Tuesday, September 7, 2010

ठुला खाग तस्कर सवै जेल बाहिर

वि.. २०५८ सालपछि चितवन राष्ट्रिय निकुंजमा भसक्कै गैंडा मारिए गैंडाको खाग लैजाने उद्देश्यले त्यति बेला तस्करले पठाएका चोरी सिकारीले एकै वर्षमा ३७ वटासम्म गैंडा मारे नेपालको संरक्षण इतिहासमा त्यो काल खण्ड तस्करहरुका लागि निकै फलिफाप रहयो दुर्लभ वन्यजन्तु गैंडाको संख्या चितवन निकुंजमा ह्वात्तै घट्यो वि..२०६२ साल भने तस्करहरुको लागि प्रतिकुल भयो किन भने निकुंजले केही नामुद खाग तस्करहरु तिनका समुहलाई नै समात्यो तर संरक्षणकर्मीहरु फेरि चिन्तित थप सकि्रय हुनु पर्ने बेला आएको बेला समातिएका नामुद तस्करहरु अहिले सवै जेल बाहिर छन्
कुनै अपराध गरेको आशंकामा कोही समातिन्छ अनुशन्धान हुन्छ मुद्दा चल्छ प्रमाण पुगे सजाय पाउँछ नभए छुट्छ प्राकृतिक न्यायको यो सिद्धान्त प्रकृया अनुसार समातिएकाहरु छुटेमा कुनै टिका टिप्पणी गर्नु आवश्यक छैन तर निकुंजले जसलाई ठुला तस्करहरु भनेर समात्यो कारवाही गर्यो उनीहरुको रिहाइ प्रकृया चित्त बुझ्दो छैन चितवननिकुंजमा फेरि एक पटक चोरी सिकारीका कारण गैंडा मर्ने क्रम बढेका बेलामा तस्करहरु चालचलन सुध्र्रेको भन्दै समय अगावै छुटि रहेका छन् तस्करहरु छुटेका बारेमा सर्वसाधरणले परको कुरा चितवन निकुंज प्रशासनले समेत कुनै जानकारी पाउँदैन
याक्चे भन्ने पेम्बा लामालाई चितवन निकुंजले वि.. २०६२ सालको साउनमा समातेको हो याक्चेले गैंडाको २० वटा खाग विदेशीलाई बेचेको निकुंजमा बयान दिए त्यसैको आधारमा निकुंजले उनलाई १५ वर्ष कैद एक लाख रुपैयाँ जरिवाना हुने फैसला गर्यो निकुंजको फैसला अनुसार आउँदो १० वर्षसम्म उनी जेलमा हुनु पर्ने हो तर उनी रिहा भएको पाँच महिना भयो जसको आधिकारिक जानकारी चितवन निकुंजलाई अझैसम्म आएको छैन यही भदौ १४ गते चितवन कारागारबाट याक्चेका सहयोगी गोकुल पन्त रिहा भए फैसला अनुसार उनी आउँदो बैशाख १५ मा छुट्नु पर्ने हो तर आठ महिना अगावै जेलबाट निस्केर पन्त विदेश पुगे, पत्रकारले सोध खाज गर्दा बल्ल निकुंजले यो बारेमा जानकारी पायॊ
याक्चे समातिए लगत्तै निस्कने दाउँमा थिए पहिला उनीले निकुंजले पुर्पक्षका लागि थुनामा राख्न भनेर दिएको आदेश गलत भनेर पुनरावेदन गरे हेटौंडाको पुनरावेदन अदालतले निकुंजकै आदेश सदर गर्यो त्यसपछि उनले आफु मानसिक रोगको विरामी भएकाले भरतपुरमाभन्दा केन्द्रीय कारागारमा बसेर उपचार गर्न पाउँ भन्ने निवेदन दिए उनको यो प्रयास पनि साकार भएन त्यसपछि उनले लिभरको विरामी भएको अर्को निवेदन दिए भरतपुर अस्पतालले त्यसैको आधारमा सिफारिस गर्यो वि..२०६२ सालको मंसिर गते उनी उपचारका लागि भन्दै केन्द्रीय कारागार गए उपचारपछि नियम अनुसार चितवन कारागार फर्कनु पर्ने हो तर उनी चितवन नै नफर्कि गत चैत्रमा जेलबाट रिहा भएका छन्
याक्चे काठमाडौं लागेपछि वि..२०६३ सालको पुस २६ गते निकुंजका तत्कालिन प्रमुख संरक्षण अधिकृत तथा हाल राष्ट्रिय निकुंज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रसाद उपाध्यायले याक्चेको मुद्दा फैसला गरे २० वटा खाग विदेशीलाई बेचेको बयान दिने याक्चेलाई उपाध्यायले अधिकतम सजाय गर्नुको सोटो न्युनतम सजाय अर्थात पाँच वर्ष कैद मात्रै तोके उपाध्यायको यो फैसला निकै विवादस्पद बन्यो उनी निलम्वनमा समेत परे त्यसको एक वर्षप्छि निकुंजका तत्कालिन प्रमुख संरक्षण अधिकृत तथा हाल राष्ट्रिय निकुंज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक मेघबहादुर पाण्डेले वि.. २०६४ सालको पुसमा याक्चे लगायत उसका सहयोगी सिकारी समुह सवैको मुद्दा फैसला गरे जसमा सवैलाई अधिकतम अर्थात १५ वर्ष कैद एक लाख रुपैयाँ जरिवाना सुनाइएको थियो
