Saturday, October 23, 2010

प्रजातन्त्रिक समयमा चितवनको स्थानीय निकायमा चेपाङको नेतृत्व

चेपाङहरु चितवनका आदिवासी हुन् जिल्लाको नौवटा पहाडी गाविस उनीहरुको बसोवास चितवन अहिलेको स्वरुपमा आउनु अघि यहाँको पहाडी क्षेत्रमा उनीहरुको मैदानी क्षेत्रमा थारुहरुको बसोवास थियो अरु समुदायका मान्छेहरु जो अहिले जिल्लामा छपक्कै भएका छन् उनीहरु औलो जस्तो खतारनाक रोगको डरले यता छिर्न सकेका थिएनन् औलो उन्मुलन पछि भने उनीहरु आउने लहर नै चल्यो
यो लहरले धेरै कुरा उनीहरुको लागि सहज हुने तरिकाले बटुल्यो चितवनको सदर मुकाम माल अड्डा जो पहिला चेपाङहरुको बसोवास क्षेत्र नजिक उपरदाङ गढी सेरवासमा थियो त्यो भरतपुरमा सर्यो सरकारी अड्डाहरु नयाँ वस्तीमा केन्द्रित भए पछि अवसरस्रोत सेवा उपभोग गर्न चेपाङहरुलाई सजिलो पक्कै भएन यसको प्रभाव उनीहरुको सामाजिक राजनैतिक जीवनमा पनि परेको देखिन्छ
वि.. २०४६ सालको आन्दोलनले जव देशमा बहुदलीय परिपाटी पूर्न स्थापित भयो त्यस पछि राजनैतिक चेतना तल्लो वर्ग सम्म पुग्यो भन्ने सबैले सुन्दै आएको हो यो राजनैतिक परिवर्तनले चेपाङहरुमा के प्रभाव पार्यो भनेर हेर्न कुराको आधार त्यस पछि देशमा भएका स्थानीय निकायको निर्वाचनलाई मान्न सकिन्छ त्यो निर्वाचन परिणाम विश्लेषण गर्दा भने चित्त बुझ्दो अवस्था देखा पर्दैन
स्थानीय निकायको सवै भन्दा माथिल्लो तह जिल्ला विकास समिति जसलाई पंचायत कालमा जिल्ला पंचायत भनिन्थ्यो त्यसमा ३७ साल देखि चेपाङहरुले ठाउँ पाएका छन् जनमत संग्रहको घोषणा सँगै जिल्लाको केही स्थानीय निकाय विघटन हुन्छन् त्यती वेला टेकप्रसाद गुरुङको सभापतित्वमा रहेको चितवनको जिल्ला तहको स्थानीय निकाय विघटन भएर इन्द्रजंग तमाङ सभापति रहेको नयाँ समिति बन्छ सोही समितिमा झ्यापुराम प्रजा चेपाङ सदस्य रहेका थिए
उनै झ्यापुराम ३९ सालमा पनि जिल्लामा आए बहुदलीय कालमा नेपाली काँग्रेसको राजनीतिमा लागेका उनलाई ४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा विजयी भएर जिल्ला विकास समितिको सदस्य बन्ने अवसर पनि प्राप्त भयो पंचायतदेखि बहुदलसम्म उनको विकल्प खडा भएन तर ५४ को स्थानीय चुनाव पछि गठन भएको जिल्ला विकास समितिमा झ्यापुराम परेनन् त्यो समितिमा चेपाङको प्रतिनिधित्व शुन्य रहयो
सामाजिक गतिविधीमा अझै पनि सकि्रय झ्यापुराम राजनीतिमा भने विरक्तिएका छन् लोथर गाविसको विकट वस्ती स्यामराङमा बस्ने उनी उमेर छिप्दिै गए पनि धारा स्कुलका लागि भने पछि भरतपुर दौड्न गाह्रो मान्दैनन् पंचायत कालमा गाउँको लागातार प्रधानपाच बनेर बसेका उनी जिल्लामा सदस्य सम्म भए चाहे पाचायतमा होस या बहुदलकालमा त्यो पद भन्दा माथी झ्यापुरामा भन्दा अक्रो चेपाङ जिल्लामा पुग्न सकेनन्
अव जिल्ला भन्दा तल्लो निकायको अवस्था नियालौ चेपाङहरु चितवनको नौबटा पहाडी गाविसमा बसेका छन् ५८ को गणनामा उनीहरुको संख्या ५२ हजार उनीहरुको बसोवास क्षेत्र भनेको कविलासदारेचोकदाहखानीकाउले चण्डी भाज्याङ शक्तिखोरसिद्धिकोराक लोथर गाविस हुन् बहुदलीय कालमा ४९ ५४ सालमा स्थनीय निकायको चुनाव भएको ४९ साल सम्म बडामा वडाध्यक्ष मात्र रहने व्यवस्था थियो भने ५४ सालमा वडाध्यक्ष लागयत पाँच जना महिला सदस्य रहने प्रवधान कायम भयो तर यसमा वडा सदस्यहरुको संख्या नहेरेर दुवै निर्वाचनमा वडाध्यक्षमा कति चेपाङहरु निर्वाचित भए भन्ने हेरिएको
