Wednesday, September 15, 2010

मायालाई ख्याल नसम्झ, झेल नगर

'राम्रो केटा देख्दा बिहे गरौं भन्ने कुन केटीलाई हुँदैन' कुराकानी लम्बिन थालेपछि उनी खुल्न थालिन 'उसले नै बिहे गर्छु भनेपछि यसै मख्ख परिन्छ ' मख्ख परेर बिहे गरेको जिन्दगीमा यति दुःख हण्डर खाइएला भनेर त्यति बेला के मेसो पाउने भन्छिन उनी केटाले अबिवाहित हुँ तिमी जस्ती केटीको खोजीमा थिएँ भनेपछि उनीहरुका बीच बिहे भएको हो तर अहिले उनीसँग छोरो श्रीमान छैन अबिबाहित छु भनेर उसले ढाँटेको पो रहेछ दोस्रो श्रीमतीको मान्यता पनि उनले पाउन गाह्रो भयो कारण उनी मायामा होइन जालमा परेकी रहिछन् फकाइ फुलाइ गरेर बिहे गर्छु भन्ने लोभ देखाएर यौन चाहना पुरा गर्ने उद्देश्य बोकेको व्यक्तिको विश्वासमा पर्दा उनको बेहाल भएछ
यो चितवन निकुंजसँग सिमाना जोडिएको कुनै एउटा गाउँमा बस्ने महिलाको सत्य कथा हो निकुंजको सुरक्षाका लागि विभिन्न पोष्टहरु बनाएर नेपाली सेनाको टोली बस्ने गर्छ उनको गाउँ नजिकैको पोष्टमा बस्ने एकजना जवानसँग उनी नजिकिएकी थिइन् आफ्नै जातको भएकाले सुरुमा बोल्न खुल्न सजिलो भयो भेटघाट बाक्लियो बिहे नै गर्छु भन्ने कसम खान थाल्यो कसम खानेको अविश्वास पर्न भएन तर बच्चा मन्मिएपछि निकुंजको पल्टन सरुवा भयो सरेर जानेले सवै बाचा कसम भुल्यो
बच्चा काखमा बोकेर उनी त्यसको बाउँ खोज्न कहाँ कहाँ पुगिनन् तर भेटिएन आउला नि भन्ने आशा मनमा पालेर उनले अर्को बिहे पनि गरिनन् खोज्न पनि थकाइ लागि सक्यो तर खोजी अभियान फेरि जागेको यस पटक खोज्नेमा उनी एक्लि छैनन् एउटा समुह नै जुटेकॊ वास्तवमा मायालाई ख्याल सम्झेर झेल गर्नेहरुको फन्दामा पर्ने उनी एक्लि होइन रहिछन् चितवन निकुंजको आडमा पर्ने आठवटा गाउँमा यस्ता महिलाको संख्या ८२ रहेछ उनीहरुका १२२ जना सन्तान रहेछन सवैको कथा व्यथा उस्तै हो बिहेको लोभ देखाएर उनीहरुलाई बच्चाको आमा मात्रै बनाएर छाडेछन् पल्टनेहरुले श्रीमानको माया, घरकी बुहारी हुने चाहाना थुनामा परेछन् हण्डर लांछना मात्रै पाएछन् उनीहरुले
परिवार श्रीमानको माया नपाए पनि केहीले अधिकार भने खोसेरै लिएका रहेछन यसअघि जस्तै अलपत्र पारेर गएपछि तत्काल व्यारेकमा खवर गरेछन् व्यरेकले तलवके एक तिहाइ मिलाइ दिने व्यवस्था गरेछ सन्तानको जन्म दर्ता, आफ्नो बिबाह दर्ता श्रीमानकै तर्फबाट नागरितासम्म निकाल्न सकेका रहेछन् एकाध महिलाले उद्यपि उनीहरु श्रीमान उसको परिवारबाट अझै पनि टाढा छन् शान्ति सेनामा गए वापत पाउने पैसामा पनि हक पाएका रहेछन् केहीले तर उनीहरुले यसका लागि धेरै मिहेनत आँट गर्नु परो जोखिम मोल्नु परो तर गरेमा माया नभए पनि अधिकार पाइन्छ भन्ने यसले देखायो
दुई चारजनाको यो कथाले अरुलाई झस्काएको हो सवै एकाध जस्ता आँटिला अवश्य हुँदैनन् यसका लागि संगठन चाहिन्छ संगठन भएमा धेरै कुरा गर्न सजिलो हुन्छ पिडा पाएका लांछना खेपेकाहरुलाई संगठित गर्न सोचे जति सहज पनि छैन तर यो काम फत्ते भइ सकेको गएको साउनमा यस्ता पिडित महिलाहरु मिलेर संगठन खोले जसको नाम उनीहरुले दिएका छन् 'निकुंजका सेना पिडित महिला संगठन ' उनीहरुले मायालाई ख्याल सम्झेर झेल गरेर जाने पल्टनेहरुको खोजी सुरु गरेका छन् कोही रिटायर्ड भएछन् कोहीलाई त्यो पल्टनमा होला भनेर खोज्यो अर्कोमा भन्ने जानकारी आउँछ त्यसमा गएर बुझ्यॊ त्यहाँ पनि हुँदो रहेनछ रिटायर्ड भएकाहरुको गाउँ पत्ता लगाउनै गाह्रो तर आकास पाताल जहाँ भए पनि खोज्ने भएका छन् किन भने महिलाहरु संगठित भएका छन्
पल्टनेले केवल यौन आनन्दका लागि मात्रै गाउँका युवतीसँग सम्बन्ध राखे बच्चा जन्मदा पनि वास्ता नगरेर अलपत्र हुने गरेर टाप कसे यो हिजोको कथा थियो त्यसो आज पनि यो चलन रोकिएको छैन तर हिजो जे गरे पनि महिलाले खोज्दैनन् भन्ने थियो आज महिला खोज्नका लागि जागेका छन् त्यसैले लुक्दै हिड्न अव सम्भव छैन चितवन निकुंजमा हज्जारौं सेनाहरु आइजाइ गरे सवैको नियत खराव हुन्थ्यो आज धेरैभन्द्या धेरै महिलाहरुको विचल्लि हुन्थ्यो तर जसले सेना हुनुको कर्तव्य वुझेनन् सेना भएपछि शक्तिशाली भइयो भन्ने ठाने उनीहरुले गर्दा ८२ जना महिला उनीहरुबाट जन्मेका १२२ सन्तानको बिचल्लि भएको तर अव बेला हिजोको जस्तो छैन पाप गरेपछि दण्ड अवश्य पाइन्छ भन्ने कुरा सेना भए भन्दैमा शक्तिको अहम पाल्ने एकाधले बेलैमा बुझ्नु आवश्यक



No comments:

Post a Comment