Saturday, September 18, 2010

उत्खनन

राष्ट्रिय मानव अधिकार आगोगको अगुवाइमा जनकपुर नजिकको कमला नदी किनारमा यस पटक उत्खन कार्य चलेको माओवादीले चलाएको शसस्त्र संघर्षका बेलामा सरकारका मान्छे अर्थात प्रहरीले समातेका युवालाई सेनाले मारेर पुरेको आशंका लागेका ठाउँहरुमा खन्ने काम भएको हो खन्दा युवाहरुको कंकाल, गोलीका खोका लत्ता कपडा पनि भेटिएको समाचारहरु प्रकाशित भएका छन् माओवादीले चलाएको शसस्त्र संघर्षका बेलामा मान्छेको ज्यानलाई भुसुना बराबर पनि नठानेर मार्ने लाश गायब पार्ने प्रचलन खुवै मौलायो राज्यनै यो काममा अग्रसर थियो माओवादीलाई मारेपछि कतै प्रश्न उठ्दैन भन्ने दम्भ थियो, ठम्म्याइ थियो पापधुरीबाट कराउछ भने जस्तै आज शान्ति सम्झौता भएको चार वर्ष पुग्नै लाग्दा चिहान खोतलीदै सरकारको ताकत भएमा बेला मार्नेहरु अब थुनिने छन्
कमला नदीमा उत्खनन भइ रहँदा माओवादी चुप माओवादी चुप लाग्दा उत्खनन जारी राख्न मद्दत मिल्छ माओवादीको यो सहयोगले दण्डहिनतालाई अन्त्य गर्न राम्रो सन्देश जान्छ अहिले चरा मारे जसरी मान्छे मार्ने गरेका तराईका हतियारधारी समुह पनि तस्रने छन्, यो उत्खननले किन भने मान्छे मारेमा कुनै कुनै बेला कठारघारमा उभिनु पर्छ भन्ने उनीहरुलाई लाग्न सक्छ मान्छेको जिवनको मुल्य उनीहरुलाई थाहा लाग्न सक्छ तर यसो भइ हाल्ला भन्ने ग्यारेण्टी भने छैन है, त्यो पनि माओवादीकै कारणले हुने हो अरुका कारणले होइन कमला किनारमा उत्खनन गरेर सेना प्रहरीलाई कारवाही गराउने कुरामा माओवादी चुप तर पत्रकार डेकेन्द्र थापाको कंकाल खोज्ने क्रममा माओवादीले ठुलो आपत्ति जनायो यसले विद्रोहीहरुले संघर्षका बेलामा गरेको जस्तो सुकै कामको पनि पछि आवाज उठाउन पाइदैन भन्ने सन्देश जानसक्छ मधेसमा अहिले हतियार बोकेर हिडेका समुह उन्मत्त हुने खतरा रहन्छ
पत्रकार डेकेन्द्र थापाको अस्थिपंजर खोजीको विषयमा माओवादीले आपत्ति जनाएको कुरा पुरानो हुन सक्छ हालैमा एउटा त्यस्तै खालको नयाँ नौलो घटना भएको माओवादीका सभासद बालकृष्ण ढुंगेल ज्यान मुद्दामा सर्वोच्च अदालतबाट समेत दोषि ठहर भए ओखलढुंगाका यी सभासदलाई वि.. २०५६ सालमा मुद्दा लागेको रहेछ सेना प्रहरी मारेको होइन सर्वसाधरण उज्ज्नकुमार श्रेष्ठलाई सुराकीको आरोपमा मारेको अभियोगमा उनी माथि त्यस्तो सजाय भएको रहेछ तर माओवादी शसस्त्र संघर्षका बेलामा भएको घटना भएकाले अदालतले गरेको सजाय नमान्ने बताउँदै आएको रहेछ माओवादीले एउटा कुरा भन्दै गर्ला राज्यको ऐन कानुनले अर्को कुरा भन्दै गर्ला, हामीले त्यो सवै हॆर्दै गरौंला
आफुलाई परेको अफ्ठेरोमा माओवादी युद्ध कालको मुद्दा व्युँताएको भनेर आक्रोशित हुन्छ सेना प्रहरीले गरेको अपराध खोज्न राज्यले चालेको पहलमा चुपचाप रहन्छ ढुंगेलको सजायमा आपत्ति जनाउने माओवादी कमला नदी छेउमा भएको उत्खननमा किन केही नबोलेको हो ला ? आखिर यो पनि युद्धकालमा भएको घटना नै हो नि कमला उत्खननमा मेरो कुनै आपत्ति छैन गैर न्यायिक लाग्ने हरेक घटनाको अब स्वतन्त्र उत्खनन आवश्यक तर राज्य संलग्न घटनामा चुप लाग्ने माओवादी आफु संलग्न घटनामा भने 'अन्याय भयो युद्ध कालको घटना यसरी खोतल्न हुँदैन थियो" भन्छ मलाई यो कुरा मात्रै चित्त नबुझेको हो तर यसरी चित्त नबुझाउनेहरु माओवादी दृष्टीकोणमा प्रतिकि्रयावादी कहलिन्छन तर डेकेन्द्र थापाको अस्थिपन्जर खोज्दा चित्त दुखाउने माओवादीहरु कमला नदीमा खन्ने काम हुँदा किन त्यसो नगरेको भनेर प्रश्न गर्नु अवश्य गलत हुँदैन
माओवादीहरु मैना सुनुवारको हत्या काण्डका आरोपिहरुलाई कारवाही हुँदा जायज भन्छन सिन्धुपाल चोकका कुनै सर्वसाधरणको हत्या या अपहरण के को हो आरोपमा मुछिएका पार्टीका नेता अग्नि सापकोटलाई विदेश जाँदा सोही आरोपका कारण भिसा नमिल्दा रडाको मच्चाउँछन् मैना सुनुवार हत्या काण्ड ज्यादै जघन्य अपराध हो यसका अराधीहरुले उनमुक्ति पाउनु हुँदैन तर त्यस्तै अपराधका आरोपि माओवादीका मान्छेले के कारणले हो उनमुक्ति पाउनु पर्ने नबुझेको कुरा यही हो के यसरी प्रश्न गर्ने पाइने हो ? अथवा के हो ? घोत्लिदै जाँदा कमला उत्खननले चरित्रको पनि उत्खनन् गरेको


No comments:

Post a Comment