Monday, September 6, 2010

यीनले जोगाए १० जनालाई

चितवनको विकट क्षेत्र माडीको गर्दी गाविस वडा नं. मा पर्ने इमिलिया गाउँमा भदौं गते बिहानै बाढी जाँदा गाउँकी एकजना महिला अहिलेसम्म वेपत्ता छिन् त्यहाँका सवै ७१ घर परिवारले विस्थापित जीवन बिताइ रहे पनि धेरै मानवीय क्षति नभएकोमा उनीहरुलाई केही सन्तोष लागेको यसको श्रेय गाउँलेहरु सुरेन्द्र महतोलाई दिन्छन्
'उनी एक्लैले त्यस दिन १० जनालाई जोगाए सुरेन्द्र नभएको भए त्यस दिन ति १० सायदै अहिले जिउँदो हुन्थे " स्थानीय युवक कर्णबहादुर विकले बताए सुरेन्द्रले उद्धार गरेकाहरुमा जना केटाकेटी छन् हिडडुल गर्न नसक्ने एक अपांगलाई पनि उनैले भेलबाट तानेर सुरक्षित ठाउँमा पुर्याएका हुन् सुरेन्द्र गाउँलेका लागि अहिले देउतै भएका छन्
गाउँमा बिहानै बाढी आयोएको थियो सुरेन्द्र गैंडाले धान खाए नखाएको हेर्न खेतमा बनाएको अग्लो मचानमा सुत्न गएका थिए बिहान बिउँझदा आकासबाट बेजोडले पानी परेको थियो हेर्दा हेर्दै गाउँ जलमग्न हुन थाल्यो अग्लो मचानमा बसेका सुरेन्द्रले रिउ गाउँ पसेको मेसो पाइ सकेका थिए
बस्तीबाट झण्डै चार सय मिटर परको मचानबाट हतारिदै झरेर घर जान हिडेका सुरेन्द्रलाई एक पटक भेलले लडायो पनि तर पौडिन निपुण उनी केही पर गएर उत्रिए त्यसपछि घर आउँदा भाग्न दौडन सक्नेहरु गाउँदेखि पुर्वमा रहेको स्कुलमा जम्मा भएको उनले देखे उनकी श्रीमती दुई छोरी एक छोरा घरमै फसेका रहेछन् पहिला उनैलाई तारे
गाउँ पसेको रिउको भेलले घरका गारो बारहरु धमाधम भत्काउँदै बगाउँदै गरेको थियो छोराछोरीहरुलाई तार्दै गर्दा उनले कोही चिच्याएको सुने काजीमान विक उनकी श्रीमती रोइकराई गर्दै थिए घरको धुरी च्यातेर भित्र गइ सुरेन्द्रले उनलाई स्कुलसम्म लगे भेलमा मान्छे तारेको अनुभव भने थिएन त्यसैले कुनै बेला उनी आफै पनि धन्न बगेका
'तै पनि मान्छे तार्न छाडिन कताबाट हो के कुराले हो कुन्नी यो काम गर तैले नगरे अरु कस्ले गर्छ भने जस्तो लाग्यो अनि ज्यान फालेर भेलमा हेलिएँ" सुरेन्द्रले सुनाए देब्रे खुट्टा नचल्ने यमबहादुर विक अत्तालिदै रोएर बसेका थिए अरुको साहारा बिना उनी पार लाग्न सक्दैन थिए गाउँका सवै लाखापाखा भएका थिए उनै सुरेन्द्रले उद्धार गरे यमबहादुरको
त्यस दिन मान्छे मात्रै होइन धेरैका गाई भेसी बाख्रा पनि जोगाइ दिए सुरेन्द्रले तर उनले आफ्नो खोरका चार बाख्रा जोगाउनै सकेनन् त्यस दिन बाढी आउना साथै अरु सवै सुरक्षित स्थालमा लागे तर उनी दिन भर गाउँ मै बसे अरुका गोठमा दाम्लोमा अड्केर गाई भैसी नमरुन भन्नका लागि दाम्लो फुकाए त्यसरी जोगिएका गाइ बस्तु अहिले गाउँ फर्कदै छन् गाउँले भने विस्थापित भएर शिविरमा छन् सुरेन्द्रलाई शिविरमा पनि खाना बनाउन भ्याइ नभ्याई


No comments:

Post a Comment