Thursday, October 7, 2010

सुगतको चटपट पसल

सुगत पौडेल देवघाटका बासिन्दा हन् देवघाट धामको तनहुँ तर्फ उनको घर यी युवक पहिला नारायणगढमा पत्रिका बाँड्दथे उनलाई चितवन पोष्ट बाँड्दै हिडेको देखेको हुँ सुरुमा पछि पनि त्यही पत्रिकामा रिपोर्टर भएँ आएको केही समयपछि नै उनले चितवन पोष्ट छाडे जस्तो लाग्छ तर मिजासिला सुगतसँग छोटै समयमा पनि राम्रै चिनजान भयो पत्रिका छाडेपछि उनी कुनै किराना पसलमा काम गर्ने थाले तर भेटघाट हुँदा उनी बोलाई हाल्थे, चिच्याइ हाल्थे सुगत अहिले आफ्नो घरमै छन् अर्थात देवघाट जाने पुल तरेपछि महेस सन्यास आश्रम तर्फ लाग्नु पर्छ उनको घर पुग्न आश्रमभन्दा वरै उनको घर घरभन्दा तीन चार घर पर उनले पसल राखेका छन् अचेल
उनको पसल अचम्मको पसलमा चना चटपट बेच्न राखेका छन् चना चटपट पहिला भारतीय या मधेसीले मात्रै बेच्ने गर्दथे बाँसिको मोटो लामो सिन्काले बनाएको बस्ने मुढा जस्तो तर मुढाभन्दा तीन गुना अग्लो स्टेण्डमा नाङ्लो जस्तो बस्तुमा भुजा या भुटेको चिउँरा मसला कागती भुटेको चना भिजाएको केराउ राखेर चना चटपट बेच्न हिँड्ने चलन थियो पहिला बिस्तारै ठेलामा राखेर हिडाउन थाले भारतीय या मधेसीले मात्रै गर्दथ्यो यो काम नेपाली त्यसमा पनि पहाडीया समुदायका व्यक्तिले यो काममा हात हाल्नै हिचकिचाए किन हो कुन्नी अहिले भने फाट्ट फुट्ट देखिन्छन पहाडीय नेपालीहरु चटपट बेच्दै हिँडेको
त्यसो पसलै राखेर चटपट बेच्नेहरु पनि भेटिन थालेका छन् सहर बजारमा पहाडीयाले पसल खोलेर चना चटपट बेच्न थाले भन्ने कुरा आफैमा नौलो रहेन अब कुरा सुगतको चना चटपट बेच्ने तौर तरिकाको हो एक पटक चना चटपट राख्ने भाँडोको सम्झना गरौं सवैले सुरुमा कागज बेरेर लामो साली जस्तो बनाएर त्यसमा राखेको चना चटपट हत्केलामा राख्दै फाँको हाल्ने गर्दथ्यौ सवैले पछि पछि चना चटपट राख्ने भाँडो खाने तौरतरिका फेरियो चार पाटे कागजमा चना चटपट घोप्टाएर कडा कागजलाई चम्चा जस्तो बनाएर स्वाद लिन थाल्यौ हामीले यो बीचमा चटपटमा मिसाउने चिजबिज मसालामा पनि निकै अन्तर अयो अचेल चटपटमा चाउचाउ नमिसाइ कसैले खाँदैनन्
सुगतको चना चटपटे पसलमा पनि यी सव कुरा छन् अनि सवै कुरा उही हो भने किन सुगतको चना चटपटे पसलको कुरा गर्न लाग्या हो भनेर तपाइँहरुलाई झर्को पनि लाग्यो हो ला तर सुगतको पसलमा एउटा नौलो कुरा देखेर त्यसलाई मैले यहाँ उल्लेख गर्न मात्रै खोजेको हो सुगतको चटपट अन्यत्रको भन्दा फरक होला तर उनले चटपट प्लेटमा राखेर खान दिन्छन प्लेटको चटपट चम्चाले मुखमा हाल्यो जिब्रो फड्कारो भएन नौलो अनौठो अनि गज्जबको कुरा हामीले सौध्यौ किन हो यसरी पलेटमा चटपट दिने गरेको यसले चटपट खानेको सानै बढाउने जवाफ उनले दिए
यो छोटो उत्तरले मात्रै उनी चुप लागेनन् प्लेटमा चना चटपट राखेर दिएपछि फोहर पनि नहुने रहेछ मान्छेले हिँड्दै चटपट खान्छ कागज जहाँ तही फाल्छ यसले फोरह असाध्यै बनाउँछ आफ्नो चलेको पसलको कारण महेस आश्रम जस्तो ठाउँ नजिक फोहर नहोस भनेर उनले प्लेटमा चटपट दिन थालेछन् फोहर कम गर्ने सुगतको सोचलाई धन्यवाद भन्नै पर्छ ग्राहकलाई स्वादीलो चटपट दिएर सुगतले कमाए मात्र गरेका छैनन् पवित्र देवघाट धाम आफ्नो कारणले फोहर नहोस भनेर सचेतना पनि अपनाएका छन् त्यसैले लेखेको हुँ प्लेटमा चटपट बेच्ने सुगतको कुरा यहाँ तपाइँहरुलाई दिक्क लागेको भए क्षमा चाहन्छु

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete