चितवनको पहाडी क्षेत्र पिप्ले गाविस वडा नं।९ धमिलेका ७६ बर्षीय मंगलबहादुर चेपाङले बाच्नको लागि अनेक जोखिम उठाउने गर्छन्। अन्न सकिए पछि बिषालु चिज भार्लाङ र घाँटीनै निमोठ्ने गिठ्ठा खाएर छाक टार्नु पर्ने हुन्छ । अनिकालका बेला पेटका लागि ज्यानकै खतरा मोलेर जीवन धान्नु पर्ने बाध्यता उनलाई छ । कान राम्ररी नसुन्ने मंगलबहादुर भन्छन्-'तीन चार मुरी जती मकै थियो त्यो सकियो अव गिठ्ठा भ्याकुर र भार्लाङले धान्नु पर्छ ।" ऐलानी पाखो बारीमा फल्ने मकै र कोदोनै उनको आफ्नै उब्जनी हो । चामलको भात कहिले काहि चाख्न मात्रै पाउन्छन् । आफ्नो बारीमा नफल्ने भए पछि बेसाएर खान नसकेको उनले सुनाए । जस्ले गर्दा कोदो मकै सकिए पछि कन्दमुलको साहारा नलिई सुख छैन ।
भार्लाङ हेर्दा तरुल जस्तै हुन्छ तर यो बिषलु चिज हो । यसको बिष मार्न २४ घण्टा सम्म पकाउनु पर्ने धमिलेका सुनबहादुर चेपाङ बताउछन् । पकाउदा आकाशको ताराले देख्यो भने पनि बिष मेटिदैन भन्ने उनीहरुलाई लाग्छ । त्यसैले राम्रोसँग पातले छोपेर पकाउने गर्छन । यो भार्लाङ पनि त्यती सजिलै पाईदैन । जंगलमा निकै दुख बेहोरेर खोज्नु पर्छ । चितवन मकवानपुर धादिङ र गोरखा जिल्लाको पहाडी क्षेत्रमा चेपाङहरु बस्छन् । पाखा पखेरामा खोरीया फाँडेर उनीहरु प्रायले मकै र कोदो मात्र रोप्छन् । नयाँ बाली भदौमा स्याहार्ने गर्छन् । तर त्यसले छ महिना पनि खान नपुग्ने चेपाङहरु धेरै छन् । घरको अन्न सकिए पछि डोकोकुटो र खन्ती लिएर कन्दमुल खन्न वन पस्छन् ।
वि.स.२०५८ सालको जनगणना अनुशार नेपालमा चेपाङहरुको जनसंख्या ५२ हजार २३७ छ । नेपाल चेपाङ संघका पूर्व अध्यक्ष पहलमान चेपाङ आफ्नै उब्जनीले छ महिना पनि खान नपुग्ने चेपाङ ६० प्रतिशत रहेको बताउँछन् । वर्ष भरी खान पुग्ने चेपाङ चार प्रतिशत मात्र छन् । यी बाहेकका चेपाङहरुलाई तीन महिना पनि पुग्दैन । चेपाङहरु आय आर्जन तर्फ पनि त्यत्ती सकि्रय भएको पाईदैन । गाउँ छिमेक छाडेर कमाउन टाढा विदेश जानेहरुपनि कमै छन् । गाउँमै मिहेनत मजदुरी गर्दा हुने सामान्य आम्दानीले धेरै किन मेल गर्न सक्दैनन् । त्यसैले उनीहरु सस्तोमा थोरै अन्न बेसाहाएर त्यसमा गिठ्ठा भ्याकुर थपी छाक घचेटी रहेका हुन्छन् ।
वनबाट ल्याएको गिठ्ठा पातलो गोलो चाना बनाई काट्छन् अनि खरानी पानीमा १२ घण्टा पकाउछन् । गिठ्ठाको पातलो चाना एक पल्ट पानी उम्लिदैमा पाक्छ तर त्यसमा हुने तितो र टर्रो पन हट्न लामो समय लाग्ने सनबहादुर बताउछन् । उनी भन्छन् 'छाक टार्नै यस्तो दुःख गर्नु पर्छ हाम्रो बाँकी जीवनको अवस्था कति नाजुक होला तपाई आफै सोच्नुहोस ।" राजधानीकको नजिक सुगम जिल्लामै बस्ने चेपाङहरु यस्तो दुरावस्थामा छन् भन्ने कुरा धेरैलाई पत्यार पनि नलाग्ला तर यीनीहरु मध्ययुगीन जिवन शैलीमा रुमलीन बाध्य छन् ।
धमिलेका ८५ बर्षीय ज्ञानबहादुर चेपाङको अनुभव छ 'एक जमानामा नयाँ मान्छे देख्दा डराएर भाग्ने जात हामीनै हो अचेल डर त लाग्दैन तर उ बेला र अहिलेको हाम्रो दुःख भने जस्ताको तस्तै छ ।" यो समुदायलाई भनेर सरकारले वि.स.२०३३ साल देखिनै प्रजा विकास कार्यक्रम चलाउँदै आएको छ । विकासे संघ सस्थाले पनि काम गरिरहेका छन् । तर अझै पाखा पखेरा नछाडेका चेपाङहरुको जीवन बदलिएको छैन ।
उनीहरुले नत पुर्खाको ठाउँ त्यागेका छन् नत शैली । त्यसैले परिर्विर्तत समाजभन्दा उनीहरुको परिवेश भिन्न छ । फास्ट फुडको जमानामा पनि घण्टौ लगाएर खान्की तयार पार्नु पर्ने बाध्यताबाट उनीहरु मुक्त हुन सकेका छैनन् । जुन खान्की स्वादका र चाहनाका हिसावले उपभोग गर्न मिल्ने खालका छैन । अचेल नयाँ नेपाल बनाउँने चर्चा निकै चल्न थालेको छ । आफ्नो समुदायको आवाज र सपना समेटिनु पर्छ भनेर चेपाङ अगुवाहरुनै निस्केकाले दुरावस्था फरिनॆ आशा पनि उनीहरुमा जागेको छ ।

No comments:
Post a Comment