Tuesday, October 5, 2010

भारतीय मिडिया

मैले यहाँ भारतीय मिडियाको समग्र चिरफार गर्न लागेको होइन भारतीय मिडिया कस्ता हुन्छन हिन्दी सिनेमा 'पीपली लाइभको" कथाले चित्रण गरेकै 'पीपली लाइभको" कथा मैले यो ब्लगमा सुनाइ सकेको छु त्ये भारतीय मिडियाको कमजोर पक्षमा केन्द्रित भारतीय मिडियाले देखाउने देश भक्ती भने बखान गर्ने खालकै हुन्छ राष्ट्रियताको मुद्दामा उनीहरु जहिले पनि एक हुन्छन, राष्ट्रि हितलाई संरक्षण गर्छन् नेपाली मिडिया यो मामिलामा निकै पछाडी छन् राष्ट्रका लागि भारतीय मिडियाले केसम्म गर्छन ठट्टाको रुप्मा एकजनाले केही दिन अगाडी भनेका थिए ठट्टा लाग्ने उनको बोली साच्चै नै हो कि भन्ने पारे तिनै भारतीय मिडियाले
देशलाई माथि पार्न भारतीय मिडियाले के गर्छन भन्ने बारेमा अस्ती भर्खर सौराहामा सम्पन्न जलवायु परिवर्तन सम्बन्धि तालिम कार्यक्रममा एकजनाले कथा सुनाए कथा अनुसार एक पटक भारत पाकिस्तान दुई देशबीचमा मात्रै कार दौड प्रतियोगिता भएछ प्रतियोगितामा दुईवटा मात्रै कार रहेछन् भारतका लागि दुर्भाग्या दौडमा पाकिस्तान अगाडी आएछ खवर दिनु नै थियो भारतीय मिडियाले, तर दिएछन् यसरी 'आज भएको कार दौड प्रतियोगितामा भारत दोस्रो भयो पाकिस्तानको कार अन्तिम कारभन्दा केही मिटर मात्रै अगाडी थियो " सत्यका हिसावले सवै कुरा दुरुस्त बस कुरा यत्ति हो भारतीय मिडियाले दौड पाकिस्तानले जित्यो भन्ने कुरा उच्चारणै गरेनन् बरु सत्यकै आड लिएर उनीहरुले पाकिस्तानलाई पछाडी पार्ने काम गरे अन्तिम कारभन्दा केही मिटर मात्रै अगाडी थियो भनेर
यो ठट्टा मात्रै थियो तर कुरा सत्य नै हो कि भन्ने गरेर भारतीय मिडिया नै पेश भए कथा सुनेको केही दिनपछि भारतमा अहिले कमन वेल्थगेम भइरहेको पहिला बि्रटिसले शासन गरेका देशहरु यो खेल प्रतियोगितामा सहभागि छन् भारतीय मिडियामा लगातार समाचार आइरहेको भारतले आज कास्य पदक जित्यो भारतले आज रजत पदक जित्यो लगातार दुई दिनसम्म भारतले कास्य रजत पदक मात्रै जितेको खवर आयो स्वर्ण पदक कस्ले जित्यो पदक तालिकामा को अगाडी छन् यस्ता कुरा भारतीय मिडियाले पटक्कै भन्दैनन् भारतले स्वर्ण जित्न थालि सकेको तर पदक तालिकामा भारत कुन स्थानमा भारतले पाँचवटा स्वर्ण जित्दा अरु देशले कतिवटासम्म स्वर्ण पदक जिते यस्ता कुरा सुन्नै पाइएन भारतीय मिडियामा
दुई चार दिन अगाडी कथाको रुपमा सुनेको कुरा कमनवेल्थ गेममा भारतीय मिडियाले देखाएको व्यवहार धेरै हदसम्म मिल्दो हामी नेपाली यसरी कहिल्यै सोच्दैनौं राष्ट्रिय भावना हाम्रा लागि ज्यादै परको विषय बन्छ अस्ती भर्खर एकजना पत्रकारको ब्लगमा लेख हेरेको थिए थाइल्याण्ड भ्रमणका बारेमा उनले लेखेका रहेछन् उनले थाइल्याण्डलाई स्वर्ग नेपाललाई नर्कसँग दाँजेका रहेछन् भारतीय मिडियाले जे गर्छन राष्ट्रियताका लागि अति गर्छन् हामी नेपाली राष्ट्रियताको ख्याल नराखेर अति गिर्ने खालका पनि छौं यो अति राम्रो होइन



1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete