Tuesday, September 21, 2010

आज लाखेहरु नाच्दै

लाखे नाच रमाइलो हुन्छ अलि डर लाग्दो पनि हुन्छ केटाकेटीहरुलाई नेवारहरुको जात्रा पर्वहरु प्रशस्त हुन्छन् जनै पुर्णीमापछि सुरु हुन्छ जात्रा पर्व लाखे नाच पनि नेवाहरुले निकाल्ने गर्छन् यो नाचको साँस्कृतिक आध्यात्मिक सामाजिक पक्षका बारेमा मलाई फिटिक्कै केही थाहा छैन तर सानैदेखि लाखे नाचेको देख्दै आएको हो लाखे देख्दा सुरुमा खुवै डर लाग्थ्यो टाउकोमा लामो कपाल थपेको अगाडी डर लाग्दो मुखौटो लगाएको अनौठो भेषभुषा ढङढङढङ गर्ने बाजा झ्याम झ्याम झ्याम गर्ने ख्यालीको तालमा हातमा रुमाल हल्लाउँदै नाच्थ्यो लाखे यो कहाँबाट झरेको होला भन्ने लाग्थ्यो लाखेसँगै नाच्ने एउटा जोक्कर हुन्थ्यो त्यसले भने रमाइलो गर्दथ्यो सानो छदाँ त्यही जोक्कर पि्रय लाग्थ्यो लाखे त्यसलाई भेटायो कि भकुथ्र्यो रमाइलो गराउनेलाई लखेट्ने लाखे देखेर रिस उठ्यो यो लाखे राक्षस हो भन्ने लाग्थ्यो
विस्तारै लाखे नाच्न छाड्यो बरु टिभीमा देखिन थाल्यो लाखे हाम्रो गाउँमा चानचुने नाच हुँदो रहेनछ टिभीमा समेत नाच्ने ठुलो नाच हुँदो रहेछ भन्ने परो तर गाउँ सहरका टोलहरुमा लाखे नाच्न छाड्यो गाउँमा हुँदा तिज आउन आउन लाग्यो भन्ने समयमा राती राती त्यही ढङढङ झ्याम झ्याम सुनिन्थ्यो त्यो लाखेले नाचको तयारी सुरु गरेको हो भन्ने पाका पुरानाहरु तिजको दिन महिलाहरु स्कुल मन्दिरमा जम्मा भएर गीत गाउँथे दुई तीन बजेपछि लाखे नाच्न आइ हाल्थ्यो विस्तारै राती सुनिने लाखे नाचको तयारीको ढङढङ झ्याम झ्याम आवाज हरायो तिजको दिन नाच्ने लाखे पनि विलायो नाच्न निकै मिहेनत लाग्छ रे, जस्तो तस्तोले सक्दैनन रे, पहिला नाच्ने गरेको मान्छे बिरामी भयो रे, नाच्न नसकेकाले लाखे ननिस्केको रे जस्ता कुराहरु गाउँमा सुन्न पाइन्थ्यो पछि गाउँनै छाडेपछि लाखे नाच कथा भयो उही टिभीमा झल्याक झुलुक देखिन्थ्यो त्यत्ति हो
तर बजारमा पनि अब लाखेहरु छपक्कै हुने भएका छन् नारायणगढ बसपार्क टोलसुधार समितिले तीन वर्षअघि लाखे नाचको प्रतियोगिता सुरु गरेपछि लाखेको रौनक फेरि ब्युँझिएको तीन वर्षअघि समुह थोरै थिए तर यस पटक भसक्कै छन् टोलीहरु पनि देशका विभिन्न जिल्लाबाट २५ टोली आएका छन् उनीहरुले पाउने पुरस्कारको राशी पनि धेरै नै पहिलो हुनेले ३०, दोस्रोले २०, तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने यस पटक विजेता नभएकाहरु पनि निरास हुने छैनन् किन कि सहभागि भएको प्रोत्साहन स्वरुप सवैले पाँच हजार पाउने रहेछन् टोल सुधार समितिले देशभरबाट समुह जुटाएर लाखे चनाउँदै आज बुधबार असोज गते नारायणगढ बसपार्कमा ति लाखेहरु नाच्दा कम्ता रमाइलो हुने छैन टोलवासीले यसलाई ठुलो पर्वको रुपमा लिएका छन्
हिजो पाँच गते मंगलबार साँझ प्रतियोगिताको प्रचार गर्न शोभा यात्रा निस्कियो टोलवासीले घरघरमा पुर्ण घडा राखेर शोभा यात्राको स्वागत गरे सहभागि २५ वटै समुहले झाँकी देखाए शोभा यात्रामा जसले आजको नाचको स्वादको संकेत छाडेको लाखे नाचमा ढङढङ झ्याम झ्याम मात्रै ताल हुँदो रहेनछ हाम्रो नियमको धुन पनि मिसाएर भजन गाएर लाखे नचाइदो रहेछ यी नौला खाले ताल लय नाच हेर्न कस्ले छुटाउला आज साँझ नारायणगढ बसपार्कमा हुने रमाइलो माहौलको कल्पना गरेरै दंग परेको छु




No comments:

Post a Comment