Friday, September 17, 2010

फेस बुकको लत

फेस बुक नभएमा केही काम रोकिने छेकिने हुँदैन तर इन्टरनेट प्रयोगकर्ताले कमप्युटर खोलोपछि फेसबुक पनि खोली हाल्छन् नेट फेसबुक उस्तै उस्तै जस्तो भएको अचेल नेपालमा त्यो सो यो नेपालमा मात्रै होइन विश्वव्यापी रुपमा नै फेसबुक लोक पि्रय तर यसको उपयोगिता त्यस्तै बिछट्टै केही छैन फेसबुकलाई धेरैभन्दा धेरै उपयोगि बनाउने दायित्व यसका प्रयोगकर्ताको पनि हो तर अत्याधिक प्रयोगकर्ताले यसलाई हल्का फुल्का गफ गर्ने नेट मंच या चौतारीको रुपमा लिएका छन् यसको खास उपयोगिता के हो कसैलाई थाहा छैन सवैले आफ्नो तरिकाले बुझेका छन् चलाएका छन् जसका कारण कुनै कुनै देशको सामाजिक रिवाज भन्दा प्रतिकुल काममा फेसबुक बढी प्रयोग भएकाले दक्षिण एसियाका केही देशहरुमा यो प्रतिवन्धित समेत
नेपालमा पनि यस्तै ताल रहयो भने यो प्रतिबन्धित हुने समय धेरै टाढा छैन जस्तो अस्ति भर्खर पत्रिकामा एउटा समाचार आएको थियो अश्लिल हो भन्ने लागेमा सरकारले फेसबुक पनि बन्द गर्न सक्छ फेसबुक आफैमा अश्लिल साइट हुँदै होइन तर प्रयोगकर्ताले यसलाई त्यस्तो बनाएका छन् फेसबुकमा अश्लिल भिडियोका क्लिप्सहरु छ्याप्छ्याप्ती हुन थालेका छन् सरकार आफ्नो बचनमा पक्का हो भने फेसबुक बन्द हुन कुनै समय लाग्दैन तर सरकारले भने अनुसार के पो गरेको नेपालमा अहिले काही अनौठो काम पनि गर्छ यस्तै सनकमा लागेर फेसबुक फ्याट्ट बन्द गरिदिइ हाल्न पनि सक्छ
मानौ नेपालमा फेसबुक नेपालमा बन्द भयो भने के होला प्रयोगकर्ताहरु केही समयसम्म नुन खाएका कुखुरा जस्तो झोक्राएर बस्ने छन् त्यो समय महिना दिन या त्योभन्दा बढी पनि हुन सक्छ अहिले नियमित फेसबुक चलाइ रहेको हुँदा कसैलाई त्यस्तो नलागेको हुन सक्छ तर फेसबुक झ्याप्प बन्द भयो भने प्रयोगकर्तामा पर्ने प्रभावको आँकलन अहिले कसैले गर्न सक्दैन तर कुरा के हो भने फेसबुक बन्द हुँदा बित्तिकै मुटुमै चोट पनि पर्न सक्छ धेरैलाई किन भने यसले लतको रुप लिइसकेको लत सुपारी खाए जस्तो चिया खाए जस्तो चुरोट खैनी खाए जस्तो अनि अन्य खतरनाक लागु औषध खाए जस्तो लत फेसबुकलाई कुन तरिकाले प्रयोग गरेको लतको मात्रा त्यसको प्रभाव पनि त्यही अनुरुपको हुने भयो
फेसबुकको लत लागेको कुरा एउटा घटनाले देखाएको हो अस्ति भिदौ ३१ गते बिहानैदेखि फेसबुक खुलेन फेसबुक नखुल्दा अचम्म लाग्यो दिउँसोसम्म पनि खुलेन सोधखोज गर्दै जाँदा धेरैको कम्प्युटरमा यस्तो भएको थाहा भयो साँझ चितवन पोष्ट गएको त्यहाँ भने चलि रहेको रहेछ पहिला कतै पनि चलेको छैन भन्दा खासै केही लागेको थिएन् पछि कतै चलेको कतै नचलेको बुझियो यो बुझाइ एका तर्फ भने अर्को तर्फ फेसबुक नचल्दा बेचैनि निकै बढेको थियो मैले फेसबुक खासै चलाउँदिन आफ्नो ब्लग भने यसमा लिङ्क गर्छु स्टाटस पनि हप्ता १० दिनमा एक पटक बदलिन्छ कुनै उपयोगि कुरा भए त्यो पनि लिङ्क गर्छु कमप्युटर खुलेपछि फेसबुक पनि खुल्छ अनलाईनमा भेटहुने साथीहरुसँग च्याट हुन्छ
बस यत्ति गर्ने मलाई फेसबुक नखुल्दा साह्रै गाह्रो भयो हिजो ब्लग नै लेखिन फेसबुक नचलेको हो तर मलाई नेट नै नचलेको जस्तो भान परो पछि एउटा पुरानो खवर याद आयो जसमा भदौ ३० गतेपछि फेसबुक पुरनो ब्राउजरमा नखुल्ने कुरा थियो ब्राउजर अपडेट नै भएको थिएन त्यो ख्याल हुना साथ ब्राउजर अपडेट गरेको फेसबुक साविक कै तालमा चल्यो अनि मेरो नेट मनस्थिति पनि साविकको तालमा आयो प्रतिबन्ध लागेरयो बन्दै भएमा के होला ? यसको निकटमा बढीभन्दा बढी बसेकाहरुलाई के हुने होला ? भन्ने मलाई यस कारणले लागेको हो त्यसो फेसबुक बन्द नै भए पनि हामीले गरि रहेका कुनै काम रोकिने बाला भने छैन

No comments:

Post a Comment