Wednesday, September 29, 2010

रिजवानको माला र केटोको नजर

रिजवान अन्सारी केही समय अगाडी निकै चर्चामा आए माधव नेपालको सरकारमा उनी गृह राज्यमन्त्रि थिए उनकै पार्टीका नेता प्रधानमन्त्री पार्टीकै साथी भिम रावल गृहमन्त्री भएका बेलामा रिजवानले असमयमै राज्यमन्त्री पदबाट हात धुनु परो देशमा दिन दाहडै मान्छे मारिन थाले राजधानीमै गोली प्रहारबाट संचार उद्यमीको ज्यान गयो अपराधीहरु कहिल्यै समातिएनन् यो अवस्था प्रति असन्तुष्टि व्यक्त गरे रिजवानले गृहमन्त्री प्रति तितो पोखे उनले अनि चट भयो उनको राज्यमन्त्री पद
आम समुदायको बुझाइमा रिजवानले साँचो नै बोलेका थिए मन्त्री प्रधानमन्त्रीको काम प्रति अन्य मन्त्रीहरुले पनि टिका टिप्पणी गरेका थिए यो मामलामा रिजवान एक्ला थिएनन् सीडीयो चड्काउने राज्यमन्त्री पनि थिए माधवको टिममा प्रधानमन्त्रीलाई घुर्काउने मन्त्री पनि थिए तर अरुलाई केही भएन रिजवानले कारवाही भोगे हरुवा व्यक्ति प्रधानमन्त्री भएको मन्त्री मण्डलमा रिजवान एमालेका तर्फबाट प्रतक्ष्य निर्वाचनमा संविधान सभा सदस्य चुनिएका एक मात्र व्यक्ति थिए त्यसैले धेरैको सहानुभुति पाएका थिए रिजवानले त्यति बेला
रिजवान मधेसबाट आएका थिए अल्पसंख्यक मुसलमान समुदायका थिए युवा थिए साँचो कुरा बोल्ने हिम्मत गर्दा रहेछन् उनको यो गुण नै उनका लागि अभिसाप भयो एमालेको नियत सरकारको चरित्र जनता सामु आयो त्यो घटनाले रिजवानले मन्त्री पद गुमाए तर फोहरी राजनीतिको अनुहार सार्वजनिक गरे तर अहिले रिजवान धेरैको सम्झनाबाट ओझेल पर्दै छन् सधै उही कुरो सम्झेर बस्ने फुस्रद कस्को पो हुन्छ ? रिजवान बेला बेलामा भने अवश्य सम्झिने छन् तर आज मैले उनका लागि यी शब्दहरु खर्च गरेको अर्कै प्रशंगका लागि हो रिजवानको फेसबुक फेला परो त्यसमा उनले आफ्ना धेरै फोटोहरु संग्रह गरेका रहेछन् ति मध्ये एउटा फोटोमा मेरो नजर गड्यो
सायद संविधान सभाको निर्वाचनमा विजयी भएपछि नै उनले त्यो फोटो खिचाएको हुनु पर्छ फोटो हेरेर त्यो के को अवसरमा खिचेको हो खुल्दैन फोटोमा उनले अबिर लगाएका छन् गलामा गम्छा फालेका छन् अनि माला लगाएका छन् माला फुलको, दुवोको होइन पैसाको नोटको हो पाँच रुपैयाँ, दश रुपैयँ सय रुपैयाँसम्मका नोटको मालामा देखिन्छन् अब रिजवानले यो माला लगाएर गलत गरे के गरे भन्ने खालको टिप्पणी मैले गर्न खोजेको होइन तर मेलाई रिजवानको ठ्याक्कै अगाडी उभिएको केटोको हेराइले यो फोटो प्रति ध्यान गएको हो
निलो टि सर्ट हाफ कट्टु लगाएको त्यो केटोको नजर जति अन्यत्र कतै होइन रिजवानको मालामा गडेको उसले मालालाई निकै हेरेको वास्तवमा उसले मालालाई हेरेको पि होइन फुलै फुलको माला भएको भए उसले त्यसो अवश्य गर्दैन थियो होला त्यत्रो पैसा बिचरा उसले पहिलो पटक देखेको होला अनि किन नहेरोस त्यसरी उसको दरावस्थाले यो भएको हो रिजवान जस्ता नेताले जनताको अवस्था यसरी नै नियालेर उनीहरुको हितमा काम गरे पैसामा कुनै बालकको नजर किन टिक्थ्यो ? मेरो मनमा लागेको यत्ति हो अरु कुरामा केही टिप्पणी गुनासो छैन

No comments:

Post a Comment