पाण्डेले गरेको फैसलाका विरुद्ध याक्चे लगायतका सवै पुनरावेदन अदालतमा गए वि..२०६५ सालको मंसिर दुई गते हेटौंडा पुनरावेदन अदालतका न्यायधीस गिरिशचन्द्र लालले यो विषयमा फैसला गर्दै निकुंजले दिएको सजाय स्वात्तै घटाए याक्चे लगायतका उनका सहयोगी सिकारी सवैको सजाय पाँच वर्ष मात्रै सदर भयो संरक्षणकर्मीबाट व्यापक चासो व्यक्त भयो तर विडम्वना निकुंजले यो मुद्दामा सर्वोच्चमा पुनरावेदन गर्नु पर्नेमा त्यसो गरेन कुनै बेला नेपालकै मुख्य दुई खाग तस्कर मध्येको एक भनेर निकुंजले नै प्रचार गरेको याक्चे निकुंजले तोकेको कैदभन्दा १० वर्ष अघि नै छुट्ने पक्का भयो निकुंजले सर्वोच्चमा पुनरावेदन गर्ने म्याद गुजारेकाले नै यो भएको हो तर याक्चे पुनरावेदनले तोकेको म्यादभन्दा पनि चाडो छुटे
याक्चे कहिले छुटेका हुन् चितवन निकुाजका प्रमुख संरक्षण अधिकृत डा।नरेन्द्रमान बाबु प्रधानलाई अझै यसको जानकारी छैन निकुाजका पुर्व साहायक संरक्षण अधिकृत कमलजंग कुँवरका अनुसार केन्द्रीय कारागारमा रहेका याक्चे चैत्र २५ गते नै त्यहाँबाट छुटेका रहेछन् पुनरावेदनको फैसला अनुसार याक्चे यही असारको चार गते छुट्नु पर्ने हो तर चाल चलन राम्रो भएको भन्दै याक्चे मितिभन्दा चार महिना पहिल्यै छुटेछन् भन्छन् कुँवर चालचलन राम्रो भएको आधारमा छुट्ने प्रवधानको उपयोग भरतपुर कारागारमा रहेका खाग व्यपारी गोकुल पन्तले पनि राम्रैसँग गरे पुनरावेदनले गरेको फैसला अनुसार आउँदो बैशाख १५ मा छुट्ने पन्त कारागार प्रमुख प्रमुख जिल्ला अधिकारीले चालचलन राम्रो भनेर सिफारिस गरेको आधारमा त्योभन्दा आठ महिना अगाडी नै यही भदौं १४ गते साँझ छुटे
गोकुल पन्त पनि पक्राउ परेदेखि नै छुट्ने प्रयन्तमा लागेका व्यक्ति हुन् गोपालप्रसाद उपाध्यय प्रमुख संरक्षण अधिकृत रहेका बेलामा उनको मुद्दामा भएको फैसलामा एक लाख रुपैयाँ मात्रै जरिवाना गरिएको थियो जसको व्यापक आलोचना भएको थियो अर्को मुद्दामा पन्तले अधिकतम कैद सजाय जरिवाना पाएका थिए उनलाई समात्ने निकुाजका तत्कालिन सहायक संरक्षणअधिकृत कमलजंग कुवरका अनुसार गोकुल पन्त खाग तस्कर याक्चेका सहयोगी हुन् याक्चेलाई चितवन डुलाउने खाग संकलन गरेर दिनेसम्मको काम पन्तले गरेको कुँवरको भनाइ त्यसैले जेलबाट छुट्न अनेक शक्ति केन्द्रको आड लिने काममा याक्चेसँगै पन्त पनि सुरु देखिनै सकि्रय थिए त्यही सकि्रयताले उनीहरु बाहिर निस्कन सफल भएको कुँवरको ठम्म्याइ
लोकतन्त्र दिवसको अवसरमा वि.. २०६३ सालमा गैंडा मुद्दाका केही कैदीको सजाय माफ गर्न खोज्दा निकै ठुलो आलोचना भयो यद्यपि छुट्न लागेकाहरु अहिलेका जस्ता नामुद तस्कर थिएनन् तर चोरी सिकारीका कारण गैंडा दिन प्रतिदिन संकटमा परेका बेला गैंडा मुद्दाका खुंखार अपराधिहरु चालचलन सुर्धेको सिफारिसको आधारमा धमाधम छुटेका छन् जसमा निकुाजदेखि अन्य संरक्षण निकाय समेत बेखवर शक्ति केन्द्रको आड नपाउने चेपाङ कुमाल बोटे माझी चौधरीहरु गैंडा मुद्दामा जेलमै सड्ने आड पाउनेहरु जति ठुलो अपराधि भए पनि धमाधम छुट्ने पछिल्ला घटना क्रमले पुष्टि गरेको गोकुल पन्त छुट्दा उनले पोलेका पाँचजना अझै जेलमा छन् ठुलो माछो फुत्के सानालाई जेलमै राखेको प्रशासनले
निकुंजले प्रमुख खाग तस्कर भनेर प्रचार गरेका याक्चे उनका सहयोगी सिकारी समुह सवै अहिले जेल बाहिर छन् उनीहरुले फेरि चोरी सिकारमा सकि्रयता नबढाउलान भन्न सकिदैन यो वर्षको सुरुवातमा गैंडा मारिने क्रम बढेको थियो तस्करहरुको मनोवल उच्च भएकाले गैंडा जोखिममा पर्नु स्वभाविक हो नामुद खाग तस्कर उसका सहयोगीको अस्वभाविक रिहाइले यो संकट अझै बढ्न सक्छ यस तर्फ संरक्षणकर्मीले बेलैमा ध्यन दिन आवश्यक










No comments:

Post a Comment