Tuesday, September 14, 2010

बोटेनी र वृद्ध भत्ता

कपाल फुलेरै सेत्तै भएकी मंगली बोटे वृद्ध भत्ताको प्रतिक्षामा छिन् सरकारले ७० नाघेका बुढाबुढीलाई महिनाको पाँच सय रुपैयाँ भत्ता दिन्छ नेपाली नागरिकताको प्रमाण पत्रमा यो उमेर प्रष्टसँग लेखिएको हुनु पर्छ त्यो पैसा पाउनलाई तर विडम्वना मंगलीसँग नागरिकता छैन उनलाई आफु निकै बुढी भएको लाग्छ त्यसैले बुढी भएपछि भत्ता पाउनु पर्ने उनको जिकिर रहदै आएको त्यसो कति वर्षकी भएँ भन्ने हेक्का पनि उनलाई छैन उनको श्रीमान भिखनाले भत्ता पाउन लागेको चार वर्ष भयो श्रीमानले बेलादेखि पाएको हुँदा अब आफुले पनि पाउनु पर्ने उनको तर्क
जगतपुर गाविसको वडा नं. ध्रुवघाटभन्दा केही पश्चिम धम्पुसेमा उनको चार हातको छाप्रो जहाँ उनका श्रीमान भिखना उनी दुई चारवटा भाँडा कुँडा बाहेक केही अटाउँदैन छाप्रो बनेको ढिस्को तल राप्ती नदी बगेको यो वर्षामा राप्ती पनि उर्लन्छ हिउँदको नारायणीभन्दा ठुलो राप्ती यो बेला दैलोभन्दा दुई हात पर राप्ती बगेको मंगलीका जस्ता चारवटा छाप्रा छन् त्यहाँ उनका छोरा बुहरी श्यालाल स्यानी पनि त्यही बस्छन् नदीको आडैमा बसेको फइदा एका बिहानै साँझ पख पानीमा गएर जाल हानेर माछा धेरै मार्न सकिन्छ हो यत्तिका लागि उनीहरुलाई खोलोको ढिकले लोभाएको हो
तर मंगली भिखनाको जोडीले जति गरे पनि धेरै माछा मार्नै सक्दैनन् उनीहरुलाई अब उमेरले साथ दिदैन दिनमा एक पाउ आधा किलोसम्म माछा मारे भने उनीहरु थाकेर चुर चुर हुन्छन् एक किलो माछा बेच्दा दुई सय रुपैयाँ हात लाग्छ यो कमाइ सगरमाथा उक्ले सरह गाह्रो असम्भब हुन लागेको अचेल यी दम्पतिलाई अस्ती सोमबार हामीले भेट्दाको दिनमा मंगलीलाई सुर्ती खान खुवै तलतल लागे छोरासँग १० रुपैयाँ मागिन पाइनन् बुहारीले पनि उनको आग्रहलाई सुनेको नसुने झै गरिन् बुढालाई जाल हान्न जाउँ भनेर निकै कर गरिन एक मुठ्ठि सिद्रा परे त्यससँग पसल गएर सुर्तीको पोको साट्ने योजना मंगलीको थियो तर घर भित्रको एक हात अग्लो टाँडमा पल्टेका भिखना उठ्दै उठेनन्
उमेरसँगै आलस्य बढ्छ मंगलीले यो कुरा चाल पाएकी छन् त्यसैले भिखना उनको सुर्ती खाने चाहना पुरा गर्न हातमा जाल समातेर राप्तीमा हेलिने जागर चलाएनन् हो यस्तै बेलालाई चाहिदो रहेछ बृद्ध भत्ता भन्छिन् मंगली उनले भनिन 'जाल बोकेर माछा समात्न त्यस्तै हुन थाल्यो जंगल जान सक्दिन तल काट्न पनि सक्दिन सुर्ती खान अरुले १० रुपैयाँ पनि पत्याउँदैनन् यस्तो बेला भत्ता भए कति सुविस्ता हुन्थ्यो "
आठ वर्षअघि सम्म भिखना ध्रुवघाटमा ढुंगा चलाउँथे सिमेन्ट लगाएको घरमा बस्थे मंगलीलाई त्यो घर कत्ति पनि मन परेको थिएन सिमेन्टको चिसोले शरीर खान्छ भन्ने डर उनलाई थियो सिमेन्टको चिसोले के खान्थ्यो एक दिन घरमा चट्याङ भने परो एकजना महिलाको ज्यानै गयो मंगलीको शरीर नराम्ररी जल्यो भिखनाको पनि उही हालत भयो उपचारपछि देखिने चोट निको भयो त्यसपछि उनीहरु सिमेन्टको घर त्यागेर चार हातको छाप्रोमा बस्न आए झमझम झरी गर्दा राप्ती पस्ला भन्ने पिर उनीहरुलाई छैन बरु झरी चिसो बढ्दा चट्याङले खाएको दुवैको ज्यान नराम्ररी दुख्छ त्यो बेला मंगलीलाई लाग्दो रहेछ ' भत्ता नपाइ मर्ने भएँ "

No comments:

Post a Comment