Sunday, September 5, 2010

मुनरिको नियती

सवै बाढी पिडितहरु गर्दी गाविसको कार्यालय भवनमा धर्ना बसेका थिए सोही गाविसको वडा नं। इमिलिया गाउँमा भदौं गते रिउ खोलाको बाढी पसेर विध्वंस मच्चाएको थियो गाउँका अगुवा लालबहादुर विकको नेतृत्वमा सवै एक गोलो भएरु गाविसमा बसेका थिए गाउँ अन्यत्र सार्नु पर्ने माग राखेर बसेका सवैले यो पटक एउटै खालको व्यथा भोगेका थिए अन्न रुझायो, खेत बालुवाले पुरो, गाई भैसी बगाए, धन्न धन्न ज्यान जोगियो भनेर बिलौना गर्दथे सवै भिडभन्दा केही पर छाता ओढेर बसेका एकजना कालो वर्णका व्यक्ति भेटिए उनी रहेछन् शनिश्चरा महतो सवैकोभन्दा उनको व्यथा पिडादायी रहेछ
बाढी उनको छाप्रो जहाँ थियो त्यसैको आडबाट गाउँमा पसेको रहेछ त्यहाँ जाँदा देखियो उनको घर भएको ठाउँमा ठुलो खाल्टो परेको रहेछ अरु केही अवशेष देखिन्न त्यहाँ शनिश्चराले अवशेष नै बाँकी नरहने गरेर घर मात्रै होइन यो बाढीमा उनले आफ्नो श्रीमती मुनरीलाई पनि गुमाएका छन् त्यसो बाढीले दुवैलाई बगाएको थियो भेलमा उनी कसो कसो गर्दै पार लागे तर श्रीमतीको अझैसम्म नलाश नसास भेटियो उनी जिउँदै भेटिएमा ठुलै चमत्कार हुने त्यसैले सवैले मुनरिको ज्यानको आशा मारि सकेका छन् तर खोजतलाश जारी घर भएको ठाउँमा परेकोभन्दा ठुलो खाल्डो शनिश्चराको मनमा परेको
मुनरीले अरुको खेत अधियाँ गरेर खाने गरिव किसान हुन् बाढी पस्दाको बिहान अरु बेलाकोभन्दा ठुलो पानी परेको थियो छाप्रो आडैको रिउमा भेल बढ्दै थियो तर केही बेरपछि पानी थामियो कुनै विपत्तिको आउँला भनेर त्यो बेला शंका गर्न सकिदैन थियो भन्छन् शनिश्चरा पानी पर्न रोकिएपछि शनिश्चराकी श्रीमती मुनरी खाना पकाउने मेसो गर्न थालिन् तर नसोचेको नसम्झेको रिउ अचानक उर्लन थाल्यो पानी फेरि वर्षन लाग्यो खाना पकाउन लागेकी मुनरी काम छाडेर शनिश्चरासँगै आगनबाट रिउ हेर्न थालिन रिउ विकराल हुँदै उनीहरुको घर तर्फ मोडियो
रिउको पहिलो छालले शनिश्चरालाई घरदेखि छुटाएर आफुसँगै तान्यो हडबडाउँदै मुनरि पनि पछि लागिन तर गुटमुटाएर दुवैलाई लग्यो रिउले इमिलियादॆखि झण्डै डेढ किलोमटिर तल जंगल नजिक उत्रेका शनिश्चरालाई निकै बेर कहा छु केगर्दे छु के भएको हो भन्ने सम्झनै भएन पानीको भुल्कोमा केही चिजमा अड्केर बसेका उनको होसहवास नै गुम भएको रहेछ केही बेरपछि वरपर सर्पहरु नाच्न थालेछन् उनको ज्यान नजिकै पुच्छर हल्लाउँदै सर्पहरु ओहर दोहर गर्न थालेपछि त्यसपछि शनिश्चरा हक्का नि थाले सर्पको डरले भाग्दै पानीबाट निस्केर उनी जंगल तर्फ लागे केही बेर हिडेपछि सुरक्षाकर्मीले भेटाएर बनकट्टा पोष्टमा ल्याएछन् न्यानो कपडा ओढाएर आगो नजिक राखेपछि बल्ल उनको होस हवास फर्कन लागे
पोष्ट पुग्दा अध्यारो गाढा भइसकेको थियो ज्यान तात्न थालेछि उनले त्यो दिनको सुरुवात देखिका कुराहरु सम्झना लागे पानी परेको थामिएको, रिउ उर्लेको, बाढी पसेको , आफुलाई बगाएको अनि झस्ल्यांग भए श्रीमती पनि बगेकी हो नि त्यसलाई के भयो ? उत्तर दिन सक्ने त्यहाँ केही थिएनन् भोलि पल्ट गाउँ जान सक्ने अवस्था थिएन भेटिएका गाउँलेहरुले शनिश्चरालाई देखेर खुसी प्रकट गरे तर उनकी श्रीमती मुनरी खै ? तत्कालै खोजी सुरु भएको हो तर लाश सास भेटियो लामो समयसम्म घर उखेलेर लैजादा बनेको गहिरो खाल्टो केही सयमपछि पुरिएला तर शनिश्चराको मनमा परेको खाल्टो के गरेर पुरिएला खै ?

No comments:

Post a Comment