Tuesday, September 28, 2010

कालो बादलमा चाँदीको घेरा

नेपाली काँग्रेसको १२ औं महाधिवेशन सकिएको असोज एकदेखि पाँच गतेसम्म भएको अधिवेशनको अन्तिम दिन नयाँ कार्य समितिको पदाधिकारीहरुको निर्वाचन भएको थियो सो निर्वाचनमा खसेको मतको परिणाम असोज ११ गते मात्रै पुर्णरुपमा आएको काँग्रेसको राजनीतिले देशमा तरङ्ग ल्यायो यो तरङ् अब विस्तारै साम्य हुने छेउछाउमा कही कतै केही सम्झनाहरु भने छोड्ने देशको राजनीतिमा पनि हल्का भए पनि प्रभाव पर्ने नै जनसाधरणलाई पनि केही दिएको यो महाधिवेशनले त्यसो प्रधानमन्त्रीको कहिल्यै नजित्ने दौडमा एक्लै सहभागि हुन तम्सेर आठौं पटक पनि पराजित हुने रामचन्द्र पौडेलको पार्टीले जनसाधरणका लागि समारात्मक खालका प्रभाव के नै पारेको होला भन्ने आम धारणा हुन सक्छ तर अन्यौल निराशाले ढाकेको मुलुकको राजनीतिमा आशाका कणहरु पनि छोडन सफल भएको काँग्रेस अधिवेशन
मलाइ लागेको सवैभन्दा राम्रो कुरा काँग्रेसको अधिवेशनमा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा गगन थापाले सर्वाधिक मत ल्याए उज्यालो सपना बोकेका, राजनीतिमा सफा नियत राखेका गगनको यो सफलता दुर्गन्ध मौलाएको नेपालको राजनैतिक आकासमा मडारिएको कालो बादलमा देखिएको चाँदीको घेरा जस्तै हो महाधिवेशनअघि वैचारिक रुपमा काँग्रेसमा राजनीति हुने गर्छ भन्ने भावना जगाउने काम भिमबहादुर तामाङ नरहरि आचार्यको उम्मेदवारीले गरेको थियो तर त्यो समुहले निर्वाचनमा साह्रै झिनो मत ल्यायो नरहरि आचार्य जस्तो व्यक्तित्वलाई नपत्याउने काँग्रेसका कार्यकर्ता कस्ता होलान भन्ने सवैलाई लाग्यो थियो गगन थापालाई उनीहरुले धेरै मत दिए काँग्रेस कार्यकर्ता प्रति नकारात्मक धाराणा राख्नेहरु अब दुई प्रतिशत भए पनि कम भएका छन्
सभापतिमा बुढा कोइरला चुनिए पदाधिकारीमा पुरनाकै बर्चस्व यी सवै कुराले आशा राख्ने ठाउँ धेरै देखाउँदैन तर देशको राजनीतिमा गन्हाएका गोविन्दराज, चिरििजंविहरुलाई प्रतिनिधिहरुले पाखा लगाए राजनीतिलाई फोहर बनाएर त्यसमा खेल्न सिकेका खतरनाक खेलाडी खुमबहादुर खड्का तेस्रो स्थानमा नपरेको भए काँग्रेसका कार्यकर्तालाई सलाम गर्नेहरु अझै एक प्रतिशत बढ्ने सम्भावना थियो तै पनि गन्हाएका बहुमत नेताहरु महाधिवेशनमा पछारिए यसले गर्दा काँग्रेस प्रतिको सहानुभुति केही जोगियो
पदाधिकारीमा चित्रलेखा यादवको जितले व्यक्तिगत रुपमा औधि हसर्ित छु यादव कोषध्यक्षमा विजयी भइन शेरबहादुर देउवाले प्रतिनिधि सभा असमयमै विघटन गरेपछि सभामुख उपसभामुख रहे अरु सवै सकिए सभामुख राजको पक्षमा लागे जन आन्द्योलनको बलमा विघटित प्रतिनिधि सभा स्थापित भयो पहिलो बैठक राख्दा तत्कालिन सभामुख तारानाथ रानाभाट किनारा लगाइए चित्रलेखा यादवले त्यो ऐतिहासिक बैठक संचालन गरिन त्यो बेलाको उनको बोली मेरो मन मस्तिष्कमा अझै गुजि रहन्छ त्यो व्यक्तिको सम्मान काँग्रेसका मतदाताले गरे काँग्रेसको महाधिवेशन राम्रो ठान्न मेरो मनलाई प्रेरित गर्नेमा चित्रलेखा यादवको जितको भुमिका ८० प्रतिशत गगनको पहिलो स्थानले १९ प्रतिशत ठाउँ ओगटेको नरहरी अचार्यले राम्रो मत ल्याएको भए चक्र बास्तोला सुप्रभा मध्ये कसैले जितेको भए चित्र लेखाको विजयी भुमिका ५० प्रतिशतमा खुम्चने थियो खुमबहादुरको तेस्रो स्थान सहितको जितले खुम्चाएको मेरो मनलाई गोविन्दराज चिरिजंविको हारले केही फुकायॊ तर समर्गमा काँग्रेस उस्तै छ। तर सवै रातको बिहानी अवश्य हुन्छ काँग्रेस प्रति आशावादी बन्न सकिने सम्भावनाका कणहरु भने देखा परेका छन्


No comments:

Post a Comment