गत जेठमा त्यो गाउँमा ठुलो विपत आयो । जंगलबाट ल्याएको च्याउँ पकाएर खाँदा कान्दाका बाबुराम चेपाङका परिवाररै सखाप भए । सहरमा डा. भक्तमान श्रेष्ठ अपहरणमा परेको र छुटेको कुराले मिडिया ढाकिएका थिए । त्यसैले एकै परिवारका आठजना सखाप हुँदा पनि यो विषयले मिडियामा त्यत्ति ठाउँ पाएन । त्यस दिन च्याउको रस नखाएको नौ महिने बालक मात्रै जोगिए अरु सवैको जिवन समाप्त भएको थियो । कान्दाको पछिल्लो अवस्था बुझ्न असारको सुरुमै हामी भरतपुरबाट तीनजना पत्रकार त्यता उक्लिएका थियौं ।
बिहान सवा छ बजे लोथर बजारबाट हिडेको पहिला खोलाको तिर र त्यसपछि अत्यस लाग्दो उकालो चढेर लोथर गाविसको कान्दा गाउँ पुग्दा साँझको सवा सात भएको थियो । बाटोमा देखिएको थियो २० दिने सुत्केरीको विजोग । तागत दिने खानाको कुरा त परै जाओस सिमसिम पानी परेको त्यो लेकमा न्यानो लुगा समेत नपाएर अगेनाको आडैमा बसेकी थिइन ति सुत्केरी । जसले यसअघि पनि आठ सन्तान जन्माइ सकेकि थिइन् ।
गाउँमा कपडा नहुनु सवैको साँझा समस्या रहेछ । त्यहाँबाट फर्केर समाचार लेखेपछि सुत्केरी महिला र उनका सन्तानका लागि केही कपडाहरु जुट्यो । त्यहाँबाट फर्केपछि पत्रकार एकल सिलवाल आफ्नो मितसँग फेरि त्यो गाउँ पुग्नु भएछ । उहाँ र मितले अहिले कान्दाका लागि धेरै खाले योजना ल्याउनु भएको छ । जसमा कान्दाका लागि कपडा पनि पर्छ । अस्ति भरतपुरको वडा नं १० गुँरास चोकका महिलाले १२ बोरा कपडा जम्मा गरेछन् । पत्रकार एकल सिलवालले खिचेको तस्विर र सिलवालको अनुभुतिलाई आधार बनाएरपत्रकार प्रकाश ज्ञवालीले स्थानीय लोकतन्त्र दैनिकमा लेखेको आलेखले मन छोएर त्यहाँका महिलाले स्वस्फुर्त रुपमा कपडा जम्मा गरेछन् । अरु पनि सहयोग गर्ने अभिलाषा उनीहरुको छ ।
कपडा त पाउन कुनै गाह्रो भएन तर विकासका प्रशस्त सम्भावना भएर पनि त्यो ठाउँ भिल्लाको देशमा मिल्केको मणी जस्तै भएको छ । राम्रो चरन छ, मलिलो पाखो छ । बाख्रा पालन फष्ठाउँछ, सिमि बोडी मौलाउँ छ । यी यावत सम्भावनालाई पनि सदुपयोग गरेर िसंगो कान्दाको मुहार फेर्ने योजना एकलजीहरुले बनाउनु भएको छ । च्याउले आठजना गुमेको गाउँमा पुग्ने जमर्को गरेका पत्रकारहरुका कारण गाउँको स्वरुप फेरियो भने पत्रकारहरुलाई समाजले साच्चै माया गर्ने छ ।

धन्यवाद रमेश जी ,तपाई हरुको कठिन यात्रा को फल हो यो ,त्यो ठाउँ गएर त्यहाँ को स्त्तिथि को बारेमा हामीलाई जानकारी नवएको भए आज यो सहयोग को सुरुवात हुने थिएन .तपाई हरु तिन जना लाई मुरी मुरी धन्यवाद !!!
ReplyDeleteरबिन्द्र सिंह बानियाँ