Sunday, September 12, 2010

पाकेटमार चिन्ने काइदा

चोर हाम्रो प्रहरीभन्दा धेरै बाठो जस्तो लाग्छ हामीलाई किन भने बाठो नभएको भए चोरेर टाप कस्न कसरी सक्थ्यो तर प्रहरी पनि चलाख नै रहेछ किन भने चोरको पनि चण्डाल पाकेटमारको बोलि, बचन हर्कत सवै मेसो पाएछ नेपाल प्रहरीले अनि प्रहरीलाई धन्यवाद दिनु पर्छ किन भने पाकेट मारका कोड भाषा उसका हर्कत सवै सर्वसाधरणले थाहा पाउन भनेर पर्चा नै बनाएर छरेको चितवन प्रहरीले यस कारण प्रहरी प्रति हामी आभारी छौं दशैं तिहार जस्ता चाड पर्वहरु नजिक आउँदा पाकेटमार पनि चलायामान हुन्छन् त्यसैले प्रहरीबट पाएको जानकारीले हामीलाई लुटिनबाट जोगाउन सक्छ
गाडीमा कसैले ', यहाँ पैसा खसेछ" भन्ने कुरा गरेमा जान्नु रे त्यहाँ पाकेटमार पसेको पैसा खसेको भन्ने कुरा गर्ना साथ मान्छेले पहिला आफ्नो पकेट पैसा राखेको ठाउँ छाम्ने भयो पैसा खसेको भनेर पाकेट मार्ने उद्देश्यले कराएको मान्छेले अरु मान्छेले कहाँ छाम्छन् त्यो हेरेर पैसा राखेको ठाउँ पत्ता लागउँछ मेसो मिलाएर पैसा उछिट्याउँछ प्रहरीले बाँडेको पहेलो पर्चामा यो कुरा उल्लेख त्यसैले भिड भएको ठाउँमा बस्दा या बसमा यात्रा गर्दा कतैबाट पैसा खस्यो भन्ने आवाज आयो भने पैसा राखेको ठाउँमा आफ्नो हात अवश्य नै जान्छ अनि त्यसपछि 'ओहो यहाँ पाकेटमार रहेछ" भन्ने ख्याल राखेर सचेत हुनु पर्ने भयो
प्रहरीको पहेलो पर्चाले अरु पनि धेरै कुरा भन्छ जस्तै पाकेटमारले पाकेटमारलाई नै आफ्नो भाषामा केभन्दा हुन् ? उनीहरुले कोडभाषामा पाकेटमारलाई टिनुवा वा टिप्ली भन्दा रहेछन् ध्रुब दाइ पैसा भएको मान्छे हो भन्ने उनीहरुको कोड भाषा रहेछ गज भनेको हजार रुपैयाँको नोट आधा सेतो भनेको पाँच सय रुपैयाँको नोट गज भनेको सय रुपैयाँको नोट हुँदो रहेछ पाकेटमारको कोड भाषामा टिप्ली मास्टर भनेको पाकेटारको मेन मान्छे हुँदो रहेछ प्रहरीलाई के भन्दा हुन भन्ने लाग्दो हो थरि थरि सुरक्षाकर्मीका लागि फर फरक कोड भाषा रहेछ प्रहरी भ्यानलाई भने पाकेटमारहरु कोडा भाषामा मानबेचे भन्दा रहेछन्
पोशाकमा रहेको प्रहरीलाई लाटा र सादा पोशाकको प्रहरीलाई पाकेटमारहरु ठुला भन्दा रहेछन् केरकारको प्रहरीलाई डे भन्दा रहेछन् नेपाली सेना शसस्त्र प्रहरीलाई निलचरी भन्दा रहेछन् लाहुरे भन्न माहुरे शब्द प्रयोग हुँदो रहेछ माइली भनेको भारतीय रुपैयाँ होइछ डलरलाई पाकेटारहरु ठुली भन्दा रहेछन् कान मसला भनेको मोवाइल रहेछ तान भनेको साथी होइछ घोप्टे भनेको खुकुरी रहेछ पाकेटमार्दा छेकछाक गर्ने मान्छेलाई ढेक भन्दा रहेछन् उनीहरु छुरी या चक्कुलाई चिसो भन्ने बानी रहेछ दस्ती तोड भनेको रुपैयाँ निकाल भनेको होइछ दह भनेर पनि यही कुरा संकेत गर्दा रहेछन् पाकेटमारहरु
चितवन प्रहरीले यो कोड भाषा पत्ता लगाउन निकै मेहनत गरेको देखिन्छ मिहनेत गरेको बाहिर देखाउनु पनि पर्छ त्यसैले पर्चा नै छापेर बाँडेको अब समस्या कहाँ नेर आउँछ भने धेरै कोड शब्दहरु दैनिक कामकारवाहीमा बोलीमा आउने छन् पाकेटमारले नभएर राम्रै मान्छेले ति शब्द बोल्यो भने बिचरा उसको राम धुलाई हुन बेर छैन त्यसैले शब्द सुनेपछि पनि केही बेर बोल्नेको हर्कत बिचार गर्नै पर्छ है नत्र बर्बाद होला अनि पुलिसले पाकेटमारका कोड शब्द यसरी सार्वजनिक गरेपछि पाकेटमार कौन्सा हुस्सु हो उनै शब्द बोल्दै बस्ने उसले पनि कोड शब्द नयाँ जन्माउला नि नयाँ शब्द नखोजे पाकेटमार लन्ठु, जन्माए हाम्रा प्रहरी हुस्सु होइन ?


No comments:

Post a Comment