बागमती नदी हेरेर काठमाडौंमा आहा भन्ने कोही पनि हुँदैन । सवैको मुखबाट छ्या वागमती निस्कन्छ । आरध्यदेव पशुपति नाथको मन्दिर आडैमा पनि वागमती शुद्ध र सफा छैन । वागमती नदी नभएर धेरै ठाउँमा कुलो र अझ फोहर पानी बग्ने साह्रै अव्यवस्थित नाला जस्तो देखिन्छ । वागमतीको हालत निकै दयनिय अवस्थामा पुगेको छ । यो कहिल्यै सफा हुन सक्दैन भन्ने लाग्छ नेपालीलाई । तर केही यसलाई निर्मल र कंचन बनाउन लागेका छन् मरिमेटेर । तर त्यो शक्ति निकै थोरै छ ।
यो छ्या वागमतीलाई आहा भन्ने बनाउन नसकिने भने पक्कै होइन । नागरिक न्युज अनलाइनमा विकास कार्मीले एक पटक होइन दुई पटकसम्म वागमतीको एउटा फोटो हालेका छन् । जुन फोटो हेरे त्यो वागमती हो भन्ने विश्व्सा गर्नै सकिन्न । फोष्टरहरु मा देखिने विदेश तिरको दामी सिन जस्तो छ त्यो फोटो । त्यति राम्रो ठाउँ वागमती भनेर झुक्किभएर राख्यो कि भन्ने पनि लाग्छ सुरुमा तर त्यो वागमती नै रहेछ । त्यति राम्रो पनि रहेछ वागमती कुनै पुरानो होइन अहिले कै फोटो हो ।
वर्षाले पखालीएर वरपरको ढुंगा पनि सफा र चिल्ला भएका छन् । हरियाली लपक्कै पोतिएको छ सुन्दर चित्रमा मिलाएर रंग पोते जसरी । पानी यति कंचन छ कि पानी नभएर त्यो दुध हो । यस्तो वागमतीको कल्पना हामी गर्नै सक्दैनौं पशुपतिको आडमा वगेको वागमती देख्नेहरुले । शिव लिङ्गमा दुध चढाएको जस्तै देखिन्छ त्यहाँको नदीको धारा । साच्चैको अकल्पनीय छ वागमतीको तस्विर । यस्तो पनि रहेछ वागमती । एक पटक दगदास बनाउँछ सवैलाई त्यो फोटोले । मान्छे धेरै बेर गम खान्छ । गम खाँदा खाँदै वागमतीलाई पुरै त्यही अवस्थामा देखने चाहना पनि मन भित्र फैलाउँछ । यद्यपि यथार्थमा त्यो हुन केही गाह्रो भने अवश्य छ ।
यो फोटो वागमती नदीको मुहान सुन्दरी जल नजिक खिचेको होइछ । मुहान आसापास वागमती एक्दमै सफा छ । जसको मुहान सफा हुन्छ त्यसलाई पुरै सफा राख्न केही असम्भव हुँदै हुँदैन । वागमती तल लागेपछि मान्छेका कारणले फोहर भएको हो । आधारभुत रुपमा वागमती सफा नै छ । मान्छेका कारण मैला भएको हो भने त्यसलाई सफा गर्ने ताकत पनि मान्छेसँगै छ । फोहर गर्न सजिलो छ, निकै सजिलो, सफा गर्न भने त्यति सजिलो छैन । सजिलैसँग गरेको फोहर हटाउन केही मिहेनत गरे जत्रो सुकै फोहरको पहाड पनि पन्छिन्छ । तर पहाड फार्ने आँट गर्नु पर्छ योजना बनाउनु पर्छ । आँट र योजना एक दुईजनाले बनाए हुन्छ तर योजना कार्यान्वयन गर्न समुदायलाई नै समेट्नु पर्छ ।
यसरी काम भयो भने पुरै वागमती आधारभुत स्वरुपमै फर्कन बेर लाग्दैन । हामीलाई प्रकृतिले ज्यादै सुन्दर बस्तुहरु दिएको छ । वागमती पनि त्यस्तै सुन्दर छ प्राकसतिक रुपमा । त्यसलाई विगार्ने काम हामीले गरेका हौ । उसलाई उसकै रुपमा फर्काउनु पर्ने दायित्व पनि हाम्रो हो । तर हामी अझै यो बारेमा त्यति गम्भिर छैनौं । हामी वागमतीको मुहान नै धमिलाउँन उद्यत होउँला तर वागमतीलाई मुहानको जस्तो कंचन र निर्मल बनाउन लालयित छैनौं ।वागमती सुधार्न देखा परेको मुख्य समस्या नै आखिरमा यही हो ।

No comments:
Post a Comment