Friday, September 24, 2010

चिनियाँ जन कम्युनको जानकारी

नेपाल मजदुर किसान पार्टी यसको भातृ संगठनले चितवनमा बेला बेलामा बहस कार्यक्रमहरु लिएर आउने गर्दछ यस पटक पनि पार्टीका अध्यक्ष सहितको टोली फेरि चितवन आएको समाजवादी व्यवस्थाको आवश्यकता चरित्रलाई केन्द्रमा राखेर गरेर बहसहरु हुने गर्छन् यसका लागि विभिन्न पुस्तकहरु माथि टिप्पणी छलफल गराइन्छ समाजवादी मुल्य मान्यतालाई प्रचार प्रसार जनमानसमा त्यसलाई स्थापित गराउन यस्ता कार्यक्रमहरुले सहयोग गर्छ यस पटक पनि विभिन्न कितावहरु माथि टिप्पणी हुने छन् त्यस मध्ये मेरो भागमा परेको चिनियाँ जन कम्युन भन्ने पुस्तकको चर्चा गर्न गइरहेको छु
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले लेखेको यो किताव ७८ पेजको रहेको चीनमा कम्युनहरुको स्थापना, संचालन कम्युनले राष्ट्रिय अर्थतन्त्र, नागरिकहरुको जिवन स्तर, सामाजिक संरचना, भूमिको उत्पादकत्व क्षमता, वितरण प्रणाली जस्ता पक्षँको जानकारी पुस्तक पढेपछि प्राप्त हुन्छ वर्कस्र पब्लिकेशनस्ले निकालॆको पुस्तकमा तीनवटा अध्यायहरु छन् पहिलो अध्यायमा चीनको पुरानो भूमि व्यवस्थाको जानकारी जन कम्युन स्थापनको प्रारम्भिक स्वरुप प्रकृयाको चर्चा गरिएको दोस्रोमा जन कम्युनको यथेष्ट जानकारी संचालन, प्रकृया जस्ता विवरणहरु समेटिएका छन् तेस्रो अध्यायमा चीनका तीनवटा कम्युन पेचिङ सहरी कम्युन, पश्चिमी झीलको लोक कम्युन शांघाई माछ्याऊको जन कम्युनहरुको लेखकले गरेको अध्ययनलाई ठाउँ दिइएको
सन् १९६० मा लेखक स्वयम चीन गएर संकलन गरेको विवरणमा आधारित भएर पुस्तकहरु तयार भएको रहेछ नेता माओको नेतृत्वमा चीनमा सन १९४९ मा क्रान्ति सम्पन्न भयो त्यसपछि स्वाधिन अर्थतन्त्रका निर्माणका लागि चीनले चालेको कदमको प्रतिफल जन कम्युन स्थापना हो भन्ने कुरा पुस्तक पढेपछि थाहा पाइन्छ पुरानो भूमि प्रणलीलाई विस्थापित गरेपछि नयाँ भूमि सुधारको नीति बन्यो त्यो लागु पनि भयो तर प्रभावकारी कार्यन्वयनका लागि पारस्परिक सहयोगी दल खडा भयो प्राथमिक सहकारी निर्माण त्यसपछि उन्नत स्वरुपको सहकारी हुँदै चिनिया समाजले जन कम्युनमा फड्को मारेको रहेछ पुरानो भुमि व्यवास्थमा किसानहरुको दुरावस्था, भुमिसुधारको प्रयास, पारस्परिक सहयोगी दलको आवश्यकता, सहकारीको गठन जन कम्युनसम्मको यात्रा त्यपछि चिनिया समाजले गरेको प्रगतिसम्मका कुराहरु पुस्तकमा पढ्न पाइन्छ
