Wednesday, September 22, 2010

नेता बिरामी,कार्यकर्ता दुर्घटनामा

नेपाली काँग्रेसको १२ औं महाधिवेशन अस्ति सकियो पदाधिकारी चयनका लागि त्यस दिन भएको मतदानको नतिजा हिजो आर्थत असोज गते बिहान सवेरै आयो सभापति पदको नतिजा सुरुमा घोषणा भयो नेता शुसिल कोइरला विजयी भए तर विजयको खुसी साट्न पाएका छैनन् शुसिलले उनी निमोनियाले थलिएका छन् तत्कालै त्रिवि शिक्षण अस्पतालमा भर्ना र्भका छन् उनी एक दुई दिन हो पुरै पाँच दिन अस्पतालमै बसेर आराम गर्नु पर्ने चिकित्सकहरुको सल्लाह देशभरबाट महाधिवेशनमा आएका सवै कार्यकर्ता फर्केपछि बल्ल अस्पतालबाट निस्कने भए शुसिल
हिजो शुसिलको शिथिल अनुहार टेलिभिजनहरुले देखाइरहे साँझ फेरि काँग्रेस महाधिवेशनसँग् जोडिएर अर्को नमिठो खवर आउन थाल्यो संचारमा काठमाडौंबाट फर्केका कास्कि काँग्रेसका नेता कार्यकर्ताहरु चढेको कार चितवनको कुरिनटार नजिक पृथ्वीराजमार्गबाट तीन सय फिट तल खसेछ घटना स्थलमै तीनजनाको ज्यान गयो मर्नेमा कास्कि काँग्रेसका क्षेत्रीय सभापतिसम्मका थिए घाइते तीनजनामा पनि क्षेत्रीय सभापतिदेखि जिल्ला सदस्यसम्मका छन् घाइते मध्ये दुईको अवस्था नाजुक नै महाधिवेशन सक्दा नसक्दै नेता बिरामी हुने कार्यकर्ता दुर्घटनामा परेर ज्यानै जानेसम्मको दुखद अवस्था काँग्रेसले बेहोर्नु परो
महाधिवेशनले महामन्त्रिमा प्रकासमान िसंह कोषाध्यक्षमा चित्रलेखा यादवलाई छानेको खवर सुन्न नपाइ कास्कि काँग्रेसका केही प्रतिवद्ध कार्यकर्ताहरु परमधाम भए चित्रलेखा यादव कोषाध्यक्षमा चुनिएकोमा एकदमै खुसी छु तराइको महिला मात्रै होइनन् उनी जनआन्दोलनका बलमा पुर्नस्थापित प्रतिनिधि सभाको पहिलो बैठक चलाएकी उनले राष्ट्रिय छवी बनाएकी थिइन् तत्कालिन सभामुख तारानात रानाभाटले प्रजातान्त्रिक आन्दोलन अनुकुलको काम नगरेपछि सभामुखको हैसियतमा रानाभाटले पुन स्थापित संसदको बैठक चलाउन पाएनन तत्कालिन उपसभामुख चित्रलेखा यादव आन्दोलनमा पनि सकि्रय थिइन पुर्नस्थापित संसदको पहिलो बैठक पनि चलाउन पाइन् उनको त्यति बेलाको बजनदार आवाज नबिसे्रको मलाई उनी काँग्रेसको कोषाध्यक्ष पदमा निर्वाचित भएको खवरले खुसी बनायो
यो राम्रो खवर सुन्नुअघि मैले आफु काम गर्ने पत्रिकालाई काँग्रेसका तीनजना कार्यकर्ताको दुर्घटनामा ज्यान गएको समाचार पठाउनु परेको थियो अस्पतालमा छटपटाएका लौ लौ सकिए भन्ने अवस्थाका काग्रेस कार्यकर्तालाई भेटेर आउनु परेको थियो काँग्रेसमा भिमबहादुर तामाङले सभापति पदमा एक दमै झिनो मत ल्याएको महामन्त्रिमा नरहरी आचार्यको पनि ठ्याक्कै उही हालत भएको खवर पनि दुखदायि नै हुन उनीहरुले नजिते पनि निष्ठाको राजनीतिको काँग्रे भित्र अलि बोलाबाला हुन पर्दथ्यो यस्तोछ कि भन्ने पनि लागेको थियो तर चुनावी परिणामले काँग्रेस भित्र सिद्धान्त निष्ठाको राजनीित गर्नेहरु अति नगन्य रहेछन् भन्ने देखायो यस्तै हालतले हो पार्टी नवनिर्वाचित सभापति वस्तो बिरामी हुने यस्तै अवस्थाले हो पार्टी भित्र पृथ्वीराजमार्गको जस्तो अनेपेक्षित दुर्घटना ल्याउने यो देशकै लागि दुर्भाग्य हो

No comments:

Post a Comment