछि काँग्रेस युवा मय भएको छ । विश्व युवा दिवसको दिन चितवनमा राम्रो सुरुवात भयो भन्दा हुन्छ । विकास एक हिसावले अभागि नै थिए । नेवि संघमा मानेनित केन्द्रीय सदस्य भए दुई दुई पटक तर खोसुवामा पनि पर्दथे । संघको केन्द्रीय उपाध्यक्ष उठे, गगन थापाले हराए । केन्द्रीय अध्यक्षमा उठे, गगन थापाले साथ दिएका प्रदिप पौडेलले हराए । अहिले पार्टीको जिल्ला सभापतिमा यी सवैबाट पाठ सिकेर जित्ने योजना बनाएका थिए । विकासमा जित्छु भन्ने प्रण थियो जिते । पदको सवालमा पनि साना बुबा घिमिरे पनि कम्ता अभागी होइनन् तर दुई अभागी अभागीको दौडमा एकजना अभागीले बाजी मारे । विकासले काँग्रेसलाई सिध्याउन पनि सक्छन् आक्रमक शैलीमा काम गर्ने स्वभाव भएकाले हर्लक्क माथि लैजान पनि सक्छन् । घिमिरे आएको भए त्यस्तो अस्वभाविक परिवर्तन देखिने सम्भावना भने थिएन ।

2 comments: