Saturday, September 25, 2010

जता ततै उस्तै हाल

अघिल्लो भदौ महिनामा चितवनको मंगलपुरमा गैंडा मरेको खवर आयो चर्दै आएको गैंडा गाउँलेले धान जोगाउन खेतमा तार घेरेर त्यसमा छाडेको विजुलीको करेण्टको झड्काले मरेको थियो धान बचाउने उपाएका कारण घानमा परेको गैंडा खाल्डोमा पुर्न थियो गैंडा पुर्नु चान चुने कुरा होइन अस्ती पृथ्वीराजमार्गको कुरिनटारमा पहिरो खस्दा स्काभेटरको सहयोगले सफा गर्नु परेको थियो गैंडा पुर्न पनि त्यस्तै पहिरो पन्छाउनु जस्तै काम हो किन भने अचेल गैंडा पुर्न पनि स्काभेटर नभइ हुँदैन मंगलपुरमा पनि सामुदायिक वन उपभोक्ता समुहले स्काभेटर ल्याएर त्यसको साहारामा गैंडालाई उचाल्ने खाल्टो खन्ने पुर्ने काम सकायो
गैंडा स्काभेटरले उठाएर मरेको ठाउँबाट करिब दुई सय मिटर पर सामुदायिक वन उपभोक्ता समुहको कार्यालय परिसर भित्र लग्यो त्यहाँ खाल्टो खन्यो गाड्यो मरेको ठाउँबाट पुर्ने ठाउँसम्म ल्याउन एक मिनेट पनि लागेको होइन गैंडालाई तर स्काभेटरले तुर्लङग गैंडा झुण्डाएर हिडाएको दृश्य हृदय विदारक थियो गैंडा विश्वकै दुर्लभ वन्य प्राणी हो नेपालमा चितवन निकुंज यसको मुख्य वासस्थल हो गैंडा हेर्नकै लागि देश विदेशमा पर्यटकहरु चितवन आउँछन् गैंडा यहाँको आर्थिक उन्नतिसँग प्रतक्ष्य जोडिएको जनावर हो तर मरेपछि गैंडाको त्यत्रो अपमान मान्छेबाट त्यो हदसम्मको निर्दयिता प्रदर्शन
जंगली हात्तीले पुर्वी नेपालमा धेरै दुःख दिन्छ भारतको आसामा डुवस्र हुँदै नेपालको झापासम्म आउने हात्तीले त्यहाँ मान्छेको घरबास भत्काउने अन्न बालीनाली खाइदिने गरेर हैरान पार्छन तर ति हात्ती पनि निकै निर्दयिता पुर्वक मारिन्छन् हात्तीलाई मान्छेले हातले मार्न निकै गाह्रो हुँदो हो तर भारतमा हात्ती रेलको ठक्करले भटाभट मारिन थालेको खवर आइरहेको अस्ति असोज आठ गते शुक्रबारको भारतीय पत्रिका हिमालय दर्पणको मुख्य पेजमा ठुलो फोटो छापिएको थियो एका बिहानै हिमालय दर्पणको भस्रन कमप्युटरमा हेर्दा आङनै जिरिङ भएको थियो फोटो ठुलो रंगिन विभत्स थियो
जनावरहरुको यस्तो विभत्स हाल गराउने मान्छे नै हो त्यसैले आफ्नो बस्तीमा पसेर आफ्नो स्व्भाव अनुसार हामीलाई वितण्डा लाग्ने गतिविधि गर्ने हात्तीभन्दा मानव कुन हदसम्म निर्दयी रहेछ त्यो फोटोमा झल्कन्थ्यो मान्छे साह्रै निर्दयी हुदो रहेछ अरुलाई व्यवहार गर्ने बेलामा त्यो हात्तीलाई क्रेन नै लगाएर उठाएको फोटो भोलि पल्ट हिमालय दर्पणले नै छाप्यो यता गैंडालाई स्काभेटरले उठाएर सार्वजनिक प्रदर्शन गरिन्छ उता सिमाना पारि पनि उस्तै हाल रहेछ जनावरको बारेमा मान्छे अलिपति पनि संवेदनशिल हुन नसकेको उदाहरण हो यो
मान्छेले मानव अधिकारको कुरा निकै उठाउँछ मानव अधिकार भित्र जन्मेदेखि मर्दासम्म मान्छेले सम्मानित जीवन व्यतित गर्न पाउनु पर्ने कुराहरु पर्छन् त्यसैले मान्छे जन्मदा सवैको चासो हुन्छ मरेपछि पनि सवै लगेर अन्तिम कि्रया गर्छन राम्रोसँग यो काम पुरा गर्छन मान्छेका बारेमा यत्रो व्यवस्था गर्न जानेको मान्छेले आफुभन्दा निर्धो जनावरका लागि भने किन केही नसोचेको होला तिनै जनावरको आधारमा आर्थिक गतिविधि मौलाएको तर मान्छे तिनीहरुलाई पुरा जिवन बचाउने मरेको अवस्थामा पनि सम्मान दिने कुरामा चुकेको


No comments:

Post a Comment