Friday, September 10, 2010

लम्बिएको तिज

आज बल्ल तिज हो हिजो मध्यरातसम्म महिलाहरु दर खाँदै थिए आज पानी पनि नखाइ ब्रत बस्नु पर्ने भएकाले मध्यरातमा पनि आडिलो खाना खाएका हुन् दर भनेको त्यही हो तिजको ब्रत बसेको एक दिनपछि या भोलि पल्टै पंचमीको पुजा हुन्छ यस पटक भोलि नै पंचमी परेको यसरी दर, ब्रत पंचमी गरेर तिज सकिन्छ तिजको मुख्य पहिचान गित नाँच हो गित गाउँदा धपक्कै हगना महंगा साडी लगाउने परिपाटी बढेको पानी पनि नखाइ श्रीमानको लागि भनेर ब्रत बस्ने चलन रज्वसाला हुँदा कसैलाई छोएको भए त्यसको पाप कटाउने भनेर गरिने पंचमी पुजाको महिलावादीहरुले खुवै विरोध गरेका छन् नछुने हुँदा कसैलाई छुनु पाप होइन श्रीमानका लागि पानी समेत नपिएर ब्रत बस्नु पनि पर्दैन धार्मिक दृष्टीले हेर्दा तिजका धेरै आलोच्य पक्ष पनि छन् तर यसको सामाजिक सास्कृतिक पक्ष पनि जसले तिजलाई जोगाउनु पर्ने देखिन्छ
विवाह भएर गएकी महिलालाई जन्म घर अर्थात माइत ल्याएर राख्नु मिठो खुवाउनु नाच्ने गाउने मेसोमा अरु चेलीहरुको पनि जमघट गारउनु तिजको सामाजिक पक्ष हो तिजका गित नाँच नेपाली संस्कृतिका धरोहर नै हुन् यस्ता गित भाका अरु देश पाइदैन त्यसैले तिजका बेलामा माइत जाने मिठो खाने सवै जम्मा भएर नाँच्ने गाउने कुरा प्रति कसैको पनि असहमति छैन तिजको धार्मिक पक्षलाई लिएर चर्को आलोचना गर्नेहरु पनि यसको यो सामाजिक साँस्कृतिक पक्षलाई स्वीकार गरेकै छन् त्यसैले अहिलेसम्म हिन्दु धर्म मान्ने नेपालको विशेष गरेर पाहाडी समुदायका सवै खालका महिलाहरु तिजमा यो या त्यो रुपमा सरिक भएका छन् त्यसैले तिजको रौनक वर्षै पिच्छे थपिदो
तिजको आलोचना गर्न लायक धार्मिक पक्षको बारेमा चाहिनेभन्दा बढी चर्चा भयो तिजको सामाजिक पक्षमा भित्रिएको धेरै गहना लगाउने महंगो कपडा पहिरिने चलनको विरोधमा चर्चासम्म चल्न थालेको त्यस्तै यसको साँस्कृतिक पक्ष गितहरुमा देखिने उत्ताउलो पनका बारेमा त्यत्ति ध्यान गएको छैन तर तिजसँग अर्को खतरनाक पक्ष पनि जोडिएर खाएको जसको ख्यालै कसैलाई छैन त्यो हो तिज अचेल तीन या चार दिनमा सिमित हुन छाडेको यो विकृति नै हो यसले तिजको महिमालाई जोगाउनु भन्दा यससँग् जोडिएर आउने नकारात्मक पक्षलाई फैलाउने काम गर्छ तिजलाई फड्किलो चाड बनाउँछ तिज लम्ब्याउनेमा व्यक्ति परिवार नभइ समुदाय चेतना फैलाउने भनिएका सामाजिक संघ संस्था नै अग्रसर छन्
तिज आज हो तर मैले थाहा पाए अनुसार भदौं लाग्ना साथ दर खुवाउने गरिएको बजारमा टेन्ट माइकको व्यपार मौलएको क्यासेट लगाएर नाच्ने गरिन्छ मादल आफ्ना भाका शब्दहरु कुनामा थन्किएका छन् अरु भन्दा पनि दर खाने कुरामा जोड दिइएको तिज पनि पुर्णरुपमा बजारको नियन्त्रणमा जाला जस्तो भएको सवै किनेरै चलाउन थालेपछि समुदाय, परिवार व्यक्ति बजारमै निर्भर भएर तिज व्यपारिलाई नाफा कमाउने मेसो मात्रै बनाइदैछ तिजको नाममा व्यपार गर्न खोज्नेहरु माथि पर्नाले लम्बिएको हो तिज यसलाई रोक्ने तर्फ अहिलेबाटै हामीहरु लाग्नु पर्छ धार्मिक अन्धविश्वाससँग जोडिएको भन्दा बढी खतरनाक हुन्छ बजारमुखि अवधारणाबाट लम्बिएको तिज






No comments:

Post a Comment