कृषिमा औद्योगिकरणका लागि जन कम्युनले गरेको योगदानको चर्चा पनि पुस्तकमा भुमिमा सामन्ति संरचना हावी भएको तर भुमि सुधारको चर्चा हुने गरेको हाम्रो देशका नीति निर्माताले पनि चिनिया प्रयासको जानकारी लिन पुस्तक पढ्नै पर्ने देखिन्छ सहकारीको ताकत केसम्मको हुँदो रहेछ ? सिद्धान्त्बाट पर गएर सहकारी चलाउने आरोप लागेका नेपालका सहकारी संचालकले पनि यो पुस्तक पढ्नु पर्छ क्रान्तिपछि चीनले स्वाधिन अर्थ तन्त्र निर्माणका लागि किसानहरुमा समेटेर निर्माण गरेको कम्युनको चर्को आलोचना पनि नभएको होइन तर आज चीन जे जस्तो अवस्थामा त्यसको श्रेय कम्युनहरुलाई नै जान्छ भन्ने निश्कर्ष लेखकको रहेको चीन आज आर्थिक रुपले पनि अति शक्तिशाली मुलुक हो आर्थिक रुपमा पर निर्भर नेपाललाई क्रान्तिपछि चीनले अपनाएको विधि बुझ्न पनि पुस्तक सहयोगी हुनेछ राजनीतिक क्रान्तिलाई आर्थिक सामाजिक क्षेत्रमा स्थापित गराउन केही साहसिक कदम चाल्नु पर्छ भन्ने ज्ञान नेपालका सत्ता संचालकलाई अझैसम्म हुन सकेको छैन
देशको बिकास जनता प्रति उत्तरदायी राजनीतिक कर्मीलाई यो पुस्तकले पक्कै केही केही प्रेरणा अवश्य दिन्छ पुस्तक कम्युनको सकारात्मक बर्णन गर्दै सकिएकॊ उदार अर्थतन्त्र प्रजातन्त्रका हिमायतीहरुले कम्युनको चर्को विरोध गरे त्यसको प्रशंग पनि पुस्तकमा उल्लेख नभएको होइन तर विरोधीको आलोचनाको प्रतिवाद कमै भएको पुस्तकमा कतै विरोधीको तर्कलाई नै पुष्टी गर्ने प्रशंगहरु पुस्तकमा परेका छन् जस्तो विरोधीहरु कम्युनलाई व्यारेक भन्ने संज्ञा दिन्थ पुस्तकमै उल्लेख तथ्य अनुसार कम्युनका आफ्नै जन सेना पनि हुने रहेछ ती जन सेना उस्तै परे राष्ट्रिय सेनासँग मिलेर विदेशी फौजसँग पनि लड्न जाँदो रहेछ जन सेनाको आवश्यता औचित्यको चर्चा नभएको होइन तर विरोधीहरुले दिने व्यरेकको संज्ञालाई नै ति प्रष्ट्याइँहरुले बल दिन्छ
त्यस्तै जन कम्युनले कृषिमा ठुलो फड्को मारेको बुझ्न गाह्रो भएन तर चीनलाई औद्योगिक विकासमा फड्को मार्न यसले कसरी भुमिका खेल्यो भन्ने चर्चा पुस्तकमा छैन जसरी हिजोको शामन्ति आर्थिक संरचनाको कितावमा संक्षिप्त चर्चा त्यसरी नै आजको औद्योगिक महाशक्ति चीनको केही प्रशंग उठाएर त्यसलाई कम्युनको योगदानसँग जोड्ने पर्दथ्यो लेखकले किन भने आजको चीन उद्योगले विश्व हाँकेको चीन हो आलोचकहरु कम्युनबाट हट्नाले चीनले यो विकास गरेको हो भन्ने तर्क गर्छन् लेखकको मान्यता कम्युनकै योगदानले चीनमा यो विकास सम्भव भएको हो भन्ने चर्चा यी कुराहरु खासमा के हो धेरै नेपालीलाई अन्यौलनै जुन अन्यौल समाप्त गर्न पुस्तकले पनि सकेन भन्ने मेरो बुझाइ
कम्युनका चर्चा गर्दा त्यसका कुनै कमजोरी अथवा सुधार गर्नु पर्ने कुराहरु कतै उल्लेख गरेका छैनन् लेखकले त्यसैले यो पुस्तकमा लेखक एक पक्षीय देखिए तर जे जति कुराहरु आएका छन् ती तथ्यंगत छन् स्थलगत विवरणहरुले भरपर्दौ बनाएको पुस्तकलाई त्यसैले कम्युनको सकारात्मक पाटोको राम्रै विवरण दिन्छ यो कितापले

No comments:

Post a Comment