चेपाङ बाहुल गाविस भैकन पनि कविलासमा ४९ ५४ को दुवै निर्वाचनमा यो जातीबाट कोही पनि गाविस अध्यक्षउपाध्यक्ष वडाध्यक्षमा चुनिएको अवस्था छैन अरु आठवटा गाविसमा ४९ सालको चुनावमा ३३ जना चेपाङ समुदायबाट चुनिएका थिए भने ५४ सालको चुनावमा यो सँख्यामा खासै भरक आएन त्यती बेला स्थानीय निकायमा निर्वाचित हुने चेपाङहरु जम्मा ३६ जना रहे अनि जिविसमा उनीहरुको प्रतिनिधित्व शुन्य रहयो
४९ सालको चुनावमा एक जना गाविस अध्यक्षमा दुई जना उपाध्यक्षमा निर्वाचित भएका थिए ५४ सालमा पनि अध्यक्षमा एक जना मात्र आए भने उपाध्यक्ष तीन जना पुगे ४९ सालमा चेपाङलाई अध्यक्ष जिताएको लोथर गाविस ५४ सालमा उपाध्यक्षलाई मात्र ल्याउन सक्यो सिद्धिमा ४९ सालको चुनामा उपाध्यक्ष हातलागेको चेपाङलाई ५४ सालमा अध्यक्ष उपाध्यक्ष दुवैमा सफल्ता मिल्यो दुवै चुनावबाट काउले गाविसले उपाध्यक्षमा चेपाङलाई पायो
लोथर गाविसमा ४९ ५४ सालमा आठ आठ जना चेपाङ समुदायका चुनिए सिद्धिमा ४९ मा सात ५४ मा आठ जनाचण्डीभाज्याङमा ४९ मा एक जना ५४ मा पाँच जना तथा शक्तिखोरमा पनि ४९ मा एक जना ५४ मा तीन जना निर्वाचित भए दुवै चुनावमा दारेचोकमा दुई दुई दाहखानीमा एक एक जना विजयी भए भने बाँकी गाविसमा पहिलेको भन्दा प्रतिनिधित्व कम भयो काउलेमा ४९ को संख्या छबाट ५४ मा चारमा झर्यो भने कोराकमा पनि छबाट घटेर पाँच भयो
अन्य जात जातीको संख्यालाई बिचार गर्दा अरु गाविसलाई छाडेर सिद्धि लोथरमा चेपाङबाट भएको प्रतिनिधीत्वलाई सन्तोष जनक नै मान्नु पर्छ तर चेपाङ बाहुल नौबटा गाविसमा सधै एउटामा मात्र गाविस अध्यक्ष दुई तीन जना सम्म उपाध्यक्ष चुनीनु सोचनीय विषय हो त्यस माथि कुनै पनि गाविसमा चेपाङ प्रतिनिधीहरु घट्नु चिन्ता जनक चित्र हो
त्यस्तै जिविसमा जिल्लाको मुख्य आदिवासी समुदायको प्रतिनिधी संख्या पदीय तह बढाउदै लैजानुको साटो शुन्यमा झर्नु बिडम्वना पूर्ण अवस्था हो कम्जोर अवस्थाको भनेर बुझ्ने गरिएका जनताले अरुलाई भोट हाल्न पाउनु मात्र प्रजातन्त्र होईन प्रजातन्त्रको उपभोग तल्लो वर्गका जनताले समेत गरेका छन् भन्ने कुराको ग्यारेण्टी नीति निर्माण गर्ने निकायमा उनीहरुका प्रतिनिधी पनि पुग्न सके सकेनन् भन्ने कुराले गर्छ
बहुदलीय समयका दुईबटा चुनावमा चितवनका चेपाङहरुको स्थानीय निकायका भएको प्रतिनिधीत्व सम्बन्धि यो तस्वीरले नीति निर्माण तहमा उनीहरुको पहुच के खालको रहयो भन्ने छर्लड्ड हुन्छ तल्लो वर्गका समुदायलाई जुन ढंगले राज्य संचालनका अंगहरुमा ल्याउनु पर्दथ्यो त्यो रुपमा काम हुन नसकेको स्विकार्नै पर्ने यॊ तथ्याड्ढले देखाउछ अहिले विभिन्न वर्गमा असन्तोशको ज्वार बढ्नुको एउटा कारण यो हो यसलाई बुझेर राजनैतिक दलहरुले आफ्नो नीति योजना बनाएर त्यसलाई कार्यन्वयन पनि गरेमा मात्र नयाँ सम्वृद्ध नेपाल बन्न सक्छ



1